रुपन्देहीको बुटवल-भैरहवा सडकखण्डमा मापसे-लापसे चेकजाँच, सवारी चालकहरूमा सचेतना अभियान
रुपन्देही जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको नेतृत्वमा बुटवल-भैरहवा सडकखण्डमा सवारी चालक लक्षित मादक पदार्थ सेवन (मापसे) तथा लागूऔषध सेवन (लापसे) सम्बन्धी सघन चेकजाँच अभियान सञ्चालन गरिएको छ ।
शुक्रबार तिलोत्तमा नगरपालिका-२ स्थित शंकरनगरचोक क्षेत्रमा सञ्चालन गरिएको उक्त चेकजाँच कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएका प्रहरी निरीक्षक रुद्रकुमार गिरीको नेतृत्वमा ११ जनाको ट्राफिक प्रहरी टोली सक्रिय रहेको थियो । अभियानमा पश्चिम नेपाल बस व्यवसायी प्रालिका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो ।बुटवल-सुनौली सडकखण्डमा सञ्चालनमा रहेका बस तथा माइक्रोबसका चालक र सहचालकलाई लक्षित गरी मापसे तथा लापसे परीक्षण गरिएको थियो । चेकजाँचका क्रममा सवारी चालकहरूलाई ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन, यात्रुको सुरक्षाप्रति जिम्मेवार बन्ने विषयमा सचेतना समेत गराइएको ट्राफि...








