
बुटवल
पठन संस्कृतिको विकाससँगै सकारात्मक सोच सहितको सु-संस्कृत युवा नेतृत्व भन्ने मुल नाराका साथ अघि बढिरहेको डाईनामिक पब्लिक लाईब्रेरि [डिपिएल] नेपाल बुटवल शाखाको तेस्रो पद हस्तान्तरण कार्यक्रम बुधबार बुटवलमा सम्पन्न भएको छ।
डिपिएल बुटवलका अध्यक्ष पारस मरासिनीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आथित्यता संस्थाका संस्थापक अध्यक्ष राजीव खनालकाे रहेकाे थियाे।
कार्यक्रममा प्रमुख सल्लाहकार बिकाश श्रेष्ठ तथा राजिब गौतम ,आर्थिक सल्लाहकार रोशन नेपाल , सल्लाहकार साकार लम्साल , निवर्तमान अध्यक्ष आबिष्कार खनाल , लगाएतले भनाइ राख्दै समितिले थप सक्रियता वढाउने धारणा राखेका थिए। कार्यक्रम संचालन महासचिव प्रकाश पोख्रेलले गरेका थिए।
राजन अधिकारीको नेतृत्वमा भएको कार्य समितिकाे बरिस्ठ उपाध्यक्षमा प्रकाश पोख्रेल ,महासचिवमा रुद्र खनाल ,उपाध्यक्षमा दिनेश थापा, उपाध्यक्षमा निर्मल बेल्वासे ,कोषाध्यक्षमा दिपक घिमिरे ,सचिबमा रक्षा न्यौपाने ,निर्देशकमा विषम गहतराज ,निर्देशकमा मनिष खनाल ,निर्देशकमा सुनिल भट्टराई ,निर्देशकमा बिकास पौडेल लाई पद हस्तान्तरण गरिएको थियाे।