प्रदेश सभाका लागि छुट्टै निजामती सेवा आवश्यकताबारे थप छलफल जरुरी : मुख्यमन्त्री आचार्य


दाङ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाको प्रभावकारी कार्यसम्पादनका लागि छुट्टै निजामती सेवा निर्माणका विषयमा अझै थप छलफल आवश्यक रहेको बताउनुभएको छ ।

बुधबार राप्ती उपत्यका (देउखुरी) मा प्रदेश सभा सचिवालयले आयोजना गरेको´प्रदेश सभा निजामती सेवा विधेयक सम्बन्धी अन्तरक्रिया कार्यक्रम´ लाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश निजामती सेवा ऐनभित्रै प्रदेश सभा निजामती सेवालाई सम्बोधन गरेर जान सकिने वा छुट्टै ऐन आवश्यक पर्छ भन्नेबारे थप छलफल आवश्यक रहेको बताउनु भएको हाे ।

´छुट्टै संरचना आवश्यक हो होइन, यसबारे विस्तृत खोजी हुन जरुरी छ । संरचना जन्माउनु भन्दा त्यसलाई कसरी सञ्चालन गर्ने भन्ने मुख्य कुरा हो । निजामती सेवा बनाउँदा पनि हामीले धेरै अनुभव प्राप्त गरेका छौँ । अहिले हामी प्रदेश सभाको छुट्टै ऐन बनाएर जान सक्ने कि नसक्ने-यो विषयमा गहन छलफल जरुरी छ । हतारिएर निष्कर्षमा नपुगौं । ऐनले दीर्घकालीन रूपमा पार्ने प्रभावबारे पनि खोजी हुनु आवश्यक छ,´ मुख्यमन्त्री आचार्यले भन्नुभयो ।

क्षमतायोग्य कर्मचारीहरूको व्यवस्थापनमा सरकारको ध्यान केन्द्रित रहेको स्पष्ट पार्दै उहाँले अझै बहस र छलफल आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । `मान्छे एकै ठाउँमा बाँधिएर बस्न चाहँदैन । हतारिएर कानुन नबनाऔं । यसले अझै बहस र छलफल खोजेको छ,´ उहाँको भनाइ थियो ।

सभामुख तुलाराम घर्तीमगरले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीनवटै अंग स्वतन्त्र भए पनि एकअर्कासँग अन्तरसम्बन्धित रहेको बताउनुभयो । उहाँले संघीयतालाई कार्यान्वयन गर्ने सिद्धान्तमा आधारित रहेर प्रदेश सभा निजामती सेवा ऐन निर्माणको काम अघि बढाउन खोजिएको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका दल-उपनेता, प्रमुख सचेतक, सचेतक, प्रदेश सभा सदस्य, प्रमुख सचिव, मुख्य न्यायाधिवक्ता, सचिव तथा प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता थियो । विषय विज्ञका रूपमा काँशिराज दाहालले ऐन निर्माणसँग सम्बन्धित विषय र प्राथमिकताका बारेमा धारणा राख्नुभएको थियो ।

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...