गुल्मीको रुरुक्षेत्र रुपन्देहीको तिलाेत्तमा सहित ६ पालिका स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट


बुटवल

गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका र रुपन्देहीको तिलाेत्तमा सहित ६ स्थानिय निकाय स्थांगत क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट भएका छन् ।

सञ्जालगत सेवा प्रवाह र सुशासन प्रवर्द्धनका आधारमा गरिएको मूल्याङ्कनअनुसार रुरु क्षेत्र गाउँपालिका २०८०/८१ सालको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट ठहरिएको हो ।

पालिकाहरुले पाएको याे उपलब्धिलाई स्थानीय तहमा सुशासन, पारदर्शिता र सेवा प्रवाहमा देखाएको प्रतिबद्धताको महत्वपूर्ण उपलब्धि मानेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वमूल्याङ्कनमा उत्कृष्ट भएका ६ वटा पालिकालाई विशेष सम्मान गर्ने भएको छ । आउँदो भदौ ६ गते काठमाडौंमा आयोजना हुने कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकासहित तिलोत्तमा नगरपालिका (रुपन्देही), खैरहनी नगरपालिका (चितवन), नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ्ग गाउँपालिका (धादिङ) तथा अर्जुनचौपारी गाउँपालिका (स्याङ्जा) लाई सम्मान गरिनेछ ।

त्यस अवसरमा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको औपचारिक शुभारम्भसमेत हुने मन्त्रालयले जनाएको छ ।

छुटाउनुभयो कि ?

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवलभोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमि...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...