भारतबाट चोरेर ल्याएको सुन र नगद सहित समातिए ६ जना
कोहलपुर
सोमवार बिहान ७ बजे आसपास ईलाका प्रहरी कार्यालयमा फोनको घण्टी बज्छ। फोन गर्नेले सुचना दिन्छ हाम्रो होटलमा आईतवार सांझ आएर बास बसेकाहरुको गतिबिधी शंकास्पद छ, एकपटक चेक जांच गर्न आउनुहुन्छ की? सुचना पाए लगत्तै प्रहरी निरिक्षक रेशमलाल पौडेलको नेतृत्वको ७ जनाको प्रहरी टोली सुचना पाएको लोकेशनमा पुग्छ। पाएको सुचनाका आधारमा होटल कालिकोटेमा पुगेको प्रहरी टोलीले होटलको कोठा नं ७ मा बसेकाहरुको झोला र अन्य लगेजहरु खानतलासी गर्छ।
कोठामा बसेकाहरुलाई अलग अलग राखेर सोधपुछ गर्दै खान तलासी गरेको प्रहरीले उनीहरुको साथबाट १५ तोला सुनका गहना र झण्डै आठलाख रुपैया बरामद गर्छ। सुनका गहना र नगद लिएर कोठामा बसेकाहरुले त्यसको श्रोत खुलाउन नसकेपछि प्रहरी टोलीले कोठामा रहेका ६ जनालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय पुर्याउछ।
प्रहरीले नियन्त्रणमा लिएकाहरु सबै कालिकोटका हुन्। ...







