Author: संचार पत्र

भारत उत्तराखण्डको बाढी : यी हुन् हराइहेका २६ नेपाली

भारत उत्तराखण्डको बाढी : यी हुन् हराइहेका २६ नेपाली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौंभारतको उत्तराखण्डमा अघिल्लो हप्ता आएको बाढी–पहिरोमा २६ जना नेपाली बेपत्ता रहेको दूतावासले जनाएको छ । दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार उत्तरकाशीको धरालीमा २१ र पौडीगढवालको बंकुरामा पाँच गरी २६ जना बेपत्ता छन् ।धराली क्षेत्रमा हराएकाहरुमा जनकबहादुर शाही, रवि सिंह, करणबहादुर, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खडका, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश र प्रिया रहेका छन् । यस्तै दिपक मगर, सुरज राना, मानबहादुर, नीमबहादुर, रवि सिंह र रामबहादुर पनि बेपत्ता रहेको दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । दूतावासका अनुसार पौडीगढवालमा बेपत्ता भएकाहरूमा नरेन्द्र खड्का, सन्ध्या खड्का, रोमन खड्का, अमृता परियार र बिमल विक रहेका छन् । उत्तरकाशीको धराली क्षेत्रमा गएको मङ्गलवार आरीघोप्टे वर्षापछि खिरगंगा नदीमा आएको बाढीले गंगोत...
५२ विपन्न परिवारलाई नयाँ घर उपहार

५२ विपन्न परिवारलाई नयाँ घर उपहार

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, राजनीति, समाचार, समाज, स्थानीय
नेपालगञ्ज बाँकेको राप्ती सोनारी गाउँपािलकाले ५२ वटा घर निर्माण गरेर विपन्न परिवारलाई हस्तान्तरण गरेको छ । विपन्न वर्ग आवास कार्यक्रमअन्तर्गत गाउँपालिकाले संघिय बजेटबाट आर्थिक वर्ष २०८१÷८२ मा निर्माण गरी आइतवार र सोमवार ९ वटै वडाका ५२ परिवारलाई घरको चाबी र प्रमाणपत्र हस्तान्तरण गरेको हो ।करिब रु. २ करोड ४ लाख ८६ हजार ८ सय २६ को लागतमा बनेका यी घरहरू गाउँपालिकाका ९ वटै वडाका ५२ परिवारहरूलाई हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले भावुक हुँदै भने, “यो केवल घर होइन, यो सम्मान र सुरक्षा हो। हामीले यसलाई विपन्न वर्गलाई आत्मसम्मानसहित बस्न पाउने अधिकारको रूपमा लिएका छौँ ।’’उनका अनुसार अब गाउँका कुनै नागरिकले पनि पानी चुहिने छानामुनि निदाउन नपरोस् भन्ने उद्देश्यले यो अभियानलाई निरन्तरता दिने योजना बनाइएको छ । साथै, आगामी वर्षदेखि घरसँगै बगैँचा, पानी ट...
रेसुङ्गा र छत्रदेवको सङ्गम स्थल नेटाखर्कमा श्रीकृष्ण रथयात्रा एवम् रोपाइँ कार्यक्रम २०८२ आयोजना हुने

रेसुङ्गा र छत्रदेवको सङ्गम स्थल नेटाखर्कमा श्रीकृष्ण रथयात्रा एवम् रोपाइँ कार्यक्रम २०८२ आयोजना हुने

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, समाज, स्थानीय
गुल्मी, २६ साउन – गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–६ र अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–८ को सङ्गम स्थल नेटाखर्कमा वि.सं. २०५४ देखि निरन्तर सञ्चालन हुँदै आएको श्रीकृष्ण रथयात्रा एवम् रोपाइँ कार्यक्रम यस वर्ष पनि भव्य र व्यवस्थित रूपमा आयोजना हुने भएको छ। यो जानकारी मूल समारोह समितिको हालै बसेको बैठकले निर्णय गरेको हो।यो परम्परागत कार्यक्रम हाम्रो पर्व र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको छ। स्थानीय समुदायको सक्रिय सहभागितामा सञ्चालित यो कार्यक्रमले धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश प्रवाह गर्दै आएको छ। गत वर्षहरूमा झैं यस वर्ष पनि सबैको आर्थिक, भौतिक र नैतिक सहयोगको अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ।आयोजक समितिका अनुसार, कार्यक्रम यहि भदौ १ गते नेटाखर्कमा आयोजना हुनेछ। समितिले यो पर्वलाई थप व्यवस्थित र भव्य बनाउन विभिन्न योजना बन...
रवि लामिछानेलाई थुनामै राख्न आदेश, जिल्ला अदालतबाट निवेदन अस्वीकार

