नक्कली नोट र अफिमसहित दुई जना पक्राउ


बाँके

बाँकेको कोहलपुरमा नक्कली नोट र लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आफुलाई पत्रकारका रूपमा चिनाउने मनबहादुर सहकारी र रुकुम बाँफेकोट नगरपालिका–१० की सपना पुन छन् ।

लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले कोहलपुर–११ स्थित न्यूरोडमा रहेको जनगर्जन नेटवर्क प्रालि को शाखा कार्यालयबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका मनबहादुर सहकारी कपिलवस्तु शिवराज नगरपालिका–९ घर भई हाल कोहलपुर–११ मा बसोबास गर्दै आएका छन् । उनले सञ्चालन गरेको कार्यालयकै कार्यकक्षबाट ५१ थान हजारका नक्कली नोट र १९ किलो ३२५ ग्राम अफिम बरामद भएको प्रहरीले जनाएको छ ।


साथै नक्कली नोट छाप्ने मेसिन, एक थान मोटरसाइकल र एक थान मोबाइल फोन पनि बरामद गरिएको छ । बाँके प्रहरीले दिएको जानकारीअनुसार, केही दिनअघि जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक व्यक्तिलाई नक्कली नोटसहित पक्राउ गरेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेका व्यक्तिले कोहलपुरमा साथीसँग यस्ता अवैध गतिविधि भइरहेको भन्ने सूचना दिएपछि संयुक्त प्रहरी टोली कोहलपुरमा खटिएको हो ।

प्रहरीका अनुसार मनबहादुरले सञ्चालित संस्थाको आवरणमा गैरकानुनी गतिविधि सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान जारी रहेको र उनीहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...