विशेष महाधिवेशन र संस्थापन पक्षबाट को-को बस्दैछन् छलफलमा?


काठमाडौं
कांग्रेसको विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढेपछि संस्थापन पक्षले संवादको तयारी गरेको छ।

सोमबार सभापति देउवाले आफूपक्षका नेताहरूसँग गरेको छलफलमा नेताहरूको सुझावअनुसार विशेष महाधिवेशन पक्षसँग छलफल गर्न लागेका हुन् ।

छलफल मंगलबार हुनेछ।

संस्थापन पक्षबाट पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण सहभागी हुने तयारी छ।

विशेष महाधिवेशन पक्षधरबाट केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरूराज घिमिरेलाई संस्थापन पक्षसँग संवादका लागि जिम्मेवारी दिने तयारी गरिएको एक नेताले जानकारी दिए।

‘सभापति, कार्यवाहक सभापति तर्फबाट संवादका लागि खबर आएको छ, विशेष महाधिवेशन पक्षबाट चार जना नेतालाई संवादका लागि जिम्मेवारी दिने गरी छलफल भएको छ,’ विशेष महाधिवेशन पक्षधरका एक नेताले भने।

कांग्रेसले मंगलबार केन्द्रीय समिति बैठक राखेको छ भने विशेष महाधिवेशन पक्षधरले पनि महाधिवेशनको कार्यक्रम अन्तर्गत समूहगत छलफल र नेतृत्व चयन प्रक्रिया अघि बढाउने गरी कार्यक्रम अघि बढाएका छन्।
संस्थापन पक्ष र विशेष महाधिवेशन पक्ष दुवै पार्टी फुटका पक्षमा नरहेकाले संवादका पक्षमा छन्।

‘विशेष महाधिवेशन पक्षधरबाट हामी चार जना छलफलमा जाने कुरा छ। उताबाट सभापति, कार्यवाहक सभापति वा अरू को को संवादमा बस्नु हुन्छ अहिले भनिएको छैन। संवादमा आउनू भनेर संस्थापन पक्षबाट खबर चाहिँ आएको छ,’ ती नेताले भने।
उनले थप भने, ‘सभापतिको निवास वा अन्यत्र कहाँ छलफल हुन्छ भने अहिले भनिएको छैन। पार्टीलाई एक ढिक्का राख्न अन्तिम समयसम्म पनि हामी अधिकतम लचक भएर प्रस्तुत हुन्छौं। उहाँहरूले जहाँ संवादका लागि बोलाउनुहुन्छ, त्यहाँ पुग्छौं र हाम्रा एजेन्डा र अडानहरू प्रस्ट राख्छौं। वार्ताका लागि वार्ताको कुनै अर्थ छैन, हामी विधानको सर्वोच्चता र पार्टीको बृहत्तर हितलाई गम्भीरतापूर्वक ख्याल गरेका छौंर यसभित्र रहेर हामीले राजनीतिक, वैधानिक सबै तहका कुराहरू हामी राख्छौं।’

विशेष महाधिवेशनलाई संस्थापन पक्षले स्वीकार गर्ने अवस्था बनेमा मिलेर जान आफूहरू सकारात्मक रहने पनि ती नेताले बताए।

‘कुरा मिलेन भने भोलि नेतृत्व चयनको प्रक्रिया सुरू हुन्छ। विशेष महाधिवेशन पक्षधरसँग स्पष्ट भन्दा पनि बढी बहुमत छ। विशेष महाधिवेशनलाई निर्वाचन आयोग लगायत निकायहरूले पनि वैधता दिनेछन्। किनकि यो पार्टी विधानअनुसार भएको छ,’ उनले भने।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको माग अनुसार आइतबारदेखि विशेष महाधिवेशन सुरू भएको हो।

महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विधानको व्यवस्था बाध्यकारी रहेको भन्दै विशेष महाधिवेशन आयोजना गरेका थिए।

विशेष महाधिवेशनको उद्घाटन सत्र आइतबार र बन्दसत्र सोमबार भएको छ। पार्टीलाई एकताबद्ध बनाउने पक्षमा संस्थापन र विशेष महाधिवेशन पक्षधर पनि देखिएकोले संवादको थालनीको क्रम सोमबार दिउँसोदेखि नै भएको थियो।

सभापति शेरबहादुर देउवालाई पनि नेता शेखर कोइराला सहित नेताहरूले अधिकतम लचकता अपनाउन सुझाव दिएका थिए।

छुटाउनुभयो कि ?

बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

श्रीराम ज्ञवालीबालबालिका देशका भविष्य मात्र होइनन्, उनीहरू वर्तमानका साझेदार र परिवर्तनका संवाहक पनि हुन्। समाजको चेतना, सभ्य...
देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको ...
मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बुटवलविभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केरा...
गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

काठमाण्डाै – काठमाण्डाैकाे त्रिपुरेश्वमार रहेकाे राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीका प...