बर्दघाटको उद्योगमा २ मजदुरको मृत्यु, शङ्कास्पद भएको भन्दै मृतकका आफन्तको विरोध प्रदर्शन


नवलपरासी
पश्चिम नवलपरासीको बर्दघाट १२ भटौलीमा रहेको कजरिया रमेश टायल्स उद्योगमा कार्यरत दुई जना मजदुरको मृत्यु भएको छ।

बुधबार राति एक भारतीय र एक जना नेपाली मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख अनुपम श्रेष्ठका अनुसार मृत्यु हुनेमा बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षीय होम बहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगण जिल्लाका ३० वर्षको विनोद कुमार रहेका छन्।
घटना बिहान करिब ३ बजेतिर घटे पनि घटना ढाकछोपका लागि उद्योगले ढिलो मात्रै प्रहरीलाई खबर गरेको मृतकका आफन्त र स्थानीयले आरोप लगाएका छन्। ग्यास च्याम्बरमा ग्यास खोल्ने क्रममा मृत्यु भए पनि घटना ढाकछोपका लागि दुवैको शव बाहिर ल्याएर सुताइएको स्थानीयको आरोप छ।

उद्योगको ग्यास फायरमा सुतिरहेको अवस्थामा मृत फेला परेको र आवश्यक अनुसन्धानको लागि फरेन्सिक परीक्षणका लागि पठाउन लागिएको प्रहरीले जनाएको छ।

मृतकका आफन्तले भने घटना शङ्कास्पद भएको र घटनाबारे आफूहरूलाई समेत समयमा जानकारी नदिइएको भन्दै प्रदर्शन गरेका छन्।

छुटाउनुभयो कि ?

पत्रकारको वित्तीय जिवनशैली

पत्रकारको वित्तीय जिवनशैली

श्रीराम ज्ञवालीनेपाल र सामान्यतया विश्वभरिका पत्रकारहरूको आर्थिक जीवनशैली निकै चुनौतीपूर्ण, उतारचढावपूर्ण र श्रमको तुलनामा न्...
कपिलवस्तुमा चार भरुवा बन्दुक बरामद

कपिलवस्तुमा चार भरुवा बन्दुक बरामद

बुटवलकपिलवस्तुको सामुदायिक वनबाट बेवारिसे अवस्थामा चार नाल भरुवा बन्दुक बरामद गरिएको छ । वाणगंगा नगरपालिका९९ स्थित बन्दुक बरा...
पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

काठमाडौंलगातारको वर्षाका कारण बाढी, पहिरो र लेदो खस्दा देशका विभिन्न राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँद...
बडीमालिका हिमपात: एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात: एक जनाको उद्धार, एकको खोजी जारी

काठमाडौंधार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टर...