संवैधानिक परिषद् सम्वन्धित चार अध्यादेश निष्क्रिय



काठमाडौँ
सरकारले गत वैशाखमा ल्याएका आठ अध्यादेशमध्ये चार अध्यादेश संघीय संसद्का दुवै सदनबाट पारित भएका छन् । संविधानले तोकेको ६० दिनको समयसीमाभित्र संसद्बाट पारित हुन नसकेका अन्य चार अध्यादेश भने स्वतः निष्क्रिय भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १७ देखि २२ वैशाखसम्म आठ वटा अध्यादेश जारी गरेका थिए । ती अध्यादेश २८ वैशाखमा संघीय संसद्का दुवै सदनमा पेस गरिएका थिए । संविधानको धारा ११४ अनुसार संसद्का दुवै सदनमा अध्यादेश पेस भएको ६० दिनभित्र त्यसलाई प्रतिस्थापन गर्ने विधेयक दुवै सदनबाट पारित भइसक्नुपर्छ । नत्र अध्यादेश स्वतः निष्क्रिय हुने व्यवस्था छ । ती आठ अध्यादेशको ६० दिनको संवैधानिक समयसीमा बिहीबारसम्म थियो ।

सरकारले जारी गरेका आठ अध्यादेशमध्ये सुरुबाटै राजनीतिक विवादमा परेका चार अध्यादेशलाई संसद्को नियमित प्रक्रियामै अघि नबढाई ‘होल्ड’ गरिएको थियो । ती अध्यादेश बिहीबारदेखि निष्क्रिय भएका हुन् । जसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश तथा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश छन् ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएलगत्तै बैठक गरेर प्रधानन्यायाधीश सिफारिस गरिएको थियो । अध्यादेश निष्क्रिय हुनु केही दिनअघि संवैधानिक परिषद्ले निर्वाचन आयोगमा प्रमुख आयुक्त र दुई आयुक्त सिफारिस गरेको थियो । अन्य विभिन्न आयोगमा १६ पदाधिकारी रिक्त रहे पनि सिफारिस गरिएन । सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशका आधारमा एकैसाथ राजनीतिक नियुक्तिसहित करिब १५ सय पदाधिकारी पदमुक्त गरिएको थियो ।

संघीय संसद्का दुवै सदनबाट स्वीकृत भएपछि मात्रै अध्यादेश पारित गर्ने प्रतिस्थापन विधेयक अघि बढाउन मिल्छ । प्रतिनिधिसभामा सत्तारूढ दलको दुईतिहाइ नजिक सिट रहे पनि राष्ट्रिय सभामा प्रतिनिधित्व छैन । विपक्षी कांग्रेस र एमालेले अध्यादेश अस्वीकृतिका लागि राष्ट्रिय सभामा प्रस्ताव दर्ता गराएका थिए । सरकारसँगको छलफलमा चार अध्यादेश स्वीकृत गर्ने सहमति बनेको थियो । विपक्षी दलले अस्वीकार गर्न चाहेका अरू चार अध्यादेशलाई थाती राखिएको थियो । ती बिहीबार मध्यराति १२ बजेदखि स्वतः निष्क्रिय भएका छन् ।

संविधानको धारा ११४ को उपधारा २ (१) को खण्ड ‘क’ मा ‘अध्यादेश जारी भएपछि बसेको संघीय संसद्का दुवै सदनमा पेस गरिनेछ र दुवै सदनले स्वीकार नगरेमा स्व्तः निष्क्रिय हुनेछ’ भनिएको छ । त्यसको खण्ड ‘ख’ ‘राष्ट्रपतिबाट जुनसुकै बखत खारेज हुन सक्नेछ’ भनिएको छ भने खण्ड ‘ग’ मा खण्ड ‘क’ र ‘ख’ बमोजिम निष्क्रिय वा खारेज नभए दुवै सदनको बैठक बसेको ६० दिनपछि स्वतः निष्क्रिय हुनेछ’ भनिएको छ ।

छुटाउनुभयो कि ?

गणेश नेपालीको आत्मदाह घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

गणेश नेपालीको आत्मदाह घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

काठमाडौंमुगुका गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन गरिएको छ । गृहमन्त्री सुधन गुरुङले प्...
विश्वकप फुटवल: फ्रान्स सेमीफाइनलमा, रोकियो मोरक्कोको यात्रा

विश्वकप फुटवल: फ्रान्स सेमीफाइनलमा, रोकियो मोरक्कोको यात्रा

बुटवलजारी विश्वकपको पहिलो क्वार्टरफाइनलमा मोरक्कोलाई २–० गोलअन्तरले पराजित गर्दै फ्रान्स सेमीफाइनलमा प्रवेश गरेको छ । विश्वकप...
संवैधानिक परिषद् सम्वन्धित चार अध्यादेश निष्क्रिय

संवैधानिक परिषद् सम्वन्धित चार अध्यादेश निष्क्रिय

काठमाडौँसरकारले गत वैशाखमा ल्याएका आठ अध्यादेशमध्ये चार अध्यादेश संघीय संसद्का दुवै सदनबाट पारित भएका छन् । संविधानले तोकेको ...
विश्वकप फुटबल: एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स सेमिफाइनल प्रवेश

विश्वकप फुटबल: एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स सेमिफाइनल प्रवेश

काठमाडौंजारी फिफा विश्वकप २०२६ को पहिलो क्वार्टरफाइनल खेलमा साविक उपविजेता फ्रान्सले मोरक्कोलाई २-० गोल अन्तरले पराजित गर्दै ...