पुनर्जागरणबाट पुष्पलाललाई न्याय मिल्ने र भावी कार्यदिशा तय गर्नु पर्नेमा कम्युनिस्टहरुको जोड



बुटवल
नेपाल कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको ४८औं स्मृति दिवसमा वोल्ने वक्ताहरुले पुष्पलालको त्याग,समर्पण र उच्च नैतिकताको अनुसरण गर्न नसकेकोले कम्युनिस्ट पार्टीहरूमा विचलन आएको वताएका छन्।
विहिबार बुटवलमा सम्पन्न पुष्पलालको राजनीतिक विचार र नेपाली वाम राजनीतिको भावी कार्यदिशामा बहस कार्यक्रममा वोल्दै एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले पुष्पलाल विभाजन नभई एकताका शुत्राधार रहेको र अहिलेका कम्युनिस्टहरुको यसमा कमजोरी रहेको र एमाले लगायतका नेपालका कम्युनिस्ट पार्टीहरुले गहिरो आत्म समिक्षा गर्नुपर्ने औल्याएका छन्।


विहिबार देशका विभिन्न भागमा पुष्पलालको स्मृति गरिएको र रुपन्देहीमा रहेका पुष्पलालका प्रतिमामा माल्यार्पण गरि सुभारम्भ गर्दै पुष्पलाल जस्ता योगदान दिएका व्यक्तिहरूका प्रतिमाहरू आन्दोलनमा आक्रमण गरिएको भग्नावशेष वनाउनु अत्यन्त पिडादायी रहेको र यो क्षम्य नभएको वताएका छन्।
पुष्पलाललाई तात्कालीन विश्वका प्रतिष्ठित व्यक्तिहरुले माउचरी भनी संशोधन गर्ने गरेको र यो नेपाली कम्युनिस्टलाई शिक्षा र गर्भको विषय रहेको जिकिर गरे।
पुष्पलाललाई स्मरण गर्दै विश्वकर्माले पार्टी र कम्युनिस्ट आन्दोलनका विषयमा एमाले, नेकपा लगायतका अन्य कम्युनिस्ट पार्टी विच सहकार्य,एकता विषयमा वहस गर्नु सान्दर्भिक रहेको धारणा राखेका छन्।
वर्तमान सरकार प्रति इङ्गित गर्दै उनले सरकारमा अपरिपक्वता र जनताको जनादेश अनुसार चल्न नसकेको समेत टिप्पणी गरेका छन्।


एमालेका केन्द्रीय सदस्य एवं रुपन्देही ईन्चार्ज खिमलाल भट्टराईले पुष्पलालले स्थापना गरेको कम्युनिस्ट आन्दोलन बर्ग संघर्षको आन्दोलन, विपन्न , श्रमजीवि बर्गको हकहितका लागि गरिएको आन्दोलनमा अहिलेका कम्युनिस्टहरु कहिं कतै चुकेको हुनसक्ने धारणा राखेका छन्।
पुष्पलालले स्थापना गरिएको नेपालको संसारकै महत्वपूर्ण कम्युनिस्ट आन्दोलनलाई देश र जनतामा सम्बृद्धि दिंदै अंगाडी बड्नुको विकल्प नभएको बताएका हुन्।
उनले नेपालका कम्युनिष्टहरु बिचमा समस्या छ एमाले भित्र पनि समस्या छ यसलाई समिक्षा गर्दै पुनर्गठनमा समेत अंगाडी बढ्नु पर्ने औल्याए।
कम्युनिस्टहरुले वाहिरी शक्तिले समेत चलखेल गरेको अवस्थामा आफैभित्र विभेद राखेर समाधान नहुने समेत वताए।
कम्युनिस्टहरुले आ-आफ्नो पार्टी भित्रका समस्या समाधान गर्दै कम्युनिस्ट सहकार्य, एकता आवश्यक गर्दा देश जनता र सिङ्गो कम्युनिस्ट आन्दोलन सफल हुने वताए।
कमिकमजोरी र भ्रमहरु चिर्दै पुनः एमालेले नेतृत्वलिने समेत जिकिर गरे।
अहिलेको सरकारको केटाकेटी पन र जनविरोधी निर्णय गरिरहेको वताउदै यसमा राजनीतिक दल र आम जनता जागरुक हुनु पर्ने धारणा राखेका छन्।
नेकपा एमालेका रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेको अध्यक्षता, अध्येता माधव पौडेलले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी रुपन्देहीका ईन्चार्ज निर्मल जिसीले कम्युनिस्ट पार्टी विषेश गरि एमालेसंग सहकार्य र एकता आवस्यक देखिएको वताएका थिए।
जिसीले विगतमा रहेका कमजोरीको समिक्षा गर्दै देश र जनताको सम्बृद्धिमा लाग्ने दिशा तर्फ लाग्दा पुष्पलाल प्रति न्याय हुने समेत वताएका छन्।
नेकपा माओवादीका नेता विरेन्द्र विकलगाएतले कम्युनिस्टहरु निति- सिद्धान्त अडिग रहेर सत्ता स्वार्थ र आफ्ना लाई पोस्ने,भ्रष्टाचार गर्ने जस्ता विकृति हटाई कमजोर भएको कम्युनिष्ट आन्दोलनलाई पुनः शशक्त वनाउन आवस्यक रहेको धारणा राखेका थिए।
एमालेका रुपन्देही जिल्ला उपसचिव बाबुराम पन्थीको सञ्चालन रहेको कार्यक्रममा नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादीलगायतका केन्द्र, प्रदेश र स्थानीय स्तरका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

छुटाउनुभयो कि ?

बुटवल उद्योग वाणिज्य संघको अधिवेशन दुई दिन सर्यो

बुटवल उद्योग वाणिज्य संघको अधिवेशन दुई दिन सर्यो

बुटवलबुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको साधारण सभा तथा अधिवेशनको मिति दुई दिन सारिएको छ। सोमबार बसेको संघको कार्यसमिति ...
कांग्रेसमा अरूको ध्यान अधिवेशनतिर, पूर्णबहादुरको अदालततिर

कांग्रेसमा अरूको ध्यान अधिवेशनतिर, पूर्णबहादुरको अदालततिर

काठमाडौंकांग्रेसको ठूलो पंक्ति पन्ध्रौं महाधिवेशनतर्फ लक्षित हुँदैगर्दा यसका एक वरिष्ठ नेता पूर्णबहादुर खड्का करिब निष्क्रिय ...
दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको विवरण लुम्बिनी प्रदेश प्रहरीले गर्यो सार्वजनिक

दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको विवरण लुम्बिनी प्रदेश प्रहरीले गर्यो सार्वजनिक

बुटवललुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति (ओभर स्पिड) देखिएको छ । चालू आर्थिक वर्षको दुई महिनामा प्रदेशभर...
आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, एजेण्डा अझै अलमल

आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, एजेण्डा अझै अलमल

काठमाण्डौनेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ। ललितपुरको एकान्तकुना स्थित रामबाग महलमा केन्द्रीय कमिटी बैठक बस...