विद्युतीय व्यवसायी संघद्वारा स्थापना दिवसमा रक्तदान


रूपन्देही
रूपन्देही विद्युतीय व्यवसायी संघले संघको १७औं स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
शुक्रबार रक्तसंचार केन्द्र बुटवल परिसरमा सम्पन्न कार्यक्रममा ३४ जना विद्युतीय व्यवसायीले रक्तदान गरेका छन्।
संस्थाका अध्यक्ष शान्ताराज खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष तथा केन्द्रीय काेषाध्यक्ष प्रकाशचन्द्र पाण्डेयले संस्थालाई व्यवसायका हकहित र सशक्त बनाउँदै १७ वर्ष पुरा भएको र थप सशक्त बनाउन पूर्व अध्यक्षको तर्फबाट तथा केन्द्रको तर्फबाट सक्दो साथ रहने विश्वास व्यक्त गरे। संस्थालाई सशक्त बनाउन सबै व्यवसायी लाग्नुपर्ने बताउंदै संस्थाले सबैको साथले आफ्नो सचिवालय स्थापना गर्न सफल भएको स्मरण गराए ।

रक्तसंचार केन्द्रका केन्द्रीय अध्यक्ष दया सिलवालले संस्थाको स्थापना दिवसमा संस्थाले रक्तदान जस्तो पवित्र कार्य गरेकोमा सम्पूर्ण विद्युतीय व्यवसायीलाई धन्यवाद दिए ।उनले रक्तदान जीवनदान भएकाले स्वास्थ्य मापदण्ड पूरा गरेका सबैले रक्तदान गर्न सकिने हुनाले यस अभियानमा जुट्न सबैलाई आग्रह गरे।

संस्थाका अध्यक्ष शान्ताराज खरालले संस्थालाई यो अवस्थासम्म ल्याइपुर्याउन साथ सहयोग गरेका संस्थापक लगायत सवैलाई सम्मान गर्दै संस्थालाई दिगो बनाउन यसरी नै अझ सशक्त भएर लाग्न सबै व्यवसायीलाई आग्रह गरे।
स्थापना दिवसको अवसरमा अध्यक्ष खरालले संस्थाले व्यवसायीहरुलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गरिरहेको हुन्छ ,संस्थाले हामीलाई के दियो भन्ने भन्दा संस्थालाई हामीले के दिन सक्यौं भन्नेमा केन्द्रित हुन सकेमा संस्थासँगै सबै व्यवसायीको हित हुने विश्वास व्यक्त गरे।
उनले रक्तसंचार केन्द्रका केन्द्रीय अध्यक्ष, संस्थाका केन्द्रीय कोषाध्यक्ष लगायत रक्तदान कार्यक्रममा जाेडिने सबैप्रति आभार व्यक्त गरे।

कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष हरिहर ज्ञवालीले संस्थालाई यो अवस्थासम्म पुर्‍याउन पूर्वजहरूको अथक मेहनत र प्रयास रहेकोले आगामी समयमा पनि यसलाई थप सशक्त बनाई संस्थासँगै सम्पूर्ण व्यवसायीको हक हितमा लाग्न आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रममा संस्थाका सल्लाहकार माधव ज्ञवाली ,रक्तसंचार केन्द्र रूपन्देही जिल्ला अध्यक्ष अषेस सिलवाल, कार्यक्रम संयोजक जीवनप्रसाद पौडेल ,वरिष्ठ उपाध्यक्ष केशव कुमार सिंह, प्रथम उपाध्यक्ष सूर्य कुँवर ,महासचिव विष्णु भण्डारी लगायतले बोल्दै सबैको साथ सहयोगबाट संस्था अगाडि बढ्ने हुनाले संस्थालाई थप सशक्त बनाउन सबै लाग्नुपर्ने भन्दै संस्थाको प्रगतिको कामना गरेका थिए।

छुटाउनुभयो कि ?

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...
भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...