गुल्मीको रुरुक्षेत्र रुपन्देहीको तिलाेत्तमा सहित ६ पालिका स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट


बुटवल

गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका र रुपन्देहीको तिलाेत्तमा सहित ६ स्थानिय निकाय स्थांगत क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट भएका छन् ।

सञ्जालगत सेवा प्रवाह र सुशासन प्रवर्द्धनका आधारमा गरिएको मूल्याङ्कनअनुसार रुरु क्षेत्र गाउँपालिका २०८०/८१ सालको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट ठहरिएको हो ।

पालिकाहरुले पाएको याे उपलब्धिलाई स्थानीय तहमा सुशासन, पारदर्शिता र सेवा प्रवाहमा देखाएको प्रतिबद्धताको महत्वपूर्ण उपलब्धि मानेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वमूल्याङ्कनमा उत्कृष्ट भएका ६ वटा पालिकालाई विशेष सम्मान गर्ने भएको छ । आउँदो भदौ ६ गते काठमाडौंमा आयोजना हुने कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकासहित तिलोत्तमा नगरपालिका (रुपन्देही), खैरहनी नगरपालिका (चितवन), नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ्ग गाउँपालिका (धादिङ) तथा अर्जुनचौपारी गाउँपालिका (स्याङ्जा) लाई सम्मान गरिनेछ ।

त्यस अवसरमा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको औपचारिक शुभारम्भसमेत हुने मन्त्रालयले जनाएको छ ।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...