रुरुक्षेत्र गुल्मीमा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी


गुल्मी

गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा विद्यालयमा जडान गरिएका स्मार्ट बोर्ड सम्बन्धी कार्यमा अनियमितता भएको भन्दै गाउँपालिका उपाध्यक्षसहित विभिन्न वडाध्यक्ष तथा सदस्यहरूले गम्भीर आपत्ति जनाएका छन् ।

नेकपा एमालेबाट निर्वाचित गाउँपालिकाका उपाध्यक्ष मिनादेवी गौतम  सहित २८ जना जनप्रतिनिधिले यस विषयमा सत्यतथ्य छानबिन नहुदा सम्म पालिकाको कुनैपनी कार्यक्रममा सहभगी नहुने निर्णय सहितको ज्ञापनपत्र बुझाएका छन् ।

सोही विषयलाई लिएर सोमबार नेकपा एमाले रुरुक्षेत्र गाउँ कमिटी गुल्मीका अध्यक्ष फर्सु ज्ञवालीले गाउँपालिका अध्यक्ष यदु ज्ञवाली प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको कार्यकक्षमा ताला लगाएका छन् ।

रुरुक्षेत्र गाउँपालिकामा लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा सञ्चालित “स्मार्ट बोर्ड जडान कार्यक्रम”मा गम्भीर प्रक्रियागत अनियमितता देखिएको भन्दै जनप्रतिनिधिहरूले कडा असन्तुष्टि जनाएका हुन् ।

 विषय के हो ?

ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार मिति २०८१ चैत २५ गते गाउँ कार्यपालिकाको बैठकले सबै माध्यमिक विद्यालयहरूमा स्मार्ट बोर्ड जडान गर्ने निर्णय गरेको थियो । सो निर्णयबमोजिम शिक्षामा सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्ने उद्देश्य थियो ।

तर तीन महिनासम्म निर्णय कार्यान्वयनमा नल्याई २०८२ असार ३ गते एकाएक केही व्यवसायीहरू विद्यालयमा पुगेर बोर्ड जडान गरेका थिए । विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरूलाई कुनै जानकारी नदिई जडान गरिएको स्मार्ट बोर्डसँग सम्बन्धित कोटेसन र खरिदसम्बन्धी फाइलहरू व्यवसायीहरूले पछि बनाएको देखिएको छ ।

ती कागजातमा विद्यालयबाट हस्ताक्षर र छाप गराउने प्रयास भएको जनाइएको छ । विद्यालयहरूले प्रक्रियागत त्रुटी औँल्याउँदै यस्ता कागजातमा सहीछाप गर्न अस्वीकार गरेपछि मात्र विषय सार्वजनिक भएको हो ।

त्यसपछि पालिका प्रशासनले असार ११ गते सात वटा विद्यालयका प्रधानाध्यापकहरूलाई बोलाएर फाईल तयारी गरी भुक्तानी माग गर्न निर्देशन दिएको थियो । विद्यालयहरूले सबै कागजात पेश गरे तापनि चालु आर्थिक वर्षको अन्त्यसम्म कुनै भुक्तानी प्रक्रिया अघि नबढाइएको जनप्रतिनिधिहरूले बताएका छन् ।

लुम्बिनी प्रदेश सरकारबाट २५ लाख र गाउँपालिकाबाट रु. १० लाख विनियोजन गरिएको उक्त योजनाको कुल  ३५ लाख बजेट फ्रिज भएको छ ।

यसले शिक्षालाई प्रविधिमैत्री बनाउने प्रयासमा धक्का पुगेको जनप्रतिनिधिहरूको गुनासो छ ।

यस विषयमा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले कुनै संग्लनता नरहेको बताए । उनले यस कार्यको छानविन गर्न पालिका तयार रहेको बताए । पालिकाले भुक्तानी नै नगरेको विषयमा पालिका नजोडिएको उनको तर्क छ ।

 गाउँपालिकाको गम्भीर ध्यानाकर्षण

स्मार्ट बोर्ड खरिद सम्बन्धमा अनियमितता भएको आरोपसहित नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

मिति २०८२ साल असार ३० गते बुझाइएको ज्ञापनपत्रसँगै तालाबन्दी गरिएको यो घटनाले गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।

यस विषयमा गाउँपालिकाका प्रवक्त हरिप्रसाद ज्ञवालीले विज्ञप्ती जारी गर्दै  पालिकाको आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

विज्ञप्तिमा जनाइएअनुसार स्मार्ट बोर्ड खरिद कार्य गाउँ शिक्षा समितिको मिति २०८१/१२/२२ को निर्णय र २०८१/१२/२५ को गाउँ कार्यपालिकाको निर्णयअनुसार अघि बढाइएको हो ।

यसबारे मिति २०८२/०३/२० गते आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्पष्ट धारणा राखिएको र मिति २०८२/०३/२६ गते गाउँ कार्यपालिका, शिक्षा समिति तथा सातवटै माध्यमिक विद्यालयका प्रधानाध्यापकसहितको छलफलबाट खरिद प्रक्रियाको सत्यतथ्य पत्ता लगाउन सर्वपक्षीय छानबिन समिति बनाउने सहमति गरिएको कार्यालयले जनाएको छ ।

त्यस्तै मिति २०८२/०३/२७ गते बसेको गाउँ शिक्षा समितिको बैठकले खरिद प्रकरणमा उठेका द्विविधाहरूको समिक्षा गरी टुंगोमा पुर्‍याएको र आगामी दिनमा जवाफदेही व्यवहारका लागि शिक्षा समिति तथा सम्पूर्ण कार्यपालिका प्रतिबद्ध रहेको स्पष्ट पारिएको विज्ञप्तीमा उल्लेख छ ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...