प्रशासकीय अदालतमा सबैभन्दा धेरै सेवा सुविधासम्बन्धी मुद्दा



काठमाडौँ
प्रशासकीय अदालतमा आर्थिक वर्ष २०८२/८३ मा सेवा सुविधासम्बन्धी मुद्दा बढी परेको छ ।

त्यस अदालतमा दर्ता भएका ५ सय १५ मुद्दामध्ये सबैभन्दा बढी सेवा सुविधासम्बन्धी रहेको प्रशासकीय अदालतका रजिष्ट्रार सरोजराज रेग्मीले जानकारी दिए ।
यस आवमा उक्त अदालतमा सेवा सुविधासम्बन्धी २०२ थान मुद्दा दायर भएको थियो । अदालतमा बढुवासम्बन्धी १८७, सरुवाका १०१, विभागीय सजायका १६, अवकाश ७ र अदालतको अवहेलनासम्बन्धी दुई मुद्दा परेको रजिष्ट्रार रेग्मीले बताए ।

ती मुद्दामध्ये यस आवमा २१३ वटा मुद्दा फैसला भएका छन् भने ३०२ बाँकी छन् । विसं २०८२ साउनबाट अधिकार क्षेत्र विस्तार भएपछि धेरै मुद्दा यस आर्थिक वर्षमा परेको उनले बताए ।

प्रशासकीय अदालतका अध्यक्ष डा टेकबहादुर घिमिरेले प्रशासकीय अदालतको क्षेत्राधिकार विस्तार हुँदै गएको हुनाले यस वर्ष मुद्दाको सङ्ख्या वृद्धि भएको बताए ।

अदालतमा विषयगत रूपमा सङ्घीय निजामती सम्बन्धित मुद्दा २२१ वटा, प्रदेश निजामती १०८, शिक्षक ९९, संस्थान÷प्रतिष्ठान ४०, स्वास्थ्य २६, करारसम्बन्धी तीन मुद्दा परेको छ ।

प्रदेशगत रूपमा बागमती प्रदेशका ३४२, मधेस प्रदेशका ६६, कोसी प्रदेशका ४०, गण्डकी प्रदेशका २०, सुदूरपश्चिम प्रदेशका १९, कर्णाली प्रदेशका १५ र लुम्बिनी प्रदेशसँग सम्बन्धित १३ वटा मुद्दा रहेको छ ।

निजामती वा सरकारी स्वामित्वमा रहेका सङ्गठित सङ्घ संस्थाका कर्मचारीलाई दिइएको विभागीय सजाय, सरुवा, बढुवा वा स्तर वृद्धि, उपदान, निवृत्तिभरण वा अवकाश, समायोजन, सेवाशर्त तथा सुविधासम्बन्धी मुद्दाको निर्णय वा अन्तिम आदेश उपर पुनरावेदन सुन्ने अदालतको अधिकार क्षेत्र रहेको छ ।

छुटाउनुभयो कि ?

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...
फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...