लुम्बिनी बौद्ध विश्वविद्यालयमा एकै शैक्षिक सत्रमा भर्ना भए ३८ विदेशी विद्यार्थी
बुटवल
लुम्बिनी बौद्ध विश्वविद्यालयमा नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरुलाई एक कार्यक्रमकाबीच स्वागत गरिएको छ। विश्वविद्यालयमा चालु शैक्षिक सत्रको नयाँ ब्याचमा ३८ जना विदेशी विद्यार्थीहरु भर्ना भएको बिश्व बिद्यालयले जनाएको छ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य, रजिष्ट्रार डा. तिलकराम आचार्य, बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्य, योजना तथा मूल्याङ्कन महाशाखाका निर्देशक डा. कुलप्रसाद खनालले विद्यार्थीहरुलाई एडमिसन अफर लेटर दिएर स्वागत गरे।
चालु शैक्षिक सत्रमा स्नातकोत्तर तहमा ३७ जना र स्नातक तहमा एक जना विद्यार्थी भर्ना भएको देवदह शिक्षा विकास परियोजनाका निर्देशक डा. कुमार खड्काले जानकारी दिए। भर्ना भएका विद्यार्थीमध्ये ३५ जना चिनियाँ, दुई जना भारतीय र एक जना मलेसियन रहेका छन्।
बिश्व बिद्यालयका अनुसार स्नातकोत्तर तह अनुवाद तथा व्याख्या व...








