नक्कली नोट र अफिमसहित दुई जना पक्राउ


बाँके

बाँकेको कोहलपुरमा नक्कली नोट र लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आफुलाई पत्रकारका रूपमा चिनाउने मनबहादुर सहकारी र रुकुम बाँफेकोट नगरपालिका–१० की सपना पुन छन् ।

लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले कोहलपुर–११ स्थित न्यूरोडमा रहेको जनगर्जन नेटवर्क प्रालि को शाखा कार्यालयबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका मनबहादुर सहकारी कपिलवस्तु शिवराज नगरपालिका–९ घर भई हाल कोहलपुर–११ मा बसोबास गर्दै आएका छन् । उनले सञ्चालन गरेको कार्यालयकै कार्यकक्षबाट ५१ थान हजारका नक्कली नोट र १९ किलो ३२५ ग्राम अफिम बरामद भएको प्रहरीले जनाएको छ ।


साथै नक्कली नोट छाप्ने मेसिन, एक थान मोटरसाइकल र एक थान मोबाइल फोन पनि बरामद गरिएको छ । बाँके प्रहरीले दिएको जानकारीअनुसार, केही दिनअघि जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक व्यक्तिलाई नक्कली नोटसहित पक्राउ गरेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेका व्यक्तिले कोहलपुरमा साथीसँग यस्ता अवैध गतिविधि भइरहेको भन्ने सूचना दिएपछि संयुक्त प्रहरी टोली कोहलपुरमा खटिएको हो ।

प्रहरीका अनुसार मनबहादुरले सञ्चालित संस्थाको आवरणमा गैरकानुनी गतिविधि सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान जारी रहेको र उनीहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...