शिक्षा

निर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

निर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रतिनिधि सभाका नवनिर्वाचित संसद सांसदहरुको पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यलाई आज शपथ गराएका हुन् ।शपथ ग्रहण कार्यक्रम निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा भएको हो । यसअघि जेष्ठ सांसद केसीले बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका थिए ।शपथ ग्रहण लिन सांसदहरुलाई औपचारिक र आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थिति भएका थिए । संघीय संसद सचिवालयका अनुसार नव निर्वाचित सांसदहरुमध्ये ४७ जनाले मातृभाषामा शपथ ग्रहण गरेका छन् । जसमा १७ जनाले मैथिली भाषमा थपथ ग्रहण गरेका छन् । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था रहेको छ ।गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट प्रत्यक्षतफ १...
निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आजकाठमाडौंनवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुनेछ । संघीय संसद् सचिवालयका अनुसार ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी छ । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने तयारी छ । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गो...
जेनजी आन्दोलन : कार्की आयोगको प्रतिवेदन सार्वजनिक

जेनजी आन्दोलन : कार्की आयोगको प्रतिवेदन सार्वजनिक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंगत २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । सरकारबाट औपचारिक रूपमा प्रतिवेदन सार्वजनिक नभए पनि स्रोतमार्फत प्राप्त दस्तावेज सार्वजनिक गरिएको हो ।प्रतिवेदनमा आन्दोलन नियन्त्रणका क्रममा राज्य पक्षबाट गरिएको बल प्रयोगबारे विस्तृत विश्लेषण गरिएको छ । आयोगले घटनाक्रमको समीक्षा गर्दै त्यसबेला नेतृत्व तहमा रहेका व्यक्तिहरूको भूमिकाबारे समेत उल्लेख गरेको छ ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ विरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ । आयोगले आन्दोलनका क्रममा भएका घटनालाई आधार मानेर जिम्मेवार निकाय र पदाधिकारीहरूको जवाफदेहिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएको छ । ...
इन्धन खपत घटाउन सडकमा जोरबिजोर र साप्ताहिक बिदा थप्नेबारे छलफल

इन्धन खपत घटाउन सडकमा जोरबिजोर र साप्ताहिक बिदा थप्नेबारे छलफल

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँमध्यपूर्वमा युद्ध जारी रहे नेपालले पनि श्रीलङ्काजस्ता देशहरूले अपनाए झैँ साप्ताहिक बिदा बढाउनुपर्ने र सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्नुपर्ने देखिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ताले बताएका छन्। युद्धका कारण विश्वभरि पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति अवरुद्ध हुन थालेपछि आगामी दिनमा त्यसबाट नेपाल अझ प्रभावित हुन सक्ने ठानिएको समाचार बीबीसी नेपाली न्युजमा पवनराज पौडेलले लेखेका छन्। आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार पेट्रोलियम पदार्थको खपत घटाउने उपाय अपनाउनेबारे सरकारलाई निगमले आफ्नो राय दिइसकेको छ। तर त्यो राजनीतिक र नीतिगत तहको भएकाले आयल निगमले मात्रै निर्णय नसक्ने उनले बताए। "सवारीसाधनहरूको चाप घटाउन ती उपायहरूबारे छलफल सुरु गरेका छौँ," मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भने, "नयाँ आउने सरकारले सुरुमै निर्णय गर...
लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटनः फोहोरलाई मोहरमा रूपान्तरण गर्ने अभियान सुरु

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटनः फोहोरलाई मोहरमा रूपान्तरण गर्ने अभियान सुरु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
लुम्बिनीलुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ अध्ययन केन्द्र’ को उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार उक्त केन्द्रको उद्घाटन गरेका हुन् ।उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी क्षेत्रलाई सरसफाइमा नमुना बनाउने दिशामा महत्वपूर्ण सुरुवात भएको बताए । उनले वर्षेनी १३ देखि १४ लाखसम्म पर्यटक आउने लुम्बिनी क्षेत्रमा विगतमा फोहोरका कारण बिग्रिएको छवि अव छवि सकारात्मक रुपमा बदलिने उल्लेख गरे ।‘लुम्बिनी परिसर वरिपरि फोहोरका थुप्रा हुने, पर्यटकले नाकमुख छोपेर हिँड्नुपर्ने अवस्था थियो । अब त्यो परिस्थितिको अन्त्य हुँदैछ,’उनले भने ‘आज त्यो फोहोरलाई यहाँ ल्याएर मोहरमा परिणत गर्ने उद्देश्यका साथ यो काम अघि बढाइएको छ ।’ मुख्यमन्त्री आचार्यले फोहोर व्यवस्थापन लुम्बिनी सांस्कृतिक नगरपालिकाको मात्र नभई प्रदेश सरकारको ...
पत्रकार महासङ्घ रुपन्देहीको स्थापना दिवस: फुटसल प्रतियोगिताको आयोजना

