बर्दघाटको उद्योगमा २ मजदुरको मृत्यु, शङ्कास्पद भएको भन्दै मृतकका आफन्तको विरोध प्रदर्शन


नवलपरासी
पश्चिम नवलपरासीको बर्दघाट १२ भटौलीमा रहेको कजरिया रमेश टायल्स उद्योगमा कार्यरत दुई जना मजदुरको मृत्यु भएको छ।

बुधबार राति एक भारतीय र एक जना नेपाली मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख अनुपम श्रेष्ठका अनुसार मृत्यु हुनेमा बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षीय होम बहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगण जिल्लाका ३० वर्षको विनोद कुमार रहेका छन्।
घटना बिहान करिब ३ बजेतिर घटे पनि घटना ढाकछोपका लागि उद्योगले ढिलो मात्रै प्रहरीलाई खबर गरेको मृतकका आफन्त र स्थानीयले आरोप लगाएका छन्। ग्यास च्याम्बरमा ग्यास खोल्ने क्रममा मृत्यु भए पनि घटना ढाकछोपका लागि दुवैको शव बाहिर ल्याएर सुताइएको स्थानीयको आरोप छ।

उद्योगको ग्यास फायरमा सुतिरहेको अवस्थामा मृत फेला परेको र आवश्यक अनुसन्धानको लागि फरेन्सिक परीक्षणका लागि पठाउन लागिएको प्रहरीले जनाएको छ।

मृतकका आफन्तले भने घटना शङ्कास्पद भएको र घटनाबारे आफूहरूलाई समेत समयमा जानकारी नदिइएको भन्दै प्रदर्शन गरेका छन्।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता भएको छ । अहिलेसम्म १ हजार ३९५ जनाको श...
कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

बुटवलनेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले यस वर्षको पर्व लक्षित नयाँ फेस्टिभ क्याम्पेन टिभ...
३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

काठमाडौँबिदुर नगरपालिकास्थित पीपलटारको होल्डिङ सेन्टरमा ५ वर्षीया योबिसा श्रेष्ठ २३ भदौको दिउँसोसम्म खेलिरहेकी थिइन् । तर रात...
नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौँभारतको विद्युत् मन्त्रालयले नेपाललाई आगामी डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ...