भारतबाट चोरेर ल्याएको सुन र नगद सहित समातिए ६ जना


कोहलपुर

सोमवार बिहान ७ बजे आसपास ईलाका प्रहरी कार्यालयमा फोनको घण्टी बज्छ। फोन गर्नेले सुचना दिन्छ हाम्रो होटलमा आईतवार सांझ आएर बास बसेकाहरुको गतिबिधी शंकास्पद छ, एकपटक चेक जांच गर्न आउनुहुन्छ की? 
सुचना पाए लगत्तै प्रहरी निरिक्षक रेशमलाल पौडेलको नेतृत्वको ७ जनाको प्रहरी टोली सुचना पाएको लोकेशनमा पुग्छ। पाएको सुचनाका आधारमा होटल कालिकोटेमा पुगेको प्रहरी टोलीले होटलको कोठा नं ७ मा बसेकाहरुको झोला र अन्य लगेजहरु खानतलासी गर्छ। 

कोठामा बसेकाहरुलाई अलग अलग राखेर सोधपुछ गर्दै खान तलासी गरेको प्रहरीले उनीहरुको साथबाट १५ तोला सुनका गहना र झण्डै आठलाख रुपैया बरामद गर्छ। सुनका गहना र नगद लिएर कोठामा बसेकाहरुले त्यसको श्रोत खुलाउन नसकेपछि प्रहरी टोलीले कोठामा रहेका ६ जनालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय पुर्याउछ। 

प्रहरीले नियन्त्रणमा लिएकाहरु सबै कालिकोटका हुन्।  कालिकोटको रासकोट नगरपालिका वडा नंं १ बस्ने ४२ वर्षीय मन बहादुर शाही, ४२ वर्षीय तेज बहादुर शाही, कालिकोट सान्नी त्रिवेणी गाउँपालिका वडा नंं ८ का १८ वर्षीय पङ्कज केसी, ४५ वर्षीय प्रेम बहादुर खत्री, ३८ वर्षीय अनिता खत्री र नरहरिनाथ गाउँपालिका वडा नं. ९ की २८ वर्षीय सरिता शाही छन्। पक्राउ परेका प्रेम र अनिता श्रीमान् श्रीमती हुन् भने पङ्कज उनीहरूको छोरा हुन्। अरू भने एउटै गाउँका हुन्

उनीहरुले प्रहरी संगको प्रारम्भिक बयानमै भारतबाट १५ तोला सुनका गरगहना र झन्डै आठ लाख नेपाली रुपैयाँ चोरी गरी आएको स्वीकार गरि सकेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।   

भारतको दिल्लीमा काम गर्न भन्दै गएका उनीहरूले आफूहरूले काम गर्ने घरबाट १५ तोला सुनका गरगहना र ७ लाख ८७ हजार नेपाली रुपैयाँ चोरी गरेर ल्याएको अवस्थामा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले बताईन्। 

उनीहरूले लामो समयदेखिको योजना अनुरूप गरगहना र नगद चोरी गरेर त्यहाँबाट भागेर नेपाल आएका रहेछन् पक्राउ परेका उनीहरूले भारतमा आफूहरूले काम गर्ने घरबाट गरगहना र नगद रकम चोरी गरेर नेपाल आएको स्वीकार गरेका छन् उनले भनिन्। 

प्रहरी नायब उपरीक्षक खनालका अनुसार चोरी गर्ने योजना अनुसार सरिता र अनिता विगत डेढ वर्ष देखि दिल्लीको एक घरमा काम गर्दै आएका थिए। पक्राउ परेका चार जना पुरुष भने चार पाँच दिन पहिले मात्र कालिकोटबाट दिल्ली गएका थिए। डेढ वर्षसम्म खाना पकाउने, सरसफाइ गर्नेदेखि घरभित्रको सम्पूर्ण काम गर्दै आएका उनीहरूले घरधनीको विश्वास जितिसकेका थिए।

घरधनीहरू घुमफिरको लागि बाहिर कतै जाँदा घरको रेखदेखको सम्पूर्ण जिम्मेवारी उनीहरूकै हुन्थ्यो। केही दिन पहिले घरधनी महिला बिरामी परेर अस्पताल भर्ना हुन्छिन्। सरिता र अनिताले अस्पतालमा उनको रेखदेख र घरको काम गर्थे। 

उनीहरू अस्पताल रहेकै बखत घरमा रहेका अनिताका श्रीमान् प्रेम, छोरा पङ्कज तथा मन बहादुर र तेज बहादुरसँग घरमा चोरी गर्ने सल्लाह हुन्छ। उनीहरू चारै जना कालिकोटबाट दिल्ली जान्छन्। 

अस्पतालमा रहेका सरिता र अनितालाई घरधनीले सुन र नगद कहाँ राख्छन् भन्ने पहिलेदेखि नै जानकारी थियो। सोही अनुसार उनीहरू अस्पतालमा महिलाको रेखदेख गरिरहेको बेला अरू चार जनाले घरमा सुनका गरगहना र नगद चोरी गर्छन्। सुन र नगद चोरी गरेपछि उनीहरू घरबाट भाग्छन् भने सरिता र अनितालाई अस्पतालबाट भाग्न भन्छन्। त्यसपछि उनीहरू सुन र नगद लिएर दिल्लीबाट धनगढीको गौरिफन्टा नाका हुँदै कोहलपुर आउँछन्।

उनीहरूले चोरी गरेर ल्याएको भारतीय रुपैयाँ गौरिफन्टा नाकामै साटेर नेपाली रुपैयाँ लिन्छन्। सुन र नगद बोकेर उनीहरू आइतबार राती कोहलपुर नगरपालिका वडा नं. ११ स्थित होटेल न्यु कालिकोटेमा पुग्छन्।

होटेल कालिकोटेमा कोठा नं. ७ भाडामा लिएर बसेका उनीहरूको चालचलन शङ्कास्पद लागेपछि होटेलका सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। होटेलले दिएको खबरपछि पुगेको प्रहरी टोलीले उनीहरूलाई होटेलको कोठाबाटै सोमबार दिउसो २ बजेतिर पक्राउ गर्छ।

उनीहरू बसेको होटेलको कोठा खानतलासी गर्दा प्रहरीले लाल पत्थर सहित १५ तोला सुनका गरगहना र नगद ७ लाख ८७ हजार नेपाली रुपैयाँ बरामद गरेको थियो। 

सुन र नगद सहित पक्राउ परेका उनीहरूमाथि मंगलबार जिल्ला अदालत बाँकेबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिइन्। 

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...