शिक्षा

विश्वमा बढ्दै गएको युद्धको जोखिम बुद्धदर्शनले रोक्न सक्छ : प्रधानमन्त्री ओली

विश्वमा बढ्दै गएको युद्धको जोखिम बुद्धदर्शनले रोक्न सक्छ : प्रधानमन्त्री ओली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
लुम्बिनी  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा बढ्दै गएको युद्धको जोखिमलाई बुद्धदर्शनले मात्रै रोक्न सक्ने बताएका छन्। उनले विश्वमा जल, थल र आकाशबाट समेत आक्रमण गर्न सक्ने खतरनाक हतियार  निर्माण भइरहेको बताउँदै त्यसलाई रोक्न बुद्धको शान्ति, करुणा र मानवताको उपदेशले मात्रै सम्भव हुने बताए। चाइनिज कल्चर प्रमोसन सोसाइटीको सहयोगमा लुम्बिनी बिकास कोष र सारिपुत्त फाउन्डेसन लुम्बिनीले शनिबार आयोजना गरेको चौथो एसिया बौद्ध सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले विश्वमा शान्तिका लागि सैन्य शक्ति परिचालनका लागि निर्माण भएका हतियार चुनौती बनेको बताए। ‘खतरनाक हतियार निर्माण भइरहेको छ। विश्वशान्तिका लागि चुनौती हो’, प्रधानमन्त्री ओलीले भने, ‘म भन्न चाहन्छु, हतियार र युद्धले शान्ति स्थापना गर्न सक्दैन।’ प्रधानमन्त्री ओलीले विश्वभर शान्तिका ...
सरकारले बोलाएका्े बार्तामा गएनन् शिक्षकहरु

सरकारले बोलाएका्े बार्तामा गएनन् शिक्षकहरु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाण्डौ काठमाण्डौ केन्द्रित आन्दोलनरत शिक्षकहरुले सरकारले बोलाएका्े बार्तामा बस्न अस्वीकार गरेका छन्।  सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकहरूका माग सम्बोधन गर्न आदेश दिएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत नेपाल शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गरेको थियो। मन्त्रीले बार्तामा आउन आब्हान गरेपछि एकथरी शिक्षकहरु मन्त्रालय पुगी सकेपछि प्रवेश पासको बिषयलाई बखेडा बनाएर अर्कोथरी शिक्षकहरु मन्त्रालय नै गएनन्।  शिक्षा मन्त्री पन्तले शुक्रबार दिउँसो विज्ञप्ति निकालेर वार्ताका लागि आह्वान गरेपछि सकारात्मक छौं भनेका शिक्षकहरुले मन्त्रालयले बार्ता टोलीको नाम सार्वजनिक गरेको भन्दै मन्त्रालय जान अस्वीकार गरेको मन्त्रालय श्रोतले बताएको छ।  वार्ताका लागि शिक्षक महासंघका केही नेताहरू शिक्षा मन्त्रालय आउदै गर्दा सिंहदरवार प्रहरीले प्रवेश पास मागेप...
देश बिकास गर्न आगामी दशकमा १ सय खर्ब रुपैयाँ लगानी आवश्यकः अर्थमन्त्री पौडेल

देश बिकास गर्न आगामी दशकमा १ सय खर्ब रुपैयाँ लगानी आवश्यकः अर्थमन्त्री पौडेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौं उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र पूर्वधार परियोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त परिचालन आवश्यक रहेको बताएका छन । प्रतिनिधिसभाको आजको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधयेकको सैद्धान्तिक अवधारणा पेश गर्दै अर्थमन्त्री पौडेलले वर्तमान वित्तीय स्रोत स्रोतको अभाव पूर्ति गर्दै राष्ट्रिय प्राथमिकताका परियोजनाहरुमा स्रोत जुटाउन आवश्यक रहेको र यसलाई कानूनी आधार दिन विधेयक ल्याएको जानकारी दिएका हुन्  । उनले पूर्वधार क्षेत्र तथा परियोजनाको पहिचान, प्राथमिकीकरण, पूर्वाधारमा लगानीका लागि आवश्यक पर्ने आन्तरिक स्रोत, वैदेशिक लगानी, विभिन्न वित्तीय उपकरणहरुको यथोचित प्रयोग, संस्थागत संरचना, अनुमगन तथा मूल्यांकन सम्बन्धी विषयहरुलाई समेट्ने गरी विधेयक आएको बताए । अर्थमन्त्री पौडेलले वैकल्पिक विक...
 बुटवलमा मिडिया मन्थन सम्पन्न : पत्रकारिता पेशालाई जनमुखी बनाउनुपर्नेमा जोड

