गुल्मेली जनताका शुखदुखका साथी प्रदिप कुमार ज्ञवाली
कृष्ण अन्जानतम्घाससँघिय र प्रदेशका लागि निर्वाचनको माहौल तात्दै गर्दा गुल्मीमा पनि उम्मेदवार हरु गाउँ गाउँ पुग्ने र जनताका समस्या सुन्ने ,आफ्ना धारणा राख्ने काम जारी छ ।
यतिबेला नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवाली गुल्मीका गाउँ गाउँमा पुग्नु भएको मात्र छैन कि आफ्नो पहलमा गरिएका विकास आयोजनाका फेहरिस्त पनि जनता समक्ष प्रस्तुत गर्नु भएको छ ।
गुल्मीमा ठूला र महत्वपूर्ण मानिएका आयोजनामा अरबौं लगानी भएको प्रदिप कुमार ज्ञवालीकै पहलमा भएको कसैबाट लुकेको छैन । गुल्मीबाट सांसद जितेर पटकपटक मन्त्री बनेका प्रदीप ज्ञवालीको पहलमा गुल्मीमा ठूला आयोजना अगाडि बढेका हुन् ती आयोजना कतिपय सम्पन्न भएका छन भने कति सम्पन्न हुने चरणमा रहेका छन् ।चुनावका लागि मतदाताको घरघरमा पुगेका ज्ञवालीसँग स्थानीयले बिगतको प्रशंसा मात्र गरेका छैनन्, आगामी दिनमा विकासका थप योजना ल्याउन पनि सुझाव दिएका छन र त...








