विशेष महाधिवेशन र संस्थापन पक्षबाट को-को बस्दैछन् छलफलमा?


काठमाडौं
कांग्रेसको विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढेपछि संस्थापन पक्षले संवादको तयारी गरेको छ।

सोमबार सभापति देउवाले आफूपक्षका नेताहरूसँग गरेको छलफलमा नेताहरूको सुझावअनुसार विशेष महाधिवेशन पक्षसँग छलफल गर्न लागेका हुन् ।

छलफल मंगलबार हुनेछ।

संस्थापन पक्षबाट पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण सहभागी हुने तयारी छ।

विशेष महाधिवेशन पक्षधरबाट केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरूराज घिमिरेलाई संस्थापन पक्षसँग संवादका लागि जिम्मेवारी दिने तयारी गरिएको एक नेताले जानकारी दिए।

‘सभापति, कार्यवाहक सभापति तर्फबाट संवादका लागि खबर आएको छ, विशेष महाधिवेशन पक्षबाट चार जना नेतालाई संवादका लागि जिम्मेवारी दिने गरी छलफल भएको छ,’ विशेष महाधिवेशन पक्षधरका एक नेताले भने।

कांग्रेसले मंगलबार केन्द्रीय समिति बैठक राखेको छ भने विशेष महाधिवेशन पक्षधरले पनि महाधिवेशनको कार्यक्रम अन्तर्गत समूहगत छलफल र नेतृत्व चयन प्रक्रिया अघि बढाउने गरी कार्यक्रम अघि बढाएका छन्।
संस्थापन पक्ष र विशेष महाधिवेशन पक्ष दुवै पार्टी फुटका पक्षमा नरहेकाले संवादका पक्षमा छन्।

‘विशेष महाधिवेशन पक्षधरबाट हामी चार जना छलफलमा जाने कुरा छ। उताबाट सभापति, कार्यवाहक सभापति वा अरू को को संवादमा बस्नु हुन्छ अहिले भनिएको छैन। संवादमा आउनू भनेर संस्थापन पक्षबाट खबर चाहिँ आएको छ,’ ती नेताले भने।
उनले थप भने, ‘सभापतिको निवास वा अन्यत्र कहाँ छलफल हुन्छ भने अहिले भनिएको छैन। पार्टीलाई एक ढिक्का राख्न अन्तिम समयसम्म पनि हामी अधिकतम लचक भएर प्रस्तुत हुन्छौं। उहाँहरूले जहाँ संवादका लागि बोलाउनुहुन्छ, त्यहाँ पुग्छौं र हाम्रा एजेन्डा र अडानहरू प्रस्ट राख्छौं। वार्ताका लागि वार्ताको कुनै अर्थ छैन, हामी विधानको सर्वोच्चता र पार्टीको बृहत्तर हितलाई गम्भीरतापूर्वक ख्याल गरेका छौंर यसभित्र रहेर हामीले राजनीतिक, वैधानिक सबै तहका कुराहरू हामी राख्छौं।’

विशेष महाधिवेशनलाई संस्थापन पक्षले स्वीकार गर्ने अवस्था बनेमा मिलेर जान आफूहरू सकारात्मक रहने पनि ती नेताले बताए।

‘कुरा मिलेन भने भोलि नेतृत्व चयनको प्रक्रिया सुरू हुन्छ। विशेष महाधिवेशन पक्षधरसँग स्पष्ट भन्दा पनि बढी बहुमत छ। विशेष महाधिवेशनलाई निर्वाचन आयोग लगायत निकायहरूले पनि वैधता दिनेछन्। किनकि यो पार्टी विधानअनुसार भएको छ,’ उनले भने।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको माग अनुसार आइतबारदेखि विशेष महाधिवेशन सुरू भएको हो।

महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विधानको व्यवस्था बाध्यकारी रहेको भन्दै विशेष महाधिवेशन आयोजना गरेका थिए।

विशेष महाधिवेशनको उद्घाटन सत्र आइतबार र बन्दसत्र सोमबार भएको छ। पार्टीलाई एकताबद्ध बनाउने पक्षमा संस्थापन र विशेष महाधिवेशन पक्षधर पनि देखिएकोले संवादको थालनीको क्रम सोमबार दिउँसोदेखि नै भएको थियो।

सभापति शेरबहादुर देउवालाई पनि नेता शेखर कोइराला सहित नेताहरूले अधिकतम लचकता अपनाउन सुझाव दिएका थिए।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...