मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा
बुटवलविभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो गएको थियो । तीनै ठाउँको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहानैदेखि मेसिन परिचालन गरीसडकको पहिरो हटाएसँगै सवारी साधर दुईतर्फी सञ्चालनमा आएका हुन् ।
सोमबार साँझ विभित्र ठाउँमा पहिरो आएर जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सवारी चलाउन रोक लगाएको थियो ।सडक सञ्चालन भएपनि साँझदेखि होल्ड भएकोले सवारी साधनको चाप बढेको छ ।
पहिरोले अवरुद्ध कालीगण्डकी कोरिडोर ८ घण्टापछि सञ्चालन
वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना काली गण्डकी कोरिडोर आठ घण्टापछि सञ्चालनमा आएको छ । कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा आज बिहान लेदोसहितको पहिरो झर्दा स...








