टप इन्ड टी-२० सिरिजमा आज नेपाल मेलवर्न स्टार्ससँग खेल्दै


काठमाडौं
अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेलमा अस्ट्रेलियाको बिग बास लिग टिम मेलवर्न स्टार्ससँग खेल्दै छ । यो खेल नेपाली समय अनुसार विहान ७: १५ बजेदेखि शुरु हुदैछ ।

यो खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टिभी म्याक्सबाट हुने भएको छ ।
नेपालले यस अघि बंगलादेश ए सँग र एनटी स्ट्राइकसँग हार बेहोरेको थियो । त्यस्तै मेलवर्न स्टार्सले यस अघि खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टप इन्ड टी-२० सिरिज खेल्न रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम अस्ट्रेलिया पठाएको छ ।

नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र शहाब आलम रहेका छन् । आलम ललित राजबंशी आफ्नी आमाको मृत्यु भएका कारण जान नपाएपछि उनको ठाउमा अस्ट्रेलिया गएका छन् ।

अस्ट्रेलियाको नार्थर्न टेरोटोरी क्रिकेटले आयोजना गर्ने यो प्रतियोगिता अगस्त १४ देखि २४ सम्म अस्ट्रेलियाको डर्विनमा हुदै छ । प्रतियोगितामा नेपालसहित पाकिस्तान र बंगलादेशका ए टिम सहभागी हुदैछन् भने शिकागो किंग्समेन, होबर्ट हुरीकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, एसिटी कमेट्स र एनटी स्ट्राइक सहभागी हुदैछन् ।
यस प्रतियोगितामा नेपालले अर्को खेल १९ अगस्तमा होबर्ट हुरिक्यान्ससँग, २० अगस्तमा मेलवर्न रेनेगेड्स र २२ अगस्तमा पाकिस्तान ए सँग खेल्ने तालिका रहेको छ । यी खेलपछि शिर्ष चार स्थानमा हुने टिम सेमिफाइनलमा खेल्ने आयोजकले जानकारी दिएको छ । २०२२ देखि भएको यो प्रतियोगिता यसअघि तीन पटक भएको छ । २०२२ मा ५ टिमबाट शुरु भएको यो प्रतियोगितामा यस पटक ११ टिमले भाग लिएका छन् ।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...