किया नेपालले गर्यो बुटवलमा शोरुमको उद्घाटन



बुटवल
किया कम्पनीका चारपाङ्ग्रे सवारी साधन (कार)को विक्रेता किया नेपालले बुटवलबाट सेवा दिनका लागी विक्री केन्द्रको शुभारम्भ गरेको छ।
ग्राहकको रोजाइमा परेको, गुणस्तरीय , टिकाउ र भरपर्दो प्रविधियुक्त , ईन्धन र इलेक्ट्रोनिक्स दुवै सुविधा रहेको किया ब्राण्डका कार विक्री केन्द्र कन्टिनेन्टल ट्रेडिङ ईन्टरप्राईजेज प्रालिको विहिबार बुटवलको कालिकानगरमा शोरुमको उद्घाटन गरिएको हो।
शोरुमको उद्घाटन गर्दै कम्पनीका निर्देशक रेखा घिमिरेले कारहरुमै मजवुत, गुणस्तरीय, ग्राहकको विश्वास जित्न सफल किया नेपालले ३० बर्षसम्म निरन्तर सेवा दिंदै आएको र अव बुटवलबाट सेवा दिन पाउंदा खुशी लागेको वताउनुभयो।
निर्देशक घिमिरेले देशका अन्य स्थानहरूमा भन्दा बुटवलबाट राम्रो व्यवसाय हुनेमा विश्वस्त रहेको धारणा राख्नुभयो।
उहाँले ग्राहक , निरिक्षण गर्ने र सरोकारवाला सवैको प्रतिक्रिया बिक्री केन्द्र देखी प्रमुख कार्यालय सम्म आईपुग्ने र सोहि अनुसार सेवा, गुणस्तरीयता जस्ता विषय परिमार्जन गरीने धारणा राख्नुभयो।


कम्पनीका एजुकेटीभ डाईरेक्टर टंक प्रसाद भट्टले गुणस्तरमा अव्वल, ग्राहकको रोजाइ परी ग्राहकको सन्तुस्टी दिंदै आएको र बुटवलवाट राम्रो परिणाम आउने विश्वास राखेको वताउनुभयो।
बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्ति अधिकारीले बुटवलमा स्वागत गर्दै किया कम्पनीले धैरै र कम दुवै मुल्यका कारहरु उत्पादन गरेमा सवै वर्गहरुले उपयोग गर्न सक्ने र व्यवसाय पनि राम्रो हुने हुनाले त्यस तर्फ केन्द्रित हुनु आग्रह गर्नुभयो।


कम्पनीका प्रवन्धक अनिस लामिछाने किया कम्पनीले इन्धन र इलेक्ट्रोनिक्स दुवै प्रकारका कारहरु बजारमा ल्याएकोले ग्राहकको चाहना अनुसार लिन सक्ने हुनाले राम्रो हुनेमा विश्वास राखेको वताउनुभयो।

छुटाउनुभयो कि ?

पत्रकारको वित्तीय जिवनशैली

पत्रकारको वित्तीय जिवनशैली

श्रीराम ज्ञवालीनेपाल र सामान्यतया विश्वभरिका पत्रकारहरूको आर्थिक जीवनशैली निकै चुनौतीपूर्ण, उतारचढावपूर्ण र श्रमको तुलनामा न्...
कपिलवस्तुमा चार भरुवा बन्दुक बरामद

कपिलवस्तुमा चार भरुवा बन्दुक बरामद

बुटवलकपिलवस्तुको सामुदायिक वनबाट बेवारिसे अवस्थामा चार नाल भरुवा बन्दुक बरामद गरिएको छ । वाणगंगा नगरपालिका९९ स्थित बन्दुक बरा...
पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

काठमाडौंलगातारको वर्षाका कारण बाढी, पहिरो र लेदो खस्दा देशका विभिन्न राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँद...
बडीमालिका हिमपात: एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात: एक जनाको उद्धार, एकको खोजी जारी

काठमाडौंधार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टर...