बुटवल उपमहानगरको नीति तथा कार्यक्रमः शिक्षा, स्वास्थ्य, सीप र रोजगारलाई प्राथमिकता


बुटवल
बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षा, स्वास्थ्य, सीप र रोजगारलाई केन्द्रमा राख्दै महत्त्वाकांक्षी नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। नगर प्रमुख खेलराज पाण्डेयले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आजकै दोस्रो बैठकबाट सर्वसम्मतिले अनुमोदन भएको हो।
नीति तथा कार्यक्रममा बुटवलको दीर्घकालीन सोच “समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर” लाई कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ। यसका लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग र व्यापारको समुन्नतिसँगै सूचना प्रविधिमैत्री, हरियालीयुक्त, सुरक्षित र सुशासित शहर निर्माणलाई प्राथमिकतामा राखिएको छ।
नगरले “पढाइसँगै रोजगार” अभियानलाई थप विस्तार गर्ने, युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने तथा निजी क्षेत्रसँगको सहकार्यलाई विकासको मुख्य आधार बनाउने नीति अघि सारेको छ। बुटवललाई आर्थिक तथा पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्न आर्थिक सम्मेलन, पर्यटन सम्मेलन तथा क्षेत्रीय सहकार्यका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

शिक्षा क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिँदै उपमहानगरपालिकाले “शिक्षामा सबल, बुटवल अब्बल” अभियानलाई निरन्तरता दिने भएको छ। नगर प्रमुख शैक्षिक विकास कार्यक्रममार्फत विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक पूर्वाधार सुधार गरिनेछ। सबै आधारभूत तथा माध्यमिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधि ९आईसीटी० प्रयोगशाला स्थापना गर्ने, माध्यमिक तहमा ई–लर्निङ पोर्टल सञ्चालन गर्ने तथा सम्पूर्ण सामुदायिक विद्यालयलाई क्रमशः पूर्ण प्रविधिमैत्री बनाउने लक्ष्य लिइएको छ।

विद्यार्थीलाई पढाइसँगै सीप र रोजगारसँग जोड्न इन्स्योर परियोजनासहित विभिन्न साझेदार संस्थासँग सहकार्य गरिनेछ। “छोरी पढाऔँ, समाज बनाऔँ” अभियान अन्तर्गत छात्राहरूलाई प्राविधिक तथा व्यावसायिक शिक्षामा आकर्षित गर्न विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ।

विपन्न, असहाय तथा जोखिममा रहेका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गरिनेछ। उक्त कोषमार्फत छात्रवृत्ति, पोशाक, शैक्षिक सामग्री तथा अन्य आवश्यक सहयोग उपलब्ध गराइने जनाइएको छ। दलित समुदायका विद्यार्थीका लागि छात्रावास निर्माण प्रक्रिया अगाडि बढाइने तथा बेसहारा र अनाथ बालबालिकालाई आवासीय सुविधासहित अध्ययनको व्यवस्था मिलाइने नीति पनि समेटिएको छ।

उपमहानगरपालिकाले छात्रवृत्ति वितरणलाई पूर्ण रूपमा डिजिटल र एकद्वार प्रणालीमा आबद्ध गर्ने भएको छ। संस्थागत विद्यालयले कानुनअनुसार उपलब्ध गराउनुपर्ने १० प्रतिशत छात्रवृत्तिको परीक्षा, व्यवस्थापन, वितरण र अभिलेखीकरण प्रक्रिया डिजिटल माध्यमबाट सञ्चालन गरिनेछ। साथै नगरभित्रका विद्यालयहरूको परीक्षा एकैसाथ सञ्चालन गरी उपमहानगरपालिकाबाट नतिजा प्रकाशन गर्ने व्यवस्था गरिने भएको छ।

बालमैत्री, छात्रामैत्री र अपाङ्गमैत्री विद्यालय निर्माणलाई प्राथमिकता दिइएको छ। प्रारम्भिक बालविकास केन्द्रलाई सुरक्षित, सुविधासम्पन्न र आकर्षक बनाउँदै नमूना केन्द्रका रूपमा विकास गरिनेछ। अटिजम सम्बन्धी छुट्टै विद्यालय निर्माणको पहल गरिने तथा फरक क्षमता भएका तथा लैङ्गिक अल्पसंख्यकहरूको क्षमता विकास र सीपमूलक तालिम सञ्चालन गरिने नीति पनि कार्यक्रममा समावेश छ।

प्राविधिक शिक्षाको विस्तारका लागि बुटवलमा बीटीआई ल्याई डिप्लोमा तहका इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्ने, बुटवल अटो इन्जिनियरिङ कलेजमार्फत अटो इन्जिनियरिङमा स्नातक तह सञ्चालन गर्ने तथा सिद्धार्थ बाल तथा महिला अस्पतालमा सञ्चालित पारामेडिकल शिक्षालाई थप व्यवस्थित बनाउने योजना अघि सारिएको छ।

नीति तथा कार्यक्रममा नैतिक शिक्षाको प्रवर्द्धन, किसानमैत्री कार्यक्रम, सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण, प्लास्टिक विस्थापन अभियान, मौलिक भाषासंस्कृतिको संरक्षण तथा “चोक चौतारीमा मेयर” कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि गरिएको छ।

छुटाउनुभयो कि ?

आइतबारको बिदा हटाउन प्रस्ताव

आइतबारको बिदा हटाउन प्रस्ताव

काठमाडौंसरकारले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएको छ । गत चैत २२ गते मन्त्रिपरिषद् बैठकले इन्धनको अभ...
भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता भएको छ । अहिलेसम्म १ हजार ३९५ जनाको श...
कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

बुटवलनेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले यस वर्षको पर्व लक्षित नयाँ फेस्टिभ क्याम्पेन टिभ...
३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

काठमाडौँबिदुर नगरपालिकास्थित पीपलटारको होल्डिङ सेन्टरमा ५ वर्षीया योबिसा श्रेष्ठ २३ भदौको दिउँसोसम्म खेलिरहेकी थिइन् । तर रात...