आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी आजदेखि हुंदै ,नेपालले अमेरिकाको सामना गर्दै
काठमाडौंरुवाण्डामा आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी आजदेखि शुरु हुँदैछ ।आज पहिलो दिन नेपालले अमेरिकाको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो ४: ४५ बजेदेखी शुरु हुदैछ । त्यस्तै आज रुवान्डा र इटालीवीच अपराहन्न १२: ४५ बजेदेखि उद्घाटन खेल हुदैछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले यो प्रतियोगिता खेल्न नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, मनिषा उपाध्याय, सम्झना खड्का, रुवि पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत र रचना चौधरीलाई त्यसतर्फ पठाएको छ । त्यस्तै नेपाली टिमको मुख्य प्रशिक्षक हर्षल पाठक रहेका छन् ।
रुवाण्डा क्रिकेट संघले आयोजना गर्ने पहिलो आइसीसी महिला च्यालेन्ज ट्रफी अप्रिल १८ देखि मे २ सम्म हुदैछ । यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीहरूमा अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिका, ए...








