म भन्ने साेचबाट माथि उठ्न आवश्यक छ : सभामुख घर्ती



बुटवल
लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तिले म भन्ने साेचबाट माथि उठ्न र हामी भनी सामुहिक हितमा लाग्न अनुरोध गरेका छन्।
आर्थिक अनुसन्धान केन्द्र नेपाल र समृद्धि सरकार केन्द्रकाे संयुक्त आयाेजनामा विस्तृत शान्ति सम्झौताका दुई दशक : सामाजिकआर्थिक उपलब्धि र अबकाे बाटाे विषयक नागरिक सम्वाद कार्यक्रममा वोल्दै सभामुख घर्तिले नेपाली समाजमा बढ्दै गईरहेकाे गैर जिम्मेवारीता , स्वच्छचारीताले राजनैतिक आर्थिक विषयमा विचारहरुका बारेमा बहस पैरवी नहुनु दुःखद भएको बताए ।
उनलेे नेपालकाे विकासका लागि सहमति ,सहकार्य ,समन्वय , सहअस्तित्व र सद्भाव कायम हुनुपर्ने बताएका हुन् ।
राजनीतिक पुनर्संरचनामा हिंजोका नेतृत्वले योगदान गरे अहिलेको सरकारलाई आर्थिक पुनर्संरचना गर्ने कार्यभार रहेको धारणा राखेका छन्।
उनले हराउँदै गएको सम्मानको संस्कारमा गम्भीर हुन आवश्यक देखिएको समेत उल्लेख गरेका थिए।
नेपाल शक्ति राष्ट्रहरूको भुराजनैतिकता क्षेत्र रहेको र राष्ट्रियतामा गम्भीर हुन आवश्यक रहेको वताएका छन्।
संघिय सरकारलाई संकेत गर्दै उनले प्रतिशोधको राजनीतिक गर्न नहुने अग्रगमनका लागि योगदान दिनु कार्यभार रहेको धारणा राखेका थिए।


लुम्बिनी प्रदेशसभा सदस्य तथा पुर्व मन्त्री भाेज प्रसाद श्रेष्ठले विगतमा भएको राजनैतिक आन्दोलनको जगमा देश अगाडि बढिरहेको र परिवर्तनलाई आत्मसात गर्दै राजनैतिक दलहरुले आफ्नो कार्यक्रमहरु जनस्तरमा लैजानुपर्ने बताए ।
उनले राजनीतिक अस्थिरताका कारण चाहेजति हुन नसकेको र अवका नेतृत्वको कार्यभार रहेको वताएका थिए।


नेकपाका नेता तथा पुर्व मन्त्री सुदर्शन बरालले पुराना राजनैतिक दलहरुले कठाेर सङघर्ष र यातनापूर्ण व्यवहारबाट राजनैतिक परिवर्तन सफलतापूर्क सम्पन्न गरेको र आर्थिक समृद्धिका लागि आधारहरु सिर्जना गरेकोले देशमा केही भएन भन्नु राजनैतिक वेईमानी भएको बताए ।
समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव तथा प्रवक्ता मनिकर कार्कीले नेपाली समाजकाे बरालिने चरित्रका कारणले विस्तृत शान्ति सम्झौताका सबै परिकल्पनाहरु पूर्णरूपमा उपलब्धिमूलक बन्न नसकिरहेकाे बताए । उनलेे सबैलाई खाेजे जस्तो समाज निर्माण गर्न असम्भव छ तर पनि प्रयत्न अन्तिम सम्म जारी राख्नुपर्ने बताए ।
बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले ऐतिहासिक विस्तृत शान्ति सम्झौता भएपछि आधुनिक नेपालकाे ईतिहासमा धेरै नै सकारात्मक तवरबाट सामाजिक आर्थिक सुचकमा परिवर्तन आएकाे भएता पनि युवालाई स्वदेशमै राेजगारी र स्वराेजगारीमा जाेड्न कठिनाई रहेको बताए ।
युुवा उद्यमी प्रकाश भुसालले नेपालीहरुलाई बाच्नका लागि विदेश जानुपर्ने अवस्था अन्त्य गर्नका लागि लगानीमैत्री वातावरण बन्नुपर्नेमा जाेड दिएका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि प्रेम परियार , रास्वपाका नगर सभापति राजन पाण्डे , राप्रपाका पुनाराम पाेखरेल , आर्थिक विश्लेषक अर्जुन ज्ञवाली, कांग्रेसका नेता रिता केसी , नेपाली कम्युनिस्ट पार्टिका नगर अध्यक्ष महेन्द्र भुसाललगायतले वोल्दै हिंजोका नेतृत्वले राजनैतिक पुनर्संरचनामा योगदान गरेको र आर्थिक पुनर्संरचना आगामी नेतृत्वको कार्यभार रहेको धारणा राखेका थिए।
आर्थिक अनुसन्धान केन्द्र नेपालका अध्यक्ष हुमराज भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुकुन्द पाेखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए भने सञ्चालन लेखक ऋषि आजाद र सम्वृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए ।

छुटाउनुभयो कि ?

संक्रमणकालीन न्यायलाई स्वार्थभन्दा माथि राखेर अघि बढाउनुपर्नेमा सरोकारवालाको जोड

संक्रमणकालीन न्यायलाई स्वार्थभन्दा माथि राखेर अघि बढाउनुपर्नेमा सरोकारवालाको जोड

बुटवलमानव अधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा आयोजित नागरिक संवाद कार्यक्रममा वक्ताहरुले संक्रमणकालीन न्यायको प्रक्रियालाई...
म भन्ने साेचबाट माथि उठ्न आवश्यक छ : सभामुख घर्ती

म भन्ने साेचबाट माथि उठ्न आवश्यक छ : सभामुख घर्ती

बुटवललुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तिले म भन्ने साेचबाट माथि उठ्न र हामी भनी सामुहिक हितमा लाग्न अनुरोध गरेका छन्।आ...
तिलोत्तमा औद्योगिक व्यापार मेला : स्थानीय उत्पादनमा दर्शकको आकर्षण

तिलोत्तमा औद्योगिक व्यापार मेला : स्थानीय उत्पादनमा दर्शकको आकर्षण

रुपन्देहीरुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी नवौँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि, प्रविधि एवम् पर्यटन प्रवर्...
असन्तुष्टिको नाममा हरेक पटक आगजनी र विध्वंस गरेर देश चल्दैन: प्रदीप ज्ञवाली

असन्तुष्टिको नाममा हरेक पटक आगजनी र विध्वंस गरेर देश चल्दैन: प्रदीप ज्ञवाली

काठमाडौँनेकपा एमालेका नेता एवं पूर्व मन्त्री प्रदीप ज्ञवालीले राजनीतिक असन्तुष्टि र परिवर्तनका नाममा हरेक पटक हिंसा, आगजनी र ...