रुरुक्षेत्र गुल्मीमा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी


गुल्मी

गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा विद्यालयमा जडान गरिएका स्मार्ट बोर्ड सम्बन्धी कार्यमा अनियमितता भएको भन्दै गाउँपालिका उपाध्यक्षसहित विभिन्न वडाध्यक्ष तथा सदस्यहरूले गम्भीर आपत्ति जनाएका छन् ।

नेकपा एमालेबाट निर्वाचित गाउँपालिकाका उपाध्यक्ष मिनादेवी गौतम  सहित २८ जना जनप्रतिनिधिले यस विषयमा सत्यतथ्य छानबिन नहुदा सम्म पालिकाको कुनैपनी कार्यक्रममा सहभगी नहुने निर्णय सहितको ज्ञापनपत्र बुझाएका छन् ।

सोही विषयलाई लिएर सोमबार नेकपा एमाले रुरुक्षेत्र गाउँ कमिटी गुल्मीका अध्यक्ष फर्सु ज्ञवालीले गाउँपालिका अध्यक्ष यदु ज्ञवाली प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको कार्यकक्षमा ताला लगाएका छन् ।

रुरुक्षेत्र गाउँपालिकामा लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा सञ्चालित “स्मार्ट बोर्ड जडान कार्यक्रम”मा गम्भीर प्रक्रियागत अनियमितता देखिएको भन्दै जनप्रतिनिधिहरूले कडा असन्तुष्टि जनाएका हुन् ।

 विषय के हो ?

ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार मिति २०८१ चैत २५ गते गाउँ कार्यपालिकाको बैठकले सबै माध्यमिक विद्यालयहरूमा स्मार्ट बोर्ड जडान गर्ने निर्णय गरेको थियो । सो निर्णयबमोजिम शिक्षामा सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्ने उद्देश्य थियो ।

तर तीन महिनासम्म निर्णय कार्यान्वयनमा नल्याई २०८२ असार ३ गते एकाएक केही व्यवसायीहरू विद्यालयमा पुगेर बोर्ड जडान गरेका थिए । विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरूलाई कुनै जानकारी नदिई जडान गरिएको स्मार्ट बोर्डसँग सम्बन्धित कोटेसन र खरिदसम्बन्धी फाइलहरू व्यवसायीहरूले पछि बनाएको देखिएको छ ।

ती कागजातमा विद्यालयबाट हस्ताक्षर र छाप गराउने प्रयास भएको जनाइएको छ । विद्यालयहरूले प्रक्रियागत त्रुटी औँल्याउँदै यस्ता कागजातमा सहीछाप गर्न अस्वीकार गरेपछि मात्र विषय सार्वजनिक भएको हो ।

त्यसपछि पालिका प्रशासनले असार ११ गते सात वटा विद्यालयका प्रधानाध्यापकहरूलाई बोलाएर फाईल तयारी गरी भुक्तानी माग गर्न निर्देशन दिएको थियो । विद्यालयहरूले सबै कागजात पेश गरे तापनि चालु आर्थिक वर्षको अन्त्यसम्म कुनै भुक्तानी प्रक्रिया अघि नबढाइएको जनप्रतिनिधिहरूले बताएका छन् ।

लुम्बिनी प्रदेश सरकारबाट २५ लाख र गाउँपालिकाबाट रु. १० लाख विनियोजन गरिएको उक्त योजनाको कुल  ३५ लाख बजेट फ्रिज भएको छ ।

यसले शिक्षालाई प्रविधिमैत्री बनाउने प्रयासमा धक्का पुगेको जनप्रतिनिधिहरूको गुनासो छ ।

यस विषयमा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले कुनै संग्लनता नरहेको बताए । उनले यस कार्यको छानविन गर्न पालिका तयार रहेको बताए । पालिकाले भुक्तानी नै नगरेको विषयमा पालिका नजोडिएको उनको तर्क छ ।

 गाउँपालिकाको गम्भीर ध्यानाकर्षण

स्मार्ट बोर्ड खरिद सम्बन्धमा अनियमितता भएको आरोपसहित नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

मिति २०८२ साल असार ३० गते बुझाइएको ज्ञापनपत्रसँगै तालाबन्दी गरिएको यो घटनाले गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।

यस विषयमा गाउँपालिकाका प्रवक्त हरिप्रसाद ज्ञवालीले विज्ञप्ती जारी गर्दै  पालिकाको आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

विज्ञप्तिमा जनाइएअनुसार स्मार्ट बोर्ड खरिद कार्य गाउँ शिक्षा समितिको मिति २०८१/१२/२२ को निर्णय र २०८१/१२/२५ को गाउँ कार्यपालिकाको निर्णयअनुसार अघि बढाइएको हो ।

यसबारे मिति २०८२/०३/२० गते आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्पष्ट धारणा राखिएको र मिति २०८२/०३/२६ गते गाउँ कार्यपालिका, शिक्षा समिति तथा सातवटै माध्यमिक विद्यालयका प्रधानाध्यापकसहितको छलफलबाट खरिद प्रक्रियाको सत्यतथ्य पत्ता लगाउन सर्वपक्षीय छानबिन समिति बनाउने सहमति गरिएको कार्यालयले जनाएको छ ।

त्यस्तै मिति २०८२/०३/२७ गते बसेको गाउँ शिक्षा समितिको बैठकले खरिद प्रकरणमा उठेका द्विविधाहरूको समिक्षा गरी टुंगोमा पुर्‍याएको र आगामी दिनमा जवाफदेही व्यवहारका लागि शिक्षा समिति तथा सम्पूर्ण कार्यपालिका प्रतिबद्ध रहेको स्पष्ट पारिएको विज्ञप्तीमा उल्लेख छ ।

छुटाउनुभयो कि ?

गुल्मीको रुरुक्षेत्र रिडी मेलामा जिल्ला स्तरीय कृषि प्रदर्शनी,२सय १९कृषक सहभागी

गुल्मीको रुरुक्षेत्र रिडी मेलामा जिल्ला स्तरीय कृषि प्रदर्शनी,२सय १९कृषक सहभागी

गुल्मीमाघेसंक्रान्तिको अवसरमा गुल्मीको रुरुक्षेत्र रिडीमा जिल्ला स्तरीय कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ।जिल्लाका कृषकला...
पछिल्लो छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व

पछिल्लो छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व

काठमाडौंआर्थिक बर्ष २०८२-८३ को पुस मसान्तसम्म छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व संकलन भएको छ ।पुस मसान्तसम्म छ महिनामा...
माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गत...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...