दुबईमा अलपत्र परेका ५ युवाको उद्दार, सरोकार केन्द्रको पहलमा नेपाल ल्याइयो


काठमाडौ 

 दुबईमा रोजगारीको लागि गएका ५ युवा बिगत ३ महिना देखि अलपत्र भएकोमा सरोकार केन्द्रले दुबईमा रहेको मिस्टर गुरुङ एन्ड रेस्क्यु टिमको समन्वयमा उद्दार गरि आज नेपाल फर्काएको छ ।

उद्दार गरिएकोमा शिबम थापा मगर , दिपेन्द्र कार्की , विशाल कोलि , छक बहादुर थापा र सोम बहादुर थापा छ्न ।  ५ जना मध्ये ४ जना ३ महिना अगाडि सान एवि ईन्टरनेशनल मेनपावर  र १ जना १ महिना अगाडि लिंक ईन्टरनेशनल बाट रोजगारीको लागी दुवई गएका थिए ।

श्रम गरेर मेनपावर मार्फत बिदेश गएका ५ जनाले नै मेनपावरलाई लेबर भिषामा प्रती ब्यक्ती एक लाख ८० हजार बुझाएर गएकोमा कम्पनिले भने अनुसारको काम र तलब नदिए पछि कम्पनीमा उक्त कुरा राख्दा कुटपिट गरि कम्पनीले निकालेर अलपत्र पारे पछि पिडितले उद्दारको लागि मिस्टर गुरुङ एन्ड रेस्क्यु टिमलाई आग्रह गरे पछि उक्त टिमले उनिहरुलाइ उद्दार गरेको हो ।

उद्धार पश्चात उनिहरुलाई आफ्नो सेफ हाउसमा ३३ दिनसम्म राखी सरोकार केन्द्रको पहलमा नेपाल ल्याउन सफल भएको सरोकार केन्द्रका अध्यक्ष गोबिन्द पन्थीले बताए ।

सरोकार केन्द्र नेपालमा र मिस्टर गुरुङ एन्ड रेस्क्यु टिम दुबईमा पछिल्लो दिनमा अलपत्र युवा युवतीको आशाको केन्द्र बन्न सफल भएको छ । उक्त केन्द्रले पछिल्लो २ हप्तामा १० जनाको उद्दार गर्न सफल भएको छ ।

छुटाउनुभयो कि ?

आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

बुटवलबलिङमा शानदार पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा ओमानलाई पराजित गर्दै लिग २ मा छैटौं स्...
दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्वासी

दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्वासी

काठमाडौंकाठमाडौंको थापाथलीको सुकुम्वासी बस्तीबाट विस्थापित हरिमाया जिम्बा गत वैशाख १२ यता होल्डिङ सेन्टरमा छिन् । अस्थायी बास...
बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...