 बुटवलमा मिडिया मन्थन सम्पन्न : पत्रकारिता पेशालाई जनमुखी बनाउनुपर्नेमा जोड

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
रुपन्देही नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा विहिबार बुटवलमा मिडिया मन्थन सम्पन्न भएको छ । विभिन्न विषयमा गरिएको समुहगत बहस कार्यक्रममा सहभागीहरुले पत्रकारिता पेशालाई थप निष्पक्ष, व्यवसायीक र जनमुखी बनाउँदै लैजानु पर्नेमा जोड दिएका छन् । सूचना प्रविधिको बिकाससँगै पत्रकारहरुको क्षमता बिकास तथा प्रविधिमैत्री ज्ञान र सीपलाई समेत जोडर पत्रकारिता पेशालाई व्यवसायीक बनाउनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् । विश्वव्यापी कोरोना महामारीपछि सञ्चारगृह तथा त्यसमा कार्यरत पत्रकारहरुले ठूलो आर्थिक चुनौतीको सामना गर्न परिरहेको बताउँदै यसको समाधानका लागि फरक सोच र योजनाकासाथ अघि बढ्नुपर्नेमा जोड दिइएको छ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारहरुले आर्थिक चुनौतीसँगै पेशागत सुरक्षाका लागि संघर्ष गरिरहनु पर्ने बाध्यता रहेको उल्लेख गरिन् । श्...
नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको सपथ

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको सपथ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौं नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् । बुधबार पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्ने सिफारिस गरेका थिए । गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन्। पन्त समानुपातिक सांसद हुन् । ...
शिक्षकहरूको आन्दोलनबारे सर्वोच्चले किन जारी गर्‍यो अन्तरिम आदेश ?

शिक्षकहरूको आन्दोलनबारे सर्वोच्चले किन जारी गर्‍यो अन्तरिम आदेश ?

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौं सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूको जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधनका लागि उचित र आवश्यक निर्णय गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको इजलासले आदेश पाएको मितिले ३ दिनभित्र आन्दोलनरत शिक्षकहरूलाई विद्यालयमा फर्काइ नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्न आदेश दिएको हो । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरू नभई सरकार र सरोकारवाला निकायहरूलाई शिक्षकको मागबारे उचित निर्णय लिन आदेश दिएको हो । बालबालिकाहरू शिक्षाको हकबाट बञ्चित हुने देखिएको भन्दै सर्वोच्च अदालतले आदेशमा भनेको छ, ‘देशभरका बालबालिकालाई नियमत रुपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट बञ्चित नगर्नू/नगराउनू ।’ सर्वोच्च अदालतले तोकिएको समयमा नै कक्षा १२ को परीक्षा गर्ने वातावरण तयार गर्न आदेश दिएको छ । शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा नभई लाखौं विद्यार्थीक...
राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को परीक्षा नरोक्ने निर्णय

राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को परीक्षा नरोक्ने निर्णय

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए । ...
शिक्षकहरूले उठाएका सम्भव मागलाई सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, वार्तामा आउन आग्रह

शिक्षकहरूले उठाएका सम्भव मागलाई सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, वार्तामा आउन आग्रह

