रुपन्देहीको बुटवल-भैरहवा सडकखण्डमा मापसे-लापसे चेकजाँच, सवारी चालकहरूमा सचेतना अभियान


रुपन्देही
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको नेतृत्वमा बुटवल-भैरहवा सडकखण्डमा सवारी चालक लक्षित मादक पदार्थ सेवन (मापसे) तथा लागूऔषध सेवन (लापसे) सम्बन्धी सघन चेकजाँच अभियान सञ्चालन गरिएको छ ।

शुक्रबार तिलोत्तमा नगरपालिका-२ स्थित शंकरनगरचोक क्षेत्रमा सञ्चालन गरिएको उक्त चेकजाँच कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएका प्रहरी निरीक्षक रुद्रकुमार गिरीको नेतृत्वमा ११ जनाको ट्राफिक प्रहरी टोली सक्रिय रहेको थियो । अभियानमा पश्चिम नेपाल बस व्यवसायी प्रालिका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो ।
बुटवल-सुनौली सडकखण्डमा सञ्चालनमा रहेका बस तथा माइक्रोबसका चालक र सहचालकलाई लक्षित गरी मापसे तथा लापसे परीक्षण गरिएको थियो । चेकजाँचका क्रममा सवारी चालकहरूलाई ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन, यात्रुको सुरक्षाप्रति जिम्मेवार बन्ने विषयमा सचेतना समेत गराइएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पछिल्लो समय सवारी दुर्घटनाको प्रमुख कारणमध्ये मापसे र लापसे एक भएकाले यस्तो अभियानलाई निरन्तरता दिइनेछ । यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै नियमित रूपमा अनुगमन, परीक्षण र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने पनि ट्राफिक प्रहरीको भनाइ छ ।

बस व्यवसायीहरूले समेत ट्राफिक प्रहरीको अभियानलाई सहयोग गर्दै चालकहरूलाई नियम पालना गर्न प्रेरित गर्ने प्रतिबद्धता जनाएका छन् । ट्राफिक प्रहरीका अनुसार आगामी दिनमा पनि राजमार्ग तथा सहरी क्षेत्रमा यस्ता चेकजाँच अभियानलाई थप कडाइका साथ निरन्तरता दिइनेछ ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...