नेतृत्वको अस्तित्व जोगाउन ‘वाम एकता’ को प्रयास गरिदैछ : सुरेन्द्र पाण्डे
काठमाडौँनेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अहिले बहस चलाइएको वाम एकता नेतृत्वको अस्तित्व जोगाउन भएको टिप्पणी गरेका छन् ।नेता पाण्डेले नेतृत्वमाथि संकट आइलाग्यो भनेर फेरी बाम एकताको दौडधुपमा रहेको बताउदै हिजो पद प्राप्तिका लागि एकता गरेको र अहिले अस्तित्व जोगाउन एकता गर्ने प्रयास भइरहेको बताएका हुन् ।उनले भनेका छन्- 'हाम्रा कतिपय कमरेडहरू नेतृत्वमाथि संकट आइलाग्यो भन्दै फेरि पनि 'वाम एकता' को दौडधुपमा हुनुहुन्छ। हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नो गुम्दो अस्तित्व जोगाउन। तर पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि ?'
पाण्डेले एमाले आफैंमा एउटा बलियो र ऐतिहासिक विरासत बोकेको पार्टी भएको उल्लेख गर्दै तात्कालिक राजनीतिक लाभमात्र हेरेर नहुने र दीर्घकालसम्म यसलाई कसरी सशक्त र एकताबद्ध राख्ने भन्ने सोच्न जरुरी रहेको बत...