रवि लामिछानेलाई थुनामै राख्न आदेश, जिल्ला अदालतबाट निवेदन अस्वीकार

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवलराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न रूपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ।न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेको मागबमोजिम नहुने आदेश गरेको हो।लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको बिगो दाबीबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गरेको निवेदनमाथिको बहसपछि यस्तो आदेश आएको हो।रुपन्देही जिल्ला अदालतमा न्यायाधीश सापकोटाको इजलासमा लामिछानेका वकिलले उनलाई थुनामुक्त गर्न माग गरेका थिए।लामिछानेले सहकारी हिनामिना गरेको भनेको बिगो दाबी बराबरको बैंक ग्यारेन्टी बुझाइसकेकाले यो मुद्दाबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गरेका थिए।उनले ३ जनाको नाममा २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाएका थिए। लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा यही साउन १९ गते निवेदन दिएका...
म प्रदीप ज्ञवालीलाई गुरु भन्ने गर्छु: प्रधानमन्त्री ओली

म प्रदीप ज्ञवालीलाई गुरु भन्ने गर्छु: प्रधानमन्त्री ओली

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन–आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष प्रदीप ज्ञवालीलाई आफूले ‘गुरु’ भनेर सम्बोधन गर्ने गरेको बताएका छन्। ज्ञवालीको बौद्धिक र वैचारिक क्षमताप्रति सम्मान प्रकट गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित प्रतिष्ठानको पदस्थापन तथा शपथ ग्रहण समारोहमा बोल्दै अध्यक्ष ओलीले ज्ञवालीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए। आफ्नै पार्टीका नेतालाई सम्मानस्वरूप ‘गुरु’ भनेर सम्बोधन गर्ने गरेको बताउँदै ओलीले भने, ‘प्रदीप ज्ञवाली यस्तो व्यक्ति हुनुहुन्छ, जसलाई मैले पनि प्रदीप गुरु भन्ने गर्छु।’अध्यक्ष ओलीले प्रतिष्ठानको काम चुनौतीपूर्ण भए पनि ज्ञवालीको नेतृत्वमा व्यवस्थित ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे। उनले प्रतिष्ठानलाई अध्ययन, अनुसन्धान र विचार-मन्थनको केन्द्र बनाउन...
बुटवल हस्पिटल प्रालि र एक्सपर्ट एजुकेशन बिच उपचार सम्झाैता