पत्रकार महासङ्घ रुपन्देहीको स्थापना दिवस: फुटसल प्रतियोगिताको आयोजना

Breaking news 2, खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाल पत्रकार महासङ्घ रुपन्देहीले ७१औँ स्थापना दिवसका अवसरमा मिडिया कप र कर्पोरेट कप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।महासङ्घ रुपन्देहीले यही चैत १६ र १७ गते दोस्रो मिडिया कप फुटसल प्रतियोगिता र दोस्रो कर्पोरेट कप फुटसल प्रतियोगिताको आयोजना गरेको कार्यक्रम संयोजक सुमन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बुटवल ८ सुख्खानगर नमूनापथ स्थित एडरिक फुटसल कोर्टमा आयोजना हुने फुटसल प्रतियोगिता अन्तर्गत मिडिया कप फुटसल प्रतियोगिताको पुरस्कार राशि प्रथम हुनेलाई रु। २० हजार र दोस्रो हुनेलाई १५ हजार, मेडल, कप र प्रमाणपत्र प्रदान गरिनेछ ।यस्तै, कर्पोरेट कप फुटसल प्रतियोगिताको विजेताले रु। ३० हजार र दोस्रो हुनेले २० हजार तथा मेडल, कप र प्रमाण पत्र प्राप्त गर्ने उनले बताए । विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र कर्पोरेट कपमा अनुशासित टिमलाई समेत पुरस्का...
जलवायु परिवर्तनका कारण मौसमजन्य घटना बढ्दै जाँदा भविष्य नै जोखिममा

जलवायु परिवर्तनका कारण मौसमजन्य घटना बढ्दै जाँदा भविष्य नै जोखिममा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, विदेश, शिक्षा, समाचार
काठमाडौँ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा परेको बताएका छन् । विश्व मौसम दिवस २०२६ का अवसरमा आयोजित कार्यक्रममा सचिव चटौतले जलवायु परिवर्तनका असरसँग जुध्न जल तथा मौसमजन्य घटनाका पूर्वसूचना प्रविधि र जलवायुमैत्री पूर्वाधार विकास आवश्यक रहेको बताए । उनले वैज्ञानिक तथ्याङ्कलाई प्रभावकारी रूपमा पूर्वसूचनामा रूपान्तरण गर्न सके मौसमजन्य घटनाबाट नागरिकको ज्यान जोगाउन सकिने धारणा व्यक्त गरे ।“वैज्ञानिक तथ्याङ्कलाई समयमा नै पूर्वसूचनामा बदलेर जोखिम कम गर्न सकिन्छ । बाढी पहिरो, हिमताल विस्फोटबाट हुन सक्ने सम्भावित धनजनको क्षति कम गर्न सकिन्छ,” उनले भने ।जल तथा मौसम सेवाहरूलाई आधुनिक, विश्वसनीय र प्रभावकारी बनाउन बहुपक्षीय सहकार्य अपरिहार्य रहेको सचिव चटौतले औँल्याए । साथै, ...
गगन थापाको राजीनामा अस्वीकृत

गगन थापाको राजीनामा अस्वीकृत

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौंनेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ। चुनावी हारको जिम्मेवारी लिँदै सभापति थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा दिएका थिए। शुक्रबार र आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले गगनको राजीनामा अस्वीकार गर्ने प्रस्ताव पारित गरेको हो । केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए। ‘सभापति श्री गगनकुमार थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक जिम्मेवारी लिँदै उपसभापति समक्ष विधानको धारा २६ (१) वमोजिम पेश गर्नुभएको राजीनामालाई केन्द्रीय कार्यसमितिको यस बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको छ,’ चालिसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ । गत पुसमा ...
द्वन्द्व अन्त्यका लागि इरानका ६ शर्त

द्वन्द्व अन्त्यका लागि इरानका ६ शर्त

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँतेहरानले अमेरिका–इजरायली आक्रमणको प्रतिक्रियामा पूर्व–योजनाबद्ध, बहु–चरणीय रणनीति बनाइरहेको र द्वन्द्व अन्त्यका लागि छवटा सर्तहरू राखेको इरानका एक वरिष्ठ अधिकारीले आइतबार बताएका छन् ।नाम नबताउने सर्तमा ती अधिकारीले भने, “महिनौं पहिले तयार गरिएको रणनीति ‘उच्च रणनीतिक धैर्यताका साथ’ कार्यान्वयन भइरहेको छ।इरानले आफ्नो पूर्वाधार, सेवा सुविधा र रणनीतिक स्थानहरूमा आक्रमण गरेपछि चाँडै युद्धविराम हुने अपेक्षा नगरेको पनि उनले बताए। धेरै क्षेत्रीय अभिनेता र मध्यस्थकर्ताहरूले द्वन्द्व अन्त्यका लागि उपायहरू प्रस्ताव गरेका छन्, ती अधिकारीले भने। तेहरानले कुनै पनि सम्झौताअघि नयाँ आक्रमण नहुने सुनिश्चितता, यस क्षेत्रमा अमेरिकी आधार बन्द गर्ने, इरानलाई क्षतिपूर्ति, क्षेत्रीय मोर्चामा शत्रुताको अन्त्य, ‘स्ट्रेट अफ हर्मुज’का लागि नयाँ कानुनी ढाँचा र इरानप्रति शत्रुतापूर्ण मानिने मिडिया र ...
प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट वार्ता

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट वार्ता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्ण रूपमा निकास भएको भन्दै बधाइ ज्ञापन गरेका थिए। 'समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ। यो सामान्य कुरा होइन। यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद र सचिवालय टिमलाई बधाइ र धन्यवाद दिन चाहन्छु,' लामिछानेको सचिवालयद्वारा जारी विज्ञप्तिमा उनका भनाइ उद्धृत गरिएको छ। उनले थप भनेका छन्, 'यहाँको चट्टानी अडान र दृढताकै कारण मुलुकले निकास पायो। विगतका कुनै पनि निर्वाचनभन्दा शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय निर्वाचन सम्भव भएको छ। सानो टिम र छोटो समयमा विश्वलाई नै चकित पार्ने गरी निर...