भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता भएको छ ।

अहिलेसम्म १ हजार ३९५ जनाको शव भेटिएको छ भने ५ हजार १३० जना सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चितवनमा सबैभन्दा धेरै ३६४ वटा शव भेटिएका छन् ।

त्यस्तै नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८६, गोरखामा ७७, धादिङमा ७२ र तनहुँमा ३८ छन् । उपचारका क्रममा काठमाण्डौमा दुई जनाको ज्यान गएको छ ।

भेटिएका शवमध्ये १०४ वटाको सनाखत भइसकेको छ । बाँकीको पहिचानका लागि डीएनए परीक्षणलगायत प्रक्रिया अघि बढाएको प्राधिकरणले जनाएको छ ।

बाढीपछि १३ हजार ७३७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये विभिन्न ३३ वटा होल्डिङ सेन्टरमा राखिएका नागरिकमध्ये नुवाकोटमा १ हजार ४९९, रसुवामा ८२५ र धादिङमा ९४ जना रहेका छन् ।

त्यस्तै, विभिन्न १९ अस्पतालमा ३४१ जनाको उपचार गरिएकोमा २७८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

सुरक्षा निकाय, पालिका तथा विभिन्न सरकारी र गैरसरकारी क्षेत्रबाट सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनका काम भैरहेका छन् । यो बाढीले गरेको क्षति पुनर्निर्माणका लागि ७ खर्ब रुपैयाँभन्दा धेरै लाग्ने प्रारम्भिक अनुमान छ ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता भएको छ । अहिलेसम्म १ हजार ३९५ जनाको श...
कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

बुटवलनेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले यस वर्षको पर्व लक्षित नयाँ फेस्टिभ क्याम्पेन टिभ...
३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

काठमाडौँबिदुर नगरपालिकास्थित पीपलटारको होल्डिङ सेन्टरमा ५ वर्षीया योबिसा श्रेष्ठ २३ भदौको दिउँसोसम्म खेलिरहेकी थिइन् । तर रात...
नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौँभारतको विद्युत् मन्त्रालयले नेपाललाई आगामी डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ...