किया नेपालले गर्यो बुटवलमा शोरुमको उद्घाटन



बुटवल
किया कम्पनीका चारपाङ्ग्रे सवारी साधन (कार)को विक्रेता किया नेपालले बुटवलबाट सेवा दिनका लागी विक्री केन्द्रको शुभारम्भ गरेको छ।
ग्राहकको रोजाइमा परेको, गुणस्तरीय , टिकाउ र भरपर्दो प्रविधियुक्त , ईन्धन र इलेक्ट्रोनिक्स दुवै सुविधा रहेको किया ब्राण्डका कार विक्री केन्द्र कन्टिनेन्टल ट्रेडिङ ईन्टरप्राईजेज प्रालिको विहिबार बुटवलको कालिकानगरमा शोरुमको उद्घाटन गरिएको हो।
शोरुमको उद्घाटन गर्दै कम्पनीका निर्देशक रेखा घिमिरेले कारहरुमै मजवुत, गुणस्तरीय, ग्राहकको विश्वास जित्न सफल किया नेपालले ३० बर्षसम्म निरन्तर सेवा दिंदै आएको र अव बुटवलबाट सेवा दिन पाउंदा खुशी लागेको वताउनुभयो।
निर्देशक घिमिरेले देशका अन्य स्थानहरूमा भन्दा बुटवलबाट राम्रो व्यवसाय हुनेमा विश्वस्त रहेको धारणा राख्नुभयो।
उहाँले ग्राहक , निरिक्षण गर्ने र सरोकारवाला सवैको प्रतिक्रिया बिक्री केन्द्र देखी प्रमुख कार्यालय सम्म आईपुग्ने र सोहि अनुसार सेवा, गुणस्तरीयता जस्ता विषय परिमार्जन गरीने धारणा राख्नुभयो।


कम्पनीका एजुकेटीभ डाईरेक्टर टंक प्रसाद भट्टले गुणस्तरमा अव्वल, ग्राहकको रोजाइ परी ग्राहकको सन्तुस्टी दिंदै आएको र बुटवलवाट राम्रो परिणाम आउने विश्वास राखेको वताउनुभयो।
बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्ति अधिकारीले बुटवलमा स्वागत गर्दै किया कम्पनीले धैरै र कम दुवै मुल्यका कारहरु उत्पादन गरेमा सवै वर्गहरुले उपयोग गर्न सक्ने र व्यवसाय पनि राम्रो हुने हुनाले त्यस तर्फ केन्द्रित हुनु आग्रह गर्नुभयो।


कम्पनीका प्रवन्धक अनिस लामिछाने किया कम्पनीले इन्धन र इलेक्ट्रोनिक्स दुवै प्रकारका कारहरु बजारमा ल्याएकोले ग्राहकको चाहना अनुसार लिन सक्ने हुनाले राम्रो हुनेमा विश्वास राखेको वताउनुभयो।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता भएको छ । अहिलेसम्म १ हजार ३९५ जनाको श...
कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

बुटवलनेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले यस वर्षको पर्व लक्षित नयाँ फेस्टिभ क्याम्पेन टिभ...
३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

काठमाडौँबिदुर नगरपालिकास्थित पीपलटारको होल्डिङ सेन्टरमा ५ वर्षीया योबिसा श्रेष्ठ २३ भदौको दिउँसोसम्म खेलिरहेकी थिइन् । तर रात...
नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौँभारतको विद्युत् मन्त्रालयले नेपाललाई आगामी डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ...