६ महिनामा साढे पाँच लाख पर्यटकले गरे नेपाल भ्रमण


काठमाण्डौ

सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

नेपाल पर्यटन बोर्डले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, सन् २०२५ को पहिलो ६ महिनामा पाँच लाख ७७ हजार तीन सय ३३ विदेशी पर्यटक नेपाल आएका हुन् ।

गत वर्षको यही अवधिमा पाँच लाख ८३ हजार ११ पर्यटक नेपाल भित्रिएका थिए । यसपटकको जुन महिनामा ७६ हजार चार सय २५ पर्यटक नेपाल आएका छन् ।

बोर्डका अनुसार भारतबाट ३२ हजार छ सय ६२ पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट नौ हजार छ सय छ, चीनबाट छ हजार सात सय ३६, बङ्गलादेशबाट पाँच हजार चार सय ४९ र बेलायतबाट दुई हजार दुई सय ८४ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

यस अवधिमा अष्ट्रेलिया, मलेशिया, भुटान, जापान र दक्षिण कोरियाबाट पनि पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...