भूकम्प जोखिम न्यूनीकरणलाई निरन्तर प्राथमिकतामा राखिएको छः मुख्यमन्त्री आचार्य
दाङ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनिकरणका लागि आवश्यक नीति, कार्यक्रम र पूर्वाधार विकासलाई प्रदेश सरकारले निरन्तर प्राथमिकतामा राख्दै आएको बताउनुभएको छ ।राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले भूकम्प जस्तो प्राकृतिक विपद् कहिले, कहाँ र कसरी आउने हो भन्ने निश्चित नभएकाले यसको जोखिम सदैव रहने र त्यसका लागि तयारी चुस्त र सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।मुख्यमन्त्री आचार्यले जोखिमयुक्त क्षेत्रहरूको पहिचान, सुरक्षित संरचना निर्माण, भवन कोडको कार्यान्वयन तथा विद्यालय र समुदायस्तरमा सञ्चालन भइरहेका सचेतना तथा तयारी सम्बन्धी कार्यक्रमहरूले विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।‘नेपालले विगतमा ठूलो मानवीय र भौतिक क्षति बेहोरेका विनाशकारी भूकम्पहरूबाट धेरै क...








