दारी ग्याङ रुपन्देहीको आयोजनामा भोलि वक्तृत्वकला प्रतियोगिता हुँदै


माघ ११ बुटबल । दारी ग्याङ रुपन्देहीको आयोजनामा र बुटवल उपमहानगरपालिकाको सहकार्यमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिने भएको छ ।

“गालामा दारी काधमा जिम्मेवारी” भन्ने मूल नारा बोकेर निरन्तर रूपमा विभिन्न सामाजिक काम गर्दै आएको दारी ग्याङ रुपन्देहीले रुपन्देही जिल्ला भित्र रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुविचमा प्रतिस्पर्धा गराउनेछ । कार्यक्रम बुटवलको नविन औद्योगिक कदर बहादुर रिता मा.वि बुटवल ११ देवीनगरमा माघ १२ गते शनिबार प्रतियोगिता सञ्चालन हुनेछ ।

“सामाजिक सञ्जालले व्यक्तिगत जिवनमा पारेको प्रभाव” शीर्षकमा प्रतियोगिता हुने छ बिद्यार्थीहरुले उत्त शिर्षकमा रहि सामाजिक संजालका सकारात्मक र नकारात्मक विषयमा आफ्नो प्रस्तुति दिने छ्न ।

वक्तृत्वकला प्रतियोगिता कुनै साधारण प्रतिस्पधी मात्र नभई, व्यक्तित्व विकास, विचारको अभिव्यक्ति, र नेतृत्व क्षमता निर्माणको महत्वपूर्ण माध्यम बन्ने कार्यक्रम संयोजक गोकुल प्रसाद पाण्डेले बताउनुभयो । उहाँले विद्याथीहरूलाई आफ्नो दृष्टिकोण प्रस्तुत गर्न, समाजका विविध मुद्दाहरूमा सचेत हुन, र तार्किक विश्लेषण तथा तर्क गर्न सक्षम बनाउने बताउनुभयो ।

सहभागी विद्यार्थीहरूले आफ्नो विचार खुला र निर्भीकतापूर्वक प्रस्तुत गर्दै वाककलाको क्षमतालाई सामाजिक सञ्जालको प्रयोगबाट हुने सकारात्मक र नकारात्मक असर, फाइदा र बेफाइदाको बारेमा जानकारी दिदै सहभागि विद्याथीहरुको अन्तरनिहित क्षमताको विकास गराउनु प्रमुख उद्देश्य राखेर कार्यक्रमको आयोजना गर्न लागिएको दारी ग्याङ रुपन्देहीका अध्यक्ष भरत पौडेलले बताउनुभयो ।

वक्तृत्वकला प्रतियोगिताको प्रथम, द्वितीय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीहरुलाई क्रमश. नगद २० हजार, १५ हजार, १० हजार र ५ हजार पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रवक्ता प्रदीप कोइरालाले बताउनुभयो । नविन औद्योगिक कदर बहादुर रिता मा.वि बुटवल ११ देवीनगरमा शनिबार विहान १०:१७ बजेदेखि सुरु हुनेछ ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...