लुम्बिनी प्रदेश प्रहरीले सचेतनासहित ३ दिने विशेष कार्यक्रम गर्दै


बुटवल
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले यही जेठ ३० गतेदेखि असार १ गतेसम्म तीन दिने विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। सार्वजनिक सुरक्षा, सामाजिक जिम्मेवारी र सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ फरक(फरक स्थानमा तीनवटा विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो।
बुटवलस्थित प्रहरी तालिम केन्द्रमा ह्याकाथन, लुम्बिनीमा शान्ति पदयात्रा तथा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ‘‘Community Awareness Program’ ’ ९जनचेतना कार्यक्रम आयोजना गएिको लुम्बिनी प्रदेश प्रहरी प्रमुख (डिआइजी) भुपेन्द्रबहादुर खत्रीाले बताए । फरक प्रकृति र क्षेत्रका सहभागीहरूलाई लक्षित गरी यी कार्यक्रम तय गरिएका हुन्।
प्रहरी तालिम केन्द्रमा हुने ‘‘Hack4Safety’’ मार्फत प्रविधिमा रुचि राख्ने युवा, विद्यार्थी, डेभलपर, इन्जिनियर तथा नवप्रवर्तनकर्ताहरूलाई समेटिने प्रदेश प्रहरी प्रमुख खत्रीले बताए। परम्परागत उपायले मात्र आधुनिक सुरक्षा चुनौतीको सामना गर्न नसकिने भन्दै प्रहरीले युवाहरूलाई प्रविधिका माध्यमबाट सार्वजनिक सुरक्षा, साइबर अपराध नियन्त्रण, अनुसन्धान सहयोग र प्रहरी सेवामा योगदान दिन आह्वान गरेको छ। यो केवल प्रतियोगिता मात्र नभई सार्वजनिक सुरक्षाका वास्तविक समस्याहरू समाधान गर्ने प्रयास भएको प्रहरीको भनाइ छ।

त्यसैगरी, बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने ‘Peace Walk’ मार्फत शान्ति, सहिष्णुता, सामाजिक सद्भाव र सामूहिक जिम्मेवारीको सन्देश प्रवाह गरिनेछ। यस पदयात्रामा विद्यार्थी, अभिभावक, नागरिक समाज, स्थानीय समुदाय र सरोकारवालाहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरिनेछ। शान्ति कायम राख्नु केवल प्रहरीको मात्र नभई सम्पूर्ण समाजको साझा दायित्व हो भन्ने सन्देश दिनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रदेश प्रहरी प्रमुख खत्रीले बताए ।

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने ‘Community Awareness Program’ अन्तर्गत युवा पुस्ता, विद्यार्थी, अभिभावक र आम नागरिकसँग प्रत्यक्ष संवाद गरिनेछ। उक्त कार्यक्रममा बढ्दो साइबर अपराध, लागूऔषध दुर्व्यसन, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण र डिजिटल सुरक्षा जस्ता समसामयिक विषयमा सचेतना जगाउने प्रयास गरिनेछ। समाजका विभिन्न वर्गलाई एउटै स्थानमा ल्याएर संवाद, सिकाइ र सहकार्यको वातावरण निर्माण गर्ने प्रहरीको योजना छ।

प्रदेश प्रहरी प्रमुख खत्रीका अनुसार अनुसार यी तीनवटै कार्यक्रमहरू प्रकृति र स्थानका हिसाबले फरक देखिए पनि यिनको साझा उद्देश्य सुरक्षित, सचेत, जिम्मेवार र प्रविधिमैत्री समाजको निर्माण गर्नु रहेको छ। प्रविधि, शान्ति, सामाजिक सद्भाव र नागरिक संवादलाई जोड्दै सार्वजनिक सुरक्षा र सामाजिक उत्तरदायित्वलाई नयाँ ढङ्गले प्रस्तुत गर्ने कार्यक्रम छ ।

छुटाउनुभयो कि ?

आइतबारको बिदा हटाउन प्रस्ताव

आइतबारको बिदा हटाउन प्रस्ताव

काठमाडौंसरकारले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएको छ । गत चैत २२ गते मन्त्रिपरिषद् बैठकले इन्धनको अभ...
भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता भएको छ । अहिलेसम्म १ हजार ३९५ जनाको श...
कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

बुटवलनेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले यस वर्षको पर्व लक्षित नयाँ फेस्टिभ क्याम्पेन टिभ...
३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

काठमाडौँबिदुर नगरपालिकास्थित पीपलटारको होल्डिङ सेन्टरमा ५ वर्षीया योबिसा श्रेष्ठ २३ भदौको दिउँसोसम्म खेलिरहेकी थिइन् । तर रात...