दारी ग्याङ रुपन्देहीको आयोजनामा भोलि वक्तृत्वकला प्रतियोगिता हुँदै


माघ ११ बुटबल । दारी ग्याङ रुपन्देहीको आयोजनामा र बुटवल उपमहानगरपालिकाको सहकार्यमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिने भएको छ ।

“गालामा दारी काधमा जिम्मेवारी” भन्ने मूल नारा बोकेर निरन्तर रूपमा विभिन्न सामाजिक काम गर्दै आएको दारी ग्याङ रुपन्देहीले रुपन्देही जिल्ला भित्र रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुविचमा प्रतिस्पर्धा गराउनेछ । कार्यक्रम बुटवलको नविन औद्योगिक कदर बहादुर रिता मा.वि बुटवल ११ देवीनगरमा माघ १२ गते शनिबार प्रतियोगिता सञ्चालन हुनेछ ।

“सामाजिक सञ्जालले व्यक्तिगत जिवनमा पारेको प्रभाव” शीर्षकमा प्रतियोगिता हुने छ बिद्यार्थीहरुले उत्त शिर्षकमा रहि सामाजिक संजालका सकारात्मक र नकारात्मक विषयमा आफ्नो प्रस्तुति दिने छ्न ।

वक्तृत्वकला प्रतियोगिता कुनै साधारण प्रतिस्पधी मात्र नभई, व्यक्तित्व विकास, विचारको अभिव्यक्ति, र नेतृत्व क्षमता निर्माणको महत्वपूर्ण माध्यम बन्ने कार्यक्रम संयोजक गोकुल प्रसाद पाण्डेले बताउनुभयो । उहाँले विद्याथीहरूलाई आफ्नो दृष्टिकोण प्रस्तुत गर्न, समाजका विविध मुद्दाहरूमा सचेत हुन, र तार्किक विश्लेषण तथा तर्क गर्न सक्षम बनाउने बताउनुभयो ।

सहभागी विद्यार्थीहरूले आफ्नो विचार खुला र निर्भीकतापूर्वक प्रस्तुत गर्दै वाककलाको क्षमतालाई सामाजिक सञ्जालको प्रयोगबाट हुने सकारात्मक र नकारात्मक असर, फाइदा र बेफाइदाको बारेमा जानकारी दिदै सहभागि विद्याथीहरुको अन्तरनिहित क्षमताको विकास गराउनु प्रमुख उद्देश्य राखेर कार्यक्रमको आयोजना गर्न लागिएको दारी ग्याङ रुपन्देहीका अध्यक्ष भरत पौडेलले बताउनुभयो ।

वक्तृत्वकला प्रतियोगिताको प्रथम, द्वितीय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीहरुलाई क्रमश. नगद २० हजार, १५ हजार, १० हजार र ५ हजार पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रवक्ता प्रदीप कोइरालाले बताउनुभयो । नविन औद्योगिक कदर बहादुर रिता मा.वि बुटवल ११ देवीनगरमा शनिबार विहान १०:१७ बजेदेखि सुरु हुनेछ ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...