विश्वकप फुटबल: एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स सेमिफाइनल प्रवेश



काठमाडौं
जारी फिफा विश्वकप २०२६ को पहिलो क्वार्टरफाइनल खेलमा साविक उपविजेता फ्रान्सले मोरक्कोलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। बोस्टन स्टेडियममा आज सम्पन्न रोमाञ्चक खेलमा फ्रान्सलाई जिताउन कप्तान किलियन एमबाप्पे र ओस्मान डेम्बेलेले दोस्रो हाफमा १-१ गोल गरे।

खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रहेको थियो। खेलको २६ औं मिनेटमा फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो, जसमा किलियन एमबाप्पेको प्रहारलाई मोरक्कोका गोलकिपर यासिन बोनोले उत्कृष्ट बचाउ गर्दै पहिलो हाफसम्म मोरक्कोलाई खेलमा जीवितै राखेका थिए। पहिलो हाफमा फ्रान्सले निरन्तर दबाब बनाए पनि गोल गर्न सकेको थिएन। खेलको ६०औं मिनेटमा पहिलो हाफमा पेनाल्टी चुकेका किलियन एमबाप्पेले आफ्नो व्यक्तिगत जादु देखाए। उनले डिबक्सको किनारामा बल नियन्त्रणमा लिँदै मोरक्कोको बलियो डिफेन्सलाई चिरेर उत्कृष्ट गोल गर्दै फ्रान्सलाई १-० को अग्रता दिलाए। यो गोलसँगै एमबाप्पेको विश्वकप इतिहासमा कुल गोल संख्या २० पुगेको छ।

त्यसको ६ मिनेट लगतै अर्थात् ६६औं मिनेटमा ओस्मान डेम्बेलेले फ्रान्सको अग्रता दोब्बर बनाए। एमबाप्पेको उत्कृष्ट मुभको सहयोगमा स्पेस पाएका डेम्बेलेका लागि सो अवसरलाई गोलमा परिणत गर्न कुनै गल्ती गरेनन्। गत विश्वकप २०२२ को सेमिफाइनलमा फ्रान्ससँग व्यहोरेको पराजयको बदला लिने दाउमा मैदान उत्रिएको मोरक्कोले केही राम्रा अवसरहरू सिर्जना गरे पनि फ्रान्सेली डिफेन्सलाई तोड्न सकेन।

मोरक्कोका प्रमुख खेलाडी इस्माइल साइबारी ह्यामस्ट्रिङ चोटका कारण मैदान बाहिर रहनु टोलीका लागि ठूलो धक्का साबित भयो। खेलको अन्तिम समयमा अकरफ हाकिमी र नील एल आयनाउईले गोल गर्ने प्रयास गरे पनि फ्रान्सका गोलकिपर माइक मेग्नान बाधक बने।

खेलको अन्तिम समयतिर कप्तान एमबाप्पे खुट्टाको समस्याका कारण मैदानबाट बाहिरिएका थिए, जुन फ्रान्सका लागि केही चिन्ताको विषय बन्न सक्छ। यस ऐतिहासिक जितसँगै फ्रान्स लगातार तीनवटा विश्वकपको फाइनल खेल्ने तेस्रो राष्ट्र बन्ने दौडमा एक कदम नजिक पुगेको छ। अब फ्रान्सले सेमिफाइनलमा स्पेन र बेलजियम बीच हुने अर्को क्वार्टरफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

छुटाउनुभयो कि ?

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...
बूढीगण्डकी बाढी: विपद व्यवस्थापन प्राधिकरणले यस्तो भन्यो

बूढीगण्डकी बाढी: विपद व्यवस्थापन प्राधिकरणले यस्तो भन्यो

काठमाडौंगोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले नदी तटी...