नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन अधिकारी, शक्ति गौचन र अर्जुन घिमिरे सम्मानित


बुटवल

अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीले बुटवलमा एक विशेष कार्यक्रम आयोजना गरी नयाँ नेतृत्व चयन गर्नुका साथै खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने पूर्व खेलाडी तथा प्रशिक्षकहरूलाई सम्मान गरेको छ ।

बुधबार सम्पन्न जिल्ला भेलाले सुमन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला समिति सर्वसम्मतरूपमा चयन गरेको हो । नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष तथा निर्वाचन संयोजक दिनेश पाण्डेका अनुसार समितिको उपाध्यक्षमा यमलाल भुसाल, सचिवमा स्वस्तिक श्रेष्ठ, कोषाध्यक्षमा रवी राना, सहसचिवमा सञ्जु पौडेल चयन भएका छन् । सदस्यमा प्रकाश न्यौपाने, मनोज थापा, विकास पराजुली, इन्द्र खत्री, राधेश्याम विक र कृष्ण भण्डारी रहेका छन् । निर्वाचन समितिका सदस्य तथा महासंघका सल्लाहकार खिमानन्द भट्टराईले नयाँ कार्यसमितिको नामावली सार्वजनिक गरेका थिए ।

सोही अवसरमा मञ्चले नेपाली क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा हाल अण्डर १९ टोलीका प्रशिक्षक शक्ति गौचन र महिला भलिबल प्रशिक्षक अर्जुन घिमिरेलाई सम्मान गरेको छ । खेलकुद क्षेत्रमै लामो समय सक्रिय रहेका यी दुई प्रशिक्षकलाई मञ्चले विशेष सम्मान प्रदान गर्दै योगदानको कदर गरेको हो ।

त्यस्तै, कार्यक्रममा खेल पत्रकारिता क्षेत्रमा समर्पित रहँदै आएका पत्रकार मनोरञ्जन शर्मालाई नगद रु २५ हजार सहयोग प्रदान गरिएको छ । उक्त रकमको सहयोग मञ्चकै पहलमा संकलन गरिएको बताइएको छ । कार्यक्रममा नेपाली महिला राष्ट्रिय फुटबल टिमकी पहिलो गोलकिपर मोतीकला गुरुङले उद्घाटन गर्दै महिला सहभागितालाई अझ विस्तार गर्न पत्रकारिता क्षेत्रको भूमिकामा जोड दिएकी थिइन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार)ले मोफसलको खेलकुद गतिविधिमा पत्रकारिताको महत्वपूर्ण योगदान रहने भन्दै विधागत रुपमा खेल पत्रकारको क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने बताए । उनले सकारात्मक खेल पत्रकारिताले स्थानीय खेल संरचना बलियो बनाउने उल्लेख गर्दै पत्रकारहरूलाई थप सक्रिय हुन आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारी, एन्फाका पूर्व उपाध्यक्ष हरि प्रसाद श्रेष्ठ, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुन लगायतले खेल गतिविधिको निरन्तरतामा पत्रकारिता क्षेत्रको सक्रिय भूमिकाको आवश्यकता औंल्याएका थिए ।

सम्मानित प्रशिक्षक शक्ति गौचनले आफूले पाएको सम्मानलाई खेल जीवनको प्रेरणाका रूपमा लिने बताउँदै नेपाली क्रिकेटमा अझ सशक्त योगदान दिन प्रतिबद्धता व्यक्त गरे । सहभागीहरूका अनुसार कार्यक्रम उत्साहजनक सहभागितासहित सम्पन्न भएको थियो ।

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...