
बुटवल
बुटबलको राजमार्ग चौराहामा अवस्थित मेडिटेक इन्टरनेसनल एकेडेमीमा सोमबार श्रीपञ्चमीको दिन ५० जना नानीबाबुहरूले अक्षारम्भ गरेका छन्। २०६३ सालमास्थापना भएको उक्त विद्यालयले अहिले माध्यमिक श्रेणीसहित प्राविधिक ल्याबसँगै ,सामान्य चिकित्सा कार्यक्रम (एचए )कार्यक्रम तीन वर्षे कोर्षपनि उपलब्ध गराएको छ।
उक्त विद्यालयमा समयसँग संगत डिजिटल माध्यमबाट पठनपाठन हुन्छ। कम्प्युटर सिस्टमबाट अध्ययन गर्न सकिन्छ। भने स्मार्टबोर्ड, साइन्सका लागि सम्पूर्ण प्राविधिक उपकरणहरू सहित अध्यापन गराइन्छ। विद्यालयमा लाइब्रेरीको पनि व्यवस्था छ।