गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग



बुटवल
भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले ११ लाख भन्दा बढी आर्थिक सहयोग गरेको छ।
बुटवलस्थित अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अस्पतालको तर्फबाट र कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरूको तर्फबाट गरी ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको हो।

अस्पताल सञ्चालक समितिको मङ्गलवार बसेको बैठकबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लाहरूमा बाढीका कारण ठुलो मानवीय तथा भौतिक क्षति भइरहेको अवस्थामा राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने गरी उक्त रकम सहयोग गर्ने निर्णय गरिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए।

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरूको एक दिनको तलब बराबरको ४ लाख ४८ हजार १२५ रुपैयाँ र बाँकी ६ लाख ६२ हजार ९८३ रुपैयाँ अस्पतालबाट गरी ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष आलमले बताए।

छुटाउनुभयो कि ?

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शु...
रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...