असन्तुष्टिको नाममा हरेक पटक आगजनी र विध्वंस गरेर देश चल्दैन: प्रदीप ज्ञवाली



काठमाडौँ
नेकपा एमालेका नेता एवं पूर्व मन्त्री प्रदीप ज्ञवालीले राजनीतिक असन्तुष्टि र परिवर्तनका नाममा हरेक पटक हिंसा, आगजनी र विध्वंसको बाटो रोजेर देश अघि बढ्न नसक्ने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा बोल्दै ज्ञवालीले राजनीतिक असन्तुष्टिको अभिव्यक्ति हरेक पटक विध्वंसमा परिणत हुन नहुने बताएका हुन् ।

उनले विगतका शासक अयोग्य भए पनि त्यसको जवाफ हिंसा र विनाश हुन नसक्ने बताए। राजनीतिक परिवर्तनका नाममा भएका आगजनी, तोडफोड र विध्वंसले देशलाई ठूलो क्षति पुर्‍याउने भन्दै उनले त्यस्ता घटनालाई कुनै पनि बहानामा उचित ठहर्‍याउन नमिल्ने बताए। ज्ञवालीले संक्रमणकालीन न्याय प्रक्रियामा भएको ढिलाइ सत्य भएपनि त्यसलाई गत वर्ष भएका हिंसात्मक घटनाको औचित्य पुष्टि गर्ने आधार बनाउन नमिल्ने बताए । कुनै व्यक्ति वा समूह अयोग्य भए त्यसलाई दण्डित गर्ने अन्य कानूनी उपाय रहेको उल्लेख गर्दै उनले विध्वंसले समाधान नदिने स्पष्ट पारे।

उनले शान्ति प्रक्रियाका क्रममा भएका घटनाको सत्य स्थापित गर्न तत्काल आयोग गठन गर्नुपर्नेमा पनि जोड दिए । न्यायको पाटोलाई सम्बोधन गर्दै द्वन्द्वकालीन घटनाको सत्य स्थापित गर्नु अहिलेको पहिलो आवश्यकता रहेको उनको भनाइ छ ।

उनले भने, ‘द्वन्द्वका घटना नदोहोरिउन् भन्नका लागि न्यायको पक्षलाई सम्बोधन गर्नैपर्छ । तर आजको पहिलो आवश्यकता सत्य स्थापित गर्नु हो, र त्यसका लागि तत्काल आयोग गठन हुनुपर्छ । नेपालको शान्ति प्रक्रिया सबै राजनीतिक दलको साझा एजेण्डा भएकाले नयाँ सरकारले पनि यसलाई साझा प्रतिवद्धताका रूपमा अघि बढाओस् भन्ने मेरो आग्रह छ । संक्रमणकालीन न्यायमा ढिलाइ भएको सत्य हो । तर त्यसले गत वर्ष देशले भोग्नुपरेको हिंसा, विध्वंस र पीडालाई कुनैपनि अर्थमा उचित ठहर्‍याउँदैन । सरकारको अक्षमता वा असन्तुष्टिको समाधान हिंसा र विनाश होइन । राजनीतिक परिवर्तनका नाममा आगजनी र विध्वंसलाई सामान्य मान्न सकिँदैन । विगतका कमजोरीको मूल्याङ्कन इतिहासले गर्ला, तर त्यसलाई हिंसाको औचित्यका रूपमा प्रस्तुत गर्नु हुँदैन ।’

उनले नेपालको शान्ति प्रक्रिया राजनीतिक दलहरूको साझा एजेण्डा भएकाले नयाँ सरकारले पनि त्यसलाई साझा राष्ट्रिय मुद्दाका रूपमा ग्रहण गर्नुपर्ने बताए ।

छुटाउनुभयो कि ?

संक्रमणकालीन न्यायलाई स्वार्थभन्दा माथि राखेर अघि बढाउनुपर्नेमा सरोकारवालाको जोड

संक्रमणकालीन न्यायलाई स्वार्थभन्दा माथि राखेर अघि बढाउनुपर्नेमा सरोकारवालाको जोड

बुटवलमानव अधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा आयोजित नागरिक संवाद कार्यक्रममा वक्ताहरुले संक्रमणकालीन न्यायको प्रक्रियालाई...
म भन्ने साेचबाट माथि उठ्न आवश्यक छ : सभामुख घर्ती

म भन्ने साेचबाट माथि उठ्न आवश्यक छ : सभामुख घर्ती

बुटवललुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तिले म भन्ने साेचबाट माथि उठ्न र हामी भनी सामुहिक हितमा लाग्न अनुरोध गरेका छन्।आ...
तिलोत्तमा औद्योगिक व्यापार मेला : स्थानीय उत्पादनमा दर्शकको आकर्षण

तिलोत्तमा औद्योगिक व्यापार मेला : स्थानीय उत्पादनमा दर्शकको आकर्षण

रुपन्देहीरुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी नवौँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि, प्रविधि एवम् पर्यटन प्रवर्...
असन्तुष्टिको नाममा हरेक पटक आगजनी र विध्वंस गरेर देश चल्दैन: प्रदीप ज्ञवाली

असन्तुष्टिको नाममा हरेक पटक आगजनी र विध्वंस गरेर देश चल्दैन: प्रदीप ज्ञवाली

काठमाडौँनेकपा एमालेका नेता एवं पूर्व मन्त्री प्रदीप ज्ञवालीले राजनीतिक असन्तुष्टि र परिवर्तनका नाममा हरेक पटक हिंसा, आगजनी र ...