तराईमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना


काठमाडौं
देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू-भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पनि तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू-भागमा साधारण बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । तराईका केही स्थानमा हुस्सु रहनेछ । मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी दिएको छ ।

महाशाखाले आवश्यक सतर्कता अपनाउन तथा दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

छुटाउनुभयो कि ?

पत्रकारको वित्तीय जिवनशैली

पत्रकारको वित्तीय जिवनशैली

श्रीराम ज्ञवालीनेपाल र सामान्यतया विश्वभरिका पत्रकारहरूको आर्थिक जीवनशैली निकै चुनौतीपूर्ण, उतारचढावपूर्ण र श्रमको तुलनामा न्...
कपिलवस्तुमा चार भरुवा बन्दुक बरामद

कपिलवस्तुमा चार भरुवा बन्दुक बरामद

बुटवलकपिलवस्तुको सामुदायिक वनबाट बेवारिसे अवस्थामा चार नाल भरुवा बन्दुक बरामद गरिएको छ । वाणगंगा नगरपालिका९९ स्थित बन्दुक बरा...
पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

काठमाडौंलगातारको वर्षाका कारण बाढी, पहिरो र लेदो खस्दा देशका विभिन्न राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँद...
बडीमालिका हिमपात: एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात: एक जनाको उद्धार, एकको खोजी जारी

काठमाडौंधार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टर...