विद्युतीय व्यवसायी संघद्वारा कर शिक्षा तथा लेखा प्रशिक्षण


बुटवल
रूपन्देही विद्युतीय व्यवसायी सङ्घले संघमा आबद्ध विद्युतीय व्यवसायीहरूलाई कर शिक्षा तथा लेखा तालिम सम्पन्न गरेको छ।

रूपन्देही विद्युतीय व्यवसायी सङ्घ बुटवल नगर समितिको आयोजनामा सोमबार बुटवलमा सम्पन्न १ दिने कर तथा लेखा प्रशिक्षण कार्यक्रमबाट व्यवसायीहरूलाई लेखा सम्बन्धी जानकारी दिने हिसाबले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा बोल्दै रूपन्देही विद्युतीय व्यवसायी सङ्घका अध्यक्ष शान्ताराज खरालले कर सम्बन्धी जानकारी हासिल गर्दा व्यवसायमा सहज हुने र कतिपय जानकारी नभएका विषयहरूको पनि जानकारी हुने हुनाले बुटवल नगर समिति र राजस्व अनुसन्धान कार्यालय बुटवलका कर अधिकृत तथा प्रशिक्षक अर्जुन पन्थी तथा भविश्वर पोखरेललाई धन्यवाद दिए।

बुटवल नगर समितिका कार्यवाहक अध्यक्ष बसन्त रानाको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिँदै कर अधिकृत अर्जुन पन्थीले स्थायी लेखा नम्बर लिने प्रक्रिया , मूल्य अभिवृद्धि करका विषय , कम्प्युटर बिलिङ प्रक्रिया, कर छुट सुविधा लगायतका समसामयिक विषयहरूमा प्रशिक्षण दिएका थिए।

प्रशिक्षण दिँदै भविश्वर पोखरेलले व्यवसायीहरूले राखेका जिज्ञासाहरू सहजीकरण गरेका थिए।

कार्यक्रममा बोल्दै बुटवल नगर समितिका सचिव राहुल कशाेधन तथा व्यवसायी अशोक कुमार सिंहले कर तथा लेखासम्बन्धी धेरै जानकारी हासिल गरेको धारणा राखेका थिए ।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...