बुटवल हस्पिटल प्रालि र एक्सपर्ट एजुकेशन बिच उपचार सम्झाैता

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
बुटवल एक सय शैयाको अनुमति प्राप्त बुटवलकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न बुटवल हस्पिटल प्रा.लि. र एक्सपर्ट एजुकेशन बीच उपचार सहकार्यका लागि सम्झौता भएको छ।एक्सपर्ट एजुकेशन कन्सल्टेन्सी बुटवलसँग सम्बद्ध शाखाहरूको समेत सहभागितामा सम्पन्न उक्त सम्झौताअनुसार, एक्सपर्ट एजुकेशनका बोर्ड सदस्य, कर्मचारी तथा उनका परिवारका साथै अध्ययनरत विद्यार्थीहरूलाई बुटवल हस्पिटल प्रा.लि.मा उपचार सेवा उपलब्ध गराइनेछ।अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलका अनुसार, सम्झौताको माध्यमबाट सहुलियत दरमा उपचार सेवा र स्वास्थ्य परामर्श उपलब्ध गराइनेछ। “बुटवल हस्पिटल सबैको स्वास्थ्य संस्था भएकाले हामी सबैसँग हातेमालो गर्दै अघि बढ्छौं,” अध्यक्ष पौडेलले भने।सम्झौता हस्ताक्षर कार्यक्रममा बुटवल हस्पिटल प्रा.लि.का मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण प्रसाद खनाल, जनरल म्यानेजर देवेश कर्ण, बजार प्रमुख सुमन तिमिल्सिना, एक्स...
आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौं मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसमविदले जनाएका छन् । आज (सोमबार) बिहान सातै प्रदेशका विभिन्न भू–भागहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो एक घण्टामा सर्लाहीको मलंगवामा २५ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै बर्दियाको मानपुरमा २५.८ मिलिमिटर वर्षा भएको छ । अरू विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । दिउँसो देशका पहाडी भू–भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू–भाग र लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि देशभर साधारणतया बदली रहनेछ । राति मधेश प्रदेश लगायत को...
आज सङ्घीय संसद्का चार संसदीय समितिको बैठक बस्दै

आज सङ्घीय संसद्का चार संसदीय समितिको बैठक बस्दै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ सङ्घीय संसद्का विभिन्न चार समितिको बैठक सोमबार (आज) बस्ने भएको छ । निर्धारित कार्यतालिका अनुसार, आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो । अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, कानुन, न्याय तथा मानवअधिकार समितिमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यक्रम छ । यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘हिन्द कुश हिमालयन पार्लियामेन्टस् मिट– २०२५’ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१’ उपर सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । ...
टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, समाचार, समाज
काठमाडौं टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको हो । राखेप सदस्य सचिव टंकलाल घिसिङलगायत क्यानका पदाधिकारीले राष्ट्रिय क्रिकेट टोलीलाई नेपालको झण्डा हस्तान्तरण गरेका थिए । त्यस्तै, कार्यक्रममा क्यान र नासा सेक्युरिटिजबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजकको सम्बन्धमा सम्झौता भएको छ । उक्त सिरिजमा भाग लिने टोलीमा एक परिवर्तन भएको छ । स्पिनर ललित राजवंशीको ठाउँमा साहब आलमले खेल्ने भएका छन् । अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि अष्ट्रेलिया भ्रमण गर्न लागेको हो । अष्ट्रेलियाको डार्बिनमा हुने प्...
लायन्स क्लब द्वारा संयुक्त इण्डक्सन तथा मेगा इन्स्टलेशन कार्यक्रम सम्पन्न

लायन्स क्लब द्वारा संयुक्त इण्डक्सन तथा मेगा इन्स्टलेशन कार्यक्रम सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल डिष्ट्रिक्ट ३२५P नेपाल अन्तर्गत रिजन–१४ का जोन ३०, ३१ र ३२ का लायन्स क्लबहरूले बुटवलमा भव्य इन्डक्सन तथा मेगा इन्स्टलेशन कार्यक्रम सम्पन्न गरेका छन्।कार्यक्रममा नयाँ सदस्यहरूको शपथ ग्रहण, क्लब पदाधिकारीहरूको पदस्थापन तथा सामूहिक सेवाभावको पुनः प्रतिवद्धता व्यक्त गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर लायन बलराम भट्टराई रहनु भएको थियो। विशेष अतिथिहरूमा निवर्तमान डिष्ट्रिक्ट गभर्नर लायन पुरुषोत्तम भक्त प्रधानाङ्ग, दोश्रो भाइस डिष्ट्रिक्ट गभर्नर लायन मिना पन्थी, पूर्व डिष्ट्रिक्ट गभर्नर लायन अर्जुन मान सैंजु तथा लायन महेन्द्र नारायण श्रेष्ठ रहनु भएको थियो। यसैगरी डिष्ट्रिक्ट ३२५P नेपालको सिनियर प्रोटोकल मा रहनु भएका बिभिन्न पदाधिकारीको उपस्थितिमा १४० जना लायन सदस्यको पदस्थापन भएको थियो | पहिलो चरणको कार्यक्रम संचालक जोन चियर पर्सन लायन रितु गुरुङ त...