तिलोत्तमा औद्योगिक व्यापार मेला : स्थानीय उत्पादनमा दर्शकको आकर्षण



रुपन्देही
रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी नवौँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि, प्रविधि एवम् पर्यटन प्रवर्द्धन महोत्सवमा स्थानीय उत्पादनका स्टल दर्शकको आकर्षण बनेका छन् । स्थानीयस्तरमा उत्पादित वस्तुको प्रदर्शनी तथा बजारीकरणलाई प्राथमिकता दिँदै राखिएका स्टलमा अवलोकनकर्ताको चासो बढेको हो ।
तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा यहि मंसिर ३ गतेदेखि सुरु गरिएको मेलामा तिलोत्तमा नगरपालिकासँगको सहकार्यमा स्थानीय उत्पादनका २६ वटा स्टल राखिएकाे संघका वरिष्ठ उपाध्यक्ष तथा मेला आयाेजक मुल समितिका सहसंयाेजक सुरज पंगेनीले जानकारी दिए । ती स्टलमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्री, हस्तकला, खाद्यान्न, खेलौना, अचारलगायतका वस्तु प्रदर्शनी तथा बिक्रीका लागि राखिएकाे छ ।
स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र साना तथा घरेलु उद्यमीलाई व्यावसायिक अवसर उपलब्ध गराउने उद्देश्यले राखिएका स्टलमा दर्शकले रुचिपूर्वक अवलोकन तथा खरिद गर्ने गरेका छन् । शनिबार सार्वजनिक बिदा परेकाले मेलामा दर्शकको उपस्थिति थप बढेको थियाे । दर्शकको बढ्दो चहलपहलले आयोजकसँगै स्टल धनीलाई समेत उत्साहित बनाएको संघका अध्यक्ष एवम् मेला आयाेजक मुल समितिका संयाेजक ज्ञानेन्द्र कार्कीले बताए ।
मेलालाई मनोरञ्जनात्मक बनाउन शनिबार विभिन्न सांगीतिक कार्यक्रम गरिएकाे छ । गायक तथा गायिकाहरु रमेशराज भट्टराई, घनश्याम रिजाल, प्रचण्ड जिसी, रितु शाही र समीक्षा गैरेसँगै एभरग्रिन टर्टलको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो ।
यसैगरी मेलामा दोहोरी गीत प्रतियोगिता, तिलोत्तमा डान्स आइडल र तिलोत्तमा सिङ्गिङ आइडलसमेत सुरु भएका छन् ।
त्यसैगरी मेलामा कराते प्रतियाेगिता पनि सुरु भएकाे छ । जापान गाेजु रियाे कराते डाे मिसन संघ तिलाेत्तमाकाे आयाेजनामा भएकाे अन्तरविद्यालय चाैंथाे मिसन गाेजुरियाे कराते इन्टर जाेडाे जिल्ला स्तरिय कराते प्रतियाेगितामा २१ बिद्यालयका १९५ जना विद्यार्थी सहभागी रहेकाे जापान गाेजु रियाे कराते डाे मिसन संघ नेपालका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक सियान केवि रानाले बताए । प्रतियाेगिता भाेली आइतबार समापन हुनेछ ।
यी प्रतियोगिताले स्थानीय प्रतिभालाई मञ्च प्रदान गर्नुका साथै मेलाको आकर्षण थप बढाउने अपेक्षा गरिएको छ ।
याे मेला समग्र तिलाेत्तमामा आयाेजना गरिएकाे नवाैं औद्योगिक व्यापार मेला हाे भने तिलाेत्तमा उद्याेग वाणिज्य संघकाे आयाेजनामा भएकाे चाैंथाे औद्योगिक व्यापार मेला हाे । ‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी : दिगो आर्थिक विकासका लागि चौथो तिलोत्तमा राष्ट्रिय प्रदर्शनी’ भन्ने नारासहित आयोजित मेलामा उद्योग, व्यापार, कृषि, पर्यटन तथा प्रविधिसम्बन्धी गरी करिब ३२५ स्टल रहेका छन् ।
१४ दिनसम्म सञ्चालन हुने मेलामा पाँच लाख दर्शकले अवलोकन गर्ने र करिब १२ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ । स्थानीय उत्पादनको प्रवर्द्धन, उद्यमशीलताको विकास, नयाँ प्रविधिको जानकारी तथा व्यापारिक गतिविधि विस्तारलाई मेलाले प्राथमिकता दिएको छ ।

छुटाउनुभयो कि ?

संक्रमणकालीन न्यायलाई स्वार्थभन्दा माथि राखेर अघि बढाउनुपर्नेमा सरोकारवालाको जोड

संक्रमणकालीन न्यायलाई स्वार्थभन्दा माथि राखेर अघि बढाउनुपर्नेमा सरोकारवालाको जोड

बुटवलमानव अधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा आयोजित नागरिक संवाद कार्यक्रममा वक्ताहरुले संक्रमणकालीन न्यायको प्रक्रियालाई...
म भन्ने साेचबाट माथि उठ्न आवश्यक छ : सभामुख घर्ती

म भन्ने साेचबाट माथि उठ्न आवश्यक छ : सभामुख घर्ती

बुटवललुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तिले म भन्ने साेचबाट माथि उठ्न र हामी भनी सामुहिक हितमा लाग्न अनुरोध गरेका छन्।आ...
तिलोत्तमा औद्योगिक व्यापार मेला : स्थानीय उत्पादनमा दर्शकको आकर्षण

तिलोत्तमा औद्योगिक व्यापार मेला : स्थानीय उत्पादनमा दर्शकको आकर्षण

रुपन्देहीरुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी नवौँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि, प्रविधि एवम् पर्यटन प्रवर्...
असन्तुष्टिको नाममा हरेक पटक आगजनी र विध्वंस गरेर देश चल्दैन: प्रदीप ज्ञवाली

असन्तुष्टिको नाममा हरेक पटक आगजनी र विध्वंस गरेर देश चल्दैन: प्रदीप ज्ञवाली

काठमाडौँनेकपा एमालेका नेता एवं पूर्व मन्त्री प्रदीप ज्ञवालीले राजनीतिक असन्तुष्टि र परिवर्तनका नाममा हरेक पटक हिंसा, आगजनी र ...