रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण


काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा आजदेखि शुक्रबारसम्म भारत भ्रमणमा जाने भएका छन् ।
भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा भारतीय जनता पार्टीका शीर्ष नेतृत्वसँग उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग पनि भेटघाट गर्नेकार्यक्रम रहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । भ्रमणका क्रममा उनको अयोध्याको निजी भ्रमण पनि तय गरिएको छ ।

सभापति लामिछानेसँगै पार्टीको आधिकारिक प्रतिनिधिमण्डलमा सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी हुने प्रवक्ता झाले जानकारी दिएका छन् ।

सभापति लामिछाने पत्नी निकिता पौडेल, पार्टी सहमहामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपकराज बोहरासहित भारत भ्रमणमा जान लागेको बताइएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले तत्काल विदेश भ्रमण नजाने भएपछि लामिछाने छिमेकी देश भारतसँगको सम्बन्धलाई सुदृढ बनाउन भ्रमण गर्न लागेको उनी निकट नेताहरुको दाबि रहेको छ ।

भारतले प्रधानमन्त्री शाहको भारत भ्रमण चाहेको भएपनि त्यसो हुन नसकेपछि लामिछानेको भ्रमण हुन लागेको बताइएको छ । भारत भ्रमणको क्रममा लामिछानेको भाजपा अध्यक्ष नितिन नवीन बाहेक अन्य कुन कुन नेतासँग भेटवार्ता हुन्छ भन्ने स्पष्ट गरिएको छैन ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले सभापति लामिछानेका उच्चस्तरीय भेटघाट तथा कार्यक्रमहरूको व्यवस्थापन र समन्वयका लागि आवश्यक सहकार्य गरिरहेको जनाइएको छ ।

छुटाउनुभयो कि ?

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...