कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’


बुटवल
बुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे जस्तो परिणाम आउन नसकेको र यसकालागी विद्यालय परिवार लागेको बताएका छन्।
मंगलबार कक्षा ४ र ५ का अभिभावकसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले विद्यार्थीको राम्रो परिणाम आउन विद्यार्थी, विद्यालय र अभिभावकको त्रिकोणात्मक योगदान रहनुपर्ने धारणा राखेका थिए।
उनले विद्यालयमा भर्ना हुन विद्यार्थी र अभिभावकको ठुलो चाहना रहने गरेको र अहिले पनि क्षमता भन्दा केही बढी विद्यार्थी रहेको र स्थानीय सरकारलगायत सरोकारवाला सवैको साझा प्रयासबाट सवल हुने धारणा राखेका थिए।
अभिभावकसंगको अन्तरक्रियामा उनले स-साना समस्या रहेपनि विद्यार्थीको भविष्यमा विद्यालय परिवार लागि परेको वताएका छन्।
कार्यक्रममा कक्षा ४ र ५ का संयोजक लिलाधर पाण्डेले विद्यालय, विद्यार्थी जत्तिकै अभिभावकपनी संयमित हुन आवश्यक रहेको वताउदै सैद्धान्तिक मात्र नभई व्यवहारिक ज्ञानमा समेत जोड दिनुपर्ने औंल्याएका थिए।
अन्तर्क्रियामा अभिभावकहरुले विद्यालय राम्रो रहेको र थप उचाईमा पुर्याउन आ-आफ्नो सहयोग रहने धारणा राखेका थिए।
शिक्षक महेश खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा कक्षा नर्सरीदेखी तीनका संयोजक कमला खनाललगायतका शिक्षकहरूसंगै अभिभावकहरुको उल्लेख सहभागिता रहेको थियो।

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...