रुरुक्षेत्र गुल्मीका अध्यक्ष संगै प्रमुख प्रशाशकिय अधिकृतले दिए मानहानिकाे निवेदन, के रहेछ विषय?


गुल्मी

गुल्मी जिल्लाको एक पालिका प्राकृतिक रुपले अत्यन्तै रमणीय ठाउँ हो बिगत पालिका स्थपना पस्चात आज ८ बर्ष सम्म कुनै किसिमले नलागेको कालो धब्बा अहिले सामाजिक सन्जाल तथा बिस्वब्यापि रुपमा ब्याप्त छ।

आर्थिक र सामाजिक हिसाबले गौरव गरिएको पालिका पछिल्लो समयमा आर्थिक रुपमा दिनप्रदिन बिवादित भएको छ। आन्तरिक रुपमा अनेकन विषयमा आर्थिक अनियमितता भयको प्रष्टरुपमा देखिन्छ कृषकलाई अनुदानमा वितरण गरिएको सामाग्री खरिदमा जुकि मेसिन खरिदमा समेत आर्थिक विवाद भएपछि गुपचाप मै मिलाईएको खबर छ। कैयौं विषय त फोन मार्फत दबाव दिई बाहिर नल्याउन र थप प्रलोभन दिई आश्वासन सहित मिलाईएको पाइन्छ।

बिधालयका लागि Smart Board खरिद काण्ड भने गोप्य रहन सकेन। लुम्बिनी प्रदेश सरकार र पालिका बाट गरि रु ३५ लाख को प्रबिधिमैत्री शिक्षा र गुणस्तर वृद्धि का लागि बिनियोजित बजेटमा रुरुक्षेत्र गाउँ पालिका को कार्यपालिका बैठकले मिति २०८१ चैत्र २५ मा गरेको निर्णयानुसार सातवटै मा वि मा Smart Board खरिद का लागि कोटेशन माग गर्न लगाई विद्यालय आफैंले कोटेशन गर्ने र न्युनतम दर रेट मा गोप्य सिल बन्दी बाट जुन Firm लाई पर्दछ, सम्पुर्ण कागज पत्र (documents) सहित पालिका मा रकम माग का लागि पेश गर्ने थियो। यो प्रकृया नगरी कार्य पालिका को निर्णय विरुद्ध गाउँपालिका आफै ले विना कोटेशन गोप्य साँठ गाँठमा कुनै अमुक Firm (Hi speed computer) को प्रोप्राईटर मार्फत आफैं सबै कागज पत्र तैयार गरि रकम माग का लागि विद्यालय का प्रअ को हस्ताक्षर का लागि जादाँ प्रअ हरु ले अस्वीकार गरे पछि यो विषय बाहिर आयो त्यसपस्चात ०८१ चैत्र २९ गतेको पत्र ०८२ असार ११ गते प्र अ लाइ बोलाइ जबरजस्त पत्र थमाइयको कुरा स्पस्ष्ट छ । यी बोर्ड जडान गर्न कसले अनुमति दियो ? भन्ने जिज्ञासामा प्रश्न अनुत्तरित छ।

किन भने प्रश्न भन्यो भने मान हानि , गालि वेईज्यति मा मुद्दा झेल्नुपर्दछ। एकातिर यस्तो भैरहेको छ भने अर्कोतिर असार ३ गते Smart Board विद्यालय मा जडान गरियो । अर्कोतिर प्रकृयागत त्रुटी भयो भन्दै सबै विद्यालय लाई असार ११ गते आ -आफ्नो विद्यालय मा कोटेशन खोल्न लगाई प्रकृया अनुसार फाईल गाउँ पालिका मा पेस गर्न भनियो।एकातिर बोर्ड विद्यालयमा जडान गरिएको छ।

अब भन्नुस् यो कस्तो सुशासन हो ? यसमा के नियत हुन सक्छ ? यस्तो कार्य मा क -कसको संलग्नता छ र कार्य पालिका को निर्णय विरुद्ध यो कार्य किन गरियो ? यसमा अध्यक्ष र प्रमुख प्रशासकिय को भुमिका छ कि छैन ? भनेर सामाजिक सजाँल मा सभ्य र सिष्ट भाषामा विषय उठाउँदा सचेत नागरिक माथि मान हानि र गालि वेईजेति का दफा र उपदफा आकर्षित भएको मात्रै होईन ।

जिल्ला प्रहरी कार्यलय मा अध्यक्ष यदु ज्ञवाली र प्रमुख प्रसासकिय अधिकृत लक्ष्मण पाण्डेले मान हानिको निवेदन दिएको विषय अहिले रुरुक्षेत्र गाउँपालिका मा चर्चा को विषय छ।यसकारण यश विषय मा कुनै राजनीतिक पुर्वाग्रह वा प्रतिसोध राख्नु पर्ने छैन। तर यथार्थ र आम नागरिक रुरुक्षेत्र वासि ले भएको सत्य तथ्य जान्न पाउनु पर्यो है न र ? कि जे गर्दा नि राम राज्य नै हुन्छ ? आम रुरु वासि ले सोधेको प्रश्न हो।यसरी प्रश्न उठाउँदा जेल नेल भोग्नु पर्ने हो ? त्यसो हो भने पनि हामी तैयार छौं।

तर यो विषय को छान विन तुरुन्तै हुनु पर्छ। दोषि माथि उचित कार्वाही हुनुपर्छ । जसले गर्दा आगामी दिनमा यस्ता तल्लो स्तरका गैर कानुनी र नागरिक लाई तर्साउने कार्य को अन्त्य होस्। जय रुरु।

स्राेत: स्थानियवासी हेम थापाकाे फेसबुक पेज बाट साभार।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...