राष्ट्रिय सभामा प्रधानमन्त्री बालेनको राजीनामा माग



काठमान्डौँ

राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकको शून्य समयमा बोल्दै नेकपाका सांसद विश्वकर्माले सरकारको व्यवहारका कारण मुगुका गणेश नेपालीले आत्मदाह गर्नुपरेको दाबी गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।

उनले आगोमा जलेका गणेश नेपालीलाई उद्धार गर्ने क्रममा सुरक्षाकर्मीले अमानवीय व्यवहार गरेको आरोप लगाए ।

‘जलिरहेको मान्छेलाई अपराधीझैँ घिसारेर अस्पताल पुर्‍याइयो । त्यहाँ रहेका प्रहरी गणेश नेपाली आगोमा जलिरहँदा भागे,’ उनले भने, ‘उहाँलाई अपराधीझैँ घिसारेर लगियो । ती ट्राफिक प्रहरी, नगर प्रहरी र घिसारेर लैजाने प्रहरीमाथि कडाभन्दा कडा कारबाही गरियोस् । बालेन सरकार राजीनामा देओस् ।’
सांसद विश्वकर्माले सरकारको ‘क्रुरता’ का कारण गणेश नेपालीले ज्यान गुमाउनुपरेको जिकिर गरे ।

‘आगोमा जलिरहेको मान्छेलाई घिसारेर अस्पताल पुर्‍याइन्छ । यस्तो क्रुर सरकारले गणेश नेपालीलाई मर्न बाध्य बनायो । गणेश नेपालीको मृत्यु भइसकेको छ,’ उनले भने, ‘यदि नैतिकता छ भने बालेन सरकारले तुरुन्त राजीनामा दिएर सडकमा आउनुपर्छ ।’

छुटाउनुभयो कि ?

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...
औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...