कसरी सञ्चालन भइरहेका छन्? सैनिक आवासीय विद्यालय


रूपन्देही
सैनिक कल्याणकारी कोषबाट सञ्चालित सैनिक आवासीय विद्यालय देशभर १० वटा रहेका छन्। यसै अन्तर्गत रूपन्देहीको बुटबलमा पनि २०८१ वैशाख ६ गते नेपाल सरकारका तत्कालीन प्रधान सेनापति प्रभुराम शर्माद्वारा उद्घाटन भएको थियो।
करिब ९० करोडको लगानीमा बनेको बुटवलको सैनिक आवासीय महाविद्यालयमा आवश्यकता अनुसार लगानी बढाउने विद्यालयको योजना छ। उक्त विद्यालयमा सैनिक र गैरसैनिक दुवैका सन्ततिहरूले पढ्न पाउने व्यवस्था छ। सैनिकका सन्ततिहरूले ८० प्रतिशत सम्म छुट पाउने व्यवस्था छ।
बुटबलको उक्त विद्यालयमा हाल २सय ५ जना विद्यार्थी पठनपाठन गरिरहेका छन्। अहिले कक्षा ६, ७, ८ ,९ र १० का कक्षाहरू सञ्चालन भइरहेका छन् भने क्रमश उत्तीर्ण भएका विद्यार्थीलाई सोही विद्यालयमा पढाउने गरी श्रेणी बढाउने गरेको छ ।
कक्षा ६ ,७ र ८ का लागि ९ हजार आसपास मासिक शुल्क सँगै अन्य अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ, भने ९ र १० कक्षाका लागि शुल्क थोरै बढी लाग्ने गर्छ।
यी विद्यालयहरूमा शिक्षण पेशामा आबद्ध शिक्षक, कर्मचारी सिभिलियन हुन्छन् भने सुरक्षा लगायत अन्य क्षेत्रमा सेना र सेना निवृत्त कर्मचारीहरू हुने गर्दछन्।
यी विद्यालयहरूमा आवास, बस सेवा ,पुस्तकालय ,कम्प्युटर कक्षा ,साइन्स ल्याब, खाना ,खेलकुद,सिसि क्यामेरा, ,स्मार्टबाेर्ड ,एयर कन्डिसन (एसी ),चौबिसै घण्टा विद्युतीय सेवा, स्वास्थ्य उपचार लगायतका सेवाहरू रहेका छन्। विद्यालयमा आफ्नै वार्षिक क्यालेन्डर को व्यवस्था छ। अनिवार्य योगा, पिटिका क्लासहरू नियमित सञ्चालन हुन्छन्। चार बेडको मेडिकल कक्ष पनि रहेको छ।
दैनिक ९:५० देखि ४ बजेसम्म दिवासेवाका कक्षाहरू सञ्चालन हुन्छन्। आवासीय विद्यार्थीका लागि अतिरिक्त कक्षा र अन्य अतिरिक्त क्रियाकलापहरू हुने गर्छन्।

हरेक शिक्षकहरूको शिक्षक अनुमति प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने र ५०प्रतिशत भन्दा माथि रिजल्ट ल्याएर उत्तीर्ण गरेको हुनुपर्ने हुन्छ। भने ३४ प्रतिशत छात्राहरूका लागि कोटा सुरक्षित हुन्छ।
विद्यालयमा सञ्चालनका क्रममा हुने आर्थिक मुनाफा वा नोक्सानीको दायित्व सैनिक कल्याणकारी कोष मार्फत हुने गर्दछ।

यो विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थी हरेक हिसाबले स्वस्थ हुनुपर्छ। विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरूलाई भौतिक सुविधा सँगै शैक्षिक गुणस्तरका लागि हरेक हिसाबले कमी हुन नदिने गरी विद्यालय अगाडि वढेकाे छ । गएको शैक्षिक सत्रमा विद्यार्थीहरूले ४ जीपीए सहित राम्रो श्रेणीमा उत्तीर्ण गरेकाे विद्यालयले जनाएको छ।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...