Breaking news 2, ताजा अपडेट, शिक्षा, समाचार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गर्नुभएको छ । सरकारले शिक्षकहरूले उठाएका सम्भव मागलाई सम्बोधन गर्ने भन्दै उहाँले वार्तामा बस्न, आन्दोलनलाई तत्काल टुङ्ग्याउन र विद्यालय फर्किन आह्वान गर्नुभयो । आज काठमाण्डौमा नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११औं राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान र देशको अर्थतन्त्रको आधारमा गर्न सकिने काम गर्न सरकार तयार रहेको उल्लेख गर्नुभयो । उहाँले वर्तमान सरकार दमनकारी नरहेको भन्दै गर्न सकिने कामका लागि आन्दोलन गरिरहनु नपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले शिक्षकहरूले राखेका मागमा सरकार सकारात्मक नै रहेको र ऐनलाई हामीले ल्यायौँ भन्नका लागि दुःख गरिरहनु नपर्ने समेत बताउनुभयो । शिक्षक महासङ्घका प्रतिनिधिले यसअघि नै प्रधानमन्त्री ओली, सभामुख देवराज घिम...
समाज परिवर्तन कारागारले नभई शिक्षालयले गर्छ

समाज परिवर्तन कारागारले नभई शिक्षालयले गर्छ

Breaking news 1, जीवनशैली, पत्रपत्रिका, लेख रचना, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय
नेपालको अर्थतन्त्र कोरोना महामारी पश्चात क्रमिक ओरालो लागेको छ। यो अवस्थामा एकले अर्कोलाई दोषारोपण गर्ने नभई आफ्नो स्थानबाट प्रयास गर्नु आवश्यक छ। जसमा सरकारको बढी दायित्व हुन आउँछ ।सरकारले उपयुक्त नीति, नियम निर्माण गरी नागरिकलाई दिशा निर्देश गर्नुपर्छ । सुशासनको प्रत्याभूति नागरिकलाई दिलाउनुपर्छ । हामीले यो अवस्था सुधार गर्न अल्पकालीन यी योजना बनाएका छौं र दीर्घकालीन योजनाहरू यी छन् भनि विश्वासमा लिएर अगाडि बढ्न आवश्यक छ। समाजवाद उन्मुख संविधान बमोजिम हामी गास ,बास ,कपास ,स्वास्थ्य, शिक्षा र रोजगार सुनिश्चित गरिदिन्छाैं, आफ्नो अवस्था अनुसार राजस्व संकलन गर्नुहोस् भनि आश्वस्त पार्न सक्नुपर्छ । उद्योगी व्यवसायीहरुलाई हामी तपाईहरुको व्यवसायमा अप्ठ्यारो पर्दा अभिभावकीय भूमिका निर्वाह गर्छौं। व्यवसायीले राज्यले अनुमति दिएको २० प्रतिषत मुनाफामा उपभोक्तासम्म पुर्याउनुपर्छ भन्ने नियमसँगै...
शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, शिक्षक आन्दोलन टुंगिने सम्भावना

शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, शिक्षक आन्दोलन टुंगिने सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत  शिक्षकको  माग सम्बोधन गर्ने गरी ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको छ। सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले ती माग पूरा गरे शिक्षक महासंघको आन्दोलन भोलि नै रोकिने छ। शिक्षा मन्त्रालयका एक अधिकारीका अनुसार शिक्षक महासंघसँगको छलफलपछि सो प्रस्ताव तयार गरिएको हो। ‘शिक्षकहरूको ग्रेड मिलान, विद्यालय कर्मचारी, ईसीडी शिक्षक, शिक्षक अस्पताल खोल्ने, उपचार खर्च दिने, शिक्षकहरूको मर्यादाक्रम तोक्ने, अस्थायी शिक्षकको बिरामी बिदा सञ्चित गर्ने, राहत शिक्षकको दुर्गम भत्तालगायतका विषयमा मन्त्रिपरिषदमा प्रस्ताव लैजाने सहमति शिक्षक महासंघसँग भएको छ,’ ती अधिकारीले भने। त्यति माग पूरा भए आन्दोलन फिर्ता लिने वचन शिक्षकहरूले दिएको उनको भनाइ छ। ‘शिक्षक महासंघका पदाधिकारीले यी विषय सम्बोधन गर्नुभयो भने हाम...