विगतका तीन दशकको समीक्षा गरौं


नेपालको इतिहासका विभिन्न कालखण्डसँगै पृथ्वीनारायण शाहले एकीकरण गरेपश्चात मुलुकले एक खालको पहिचान बनायो। विक्रम सम्वत १८७३ सालमा सुगौली सन्धि नहुँदासम्म करिब ७२ वर्षसम्म नेपालमा एकीकरण अभियान चलेको थियो। वि.सं .१८२५ देखि २०६५ साल सम्म २३८ वर्षसम्म नेपालमा शाहवंशले शासन गरे ।त्यस कालमा राजालाई संविधानभन्दा माथि राखियो ,संविधानभन्दा माथि राजा हुनाले केहीले राम्रो गरे कतिले नराम्रो गरे तर त्याे कानुन रुपमा अगाडि बढ्न सकेन।

५० काे दशक मुलुक द्वन्द्वमै बित्यो । २०६२/ ६३ को जनआन्दोलनको जगमा भएको निर्वाचनबाट गठित संविधान सभाको पहिलो बैठकले २०६५ जेष्ठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो। मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पश्चात संविधान निर्माणका लागि दुई संविधानसभा निर्वाचन, दुईवटा प्रदेश ,प्रतिनिधि सभा निर्वाचन र दुईवटा स्थानीय निर्वाचन भए।

तत्पश्चात १७ वर्षमा १५ वटा सरकार बने प्रधानमन्त्रीमा शेरबहादुर देउवा, केपी शर्मा ओली ,पुष्पकमल दाहाल प्रचण्ड ,झलनाथ खनाल, माधवकुमार नेपाल ,सुशील कोइराला ,बाबुराम भट्टराईले प्रधानमन्त्रीको नेतृत्व गरिसकेका छन् ,भने कोही पाँचपटक ,कोही चारपटक ,कोही तीनपटक ,कोही एकपटक प्रधानमन्त्री बनिसकेका छन्।

समाजवाद उन्मुख संविधानमा टेकेर देश र जनताको स्तर वृद्धिका लागि केही नभएको होइन । विकासका पूर्वाधारहरूमा राम्रो प्रगति भएको छ। सडक ,विद्युत ,पानी ,सार्वजनिक सेवा प्रदायक भवन, स्वास्थ्य, शिक्षाका क्षेत्रमा सुधार भएको छ। तथापि विकास गाउँ -बस्ती पुग्ने र नागरिक सहर र विदेश पलायन हुने प्रमुख समस्या देखिएको छ।नागरिक पनि सचेत ,संयम, उत्पादन र कर्ममुखी हुन आवश्यक छ। मुलुकका जातीय ,भाषाभाषीय ,धार्मिक लगायतकाद्वन्द पनि विकासको उच्चतम बिन्दुमा आफै हराएर जाने विषय हुन्।

त्यसैगरी भ्रष्टाचार नेपालको प्रमुख समस्या बनेको छ। कुनै व्यक्ति सरकारमा गए पश्चात केही राम्रा काम गर्न खोज्छन् तथापि समाजवादको सिद्धान्त लिएर चरम पुँजीवादले ग्रस्त हुँदा सरकारमा गएकाहरु , कार्यकर्ताहरु,निजामती कर्मचारी ,उद्योगी -व्यवसायी लगायत धेरै क्षेत्र र व्यक्ति भ्रष्टाचारमा रोमलिएकाले सुशासनको लय बसाल्न नसकेको अवस्था छ। र गर्न खोज्दा आफ्नै कार्यकर्ता ,आफ्नै नजिकको मान्छे, आफ्नै कर्मचारी, आफ्नै उद्योगी व्यवसायी लगायत जोडिएको अवस्थाले आन्तरिक र बाह्य रुपमा घेराबन्दी खडा हुन्छ र सरकार ढल्छ ।

पहिलाको दुई निर्वाचन संविधानका लागि र पछिल्ला दुई निर्वाचन भ्रष्टाचारका कारणले सफल हुन नसकेको अवस्था छ। जसका कारण भ्रष्टाचारको व्यथितिले नागरिकहरूले विकल्प खोज्न थालेका छन्। जसको स्वरूप २०७९ को निर्वाचनमा नयाँ राजनीतिक दल र नयाँ अनुहारहरू आएका छन्। नयाँ अनुहारहरूमा पनि जनताले चाहेको जस्तो निश्चलता नपाएको देखिन्छ ।

यसरी सरकार परिवर्तन भइरहने तर जुन भ्रष्टाचारको समस्या समाधान नहुने हो भने देश र जनताको अवस्था प्रगति नहुने, मुलुकमा अस्थिरता द्वन्द सिर्जना भइराख्ने अवस्था सिर्जना हुन्छ। नेपालमा देखिएको अहिलेको समस्या समाधानका लागि भ्रष्टाचारमा सुन्यता, कृषि, उद्योग ,पर्यटनलाई प्राथमिकता दिँदै स्वास्थ्य र शिक्षालाई निःशुल्क सबै नागरिकको पहुँचमा पुर्‍याउन सकेमात्र समाधान हुन्छ।

यसका लागि कम्तिमा पाँच वर्ष एउटा सरकार रह्यो भने उनीहरुले आफूले देखेका योजनाहरू कार्यान्वयन गर्न समय पाउँछन्। देश र नागरिकले परिवर्तनको अनुभूति गर्न पाउँछन्। नागरिकलाई उपयुक्त लागेमा पुननिर्वाचित गराउँछन्। अन्यथा पराजित गर्छन्। यो विकासको स्वरूप अनुसार अगाडि बढ्न सकेमा मात्र देश र जनताको स्तर वृद्धि हुन्छ। मुलुक लयमा आउँछ।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...