विद्युतीय व्यवसायी संघद्वारा कर शिक्षा तथा लेखा प्रशिक्षण


बुटवल
रूपन्देही विद्युतीय व्यवसायी सङ्घले संघमा आबद्ध विद्युतीय व्यवसायीहरूलाई कर शिक्षा तथा लेखा तालिम सम्पन्न गरेको छ।

रूपन्देही विद्युतीय व्यवसायी सङ्घ बुटवल नगर समितिको आयोजनामा सोमबार बुटवलमा सम्पन्न १ दिने कर तथा लेखा प्रशिक्षण कार्यक्रमबाट व्यवसायीहरूलाई लेखा सम्बन्धी जानकारी दिने हिसाबले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा बोल्दै रूपन्देही विद्युतीय व्यवसायी सङ्घका अध्यक्ष शान्ताराज खरालले कर सम्बन्धी जानकारी हासिल गर्दा व्यवसायमा सहज हुने र कतिपय जानकारी नभएका विषयहरूको पनि जानकारी हुने हुनाले बुटवल नगर समिति र राजस्व अनुसन्धान कार्यालय बुटवलका कर अधिकृत तथा प्रशिक्षक अर्जुन पन्थी तथा भविश्वर पोखरेललाई धन्यवाद दिए।

बुटवल नगर समितिका कार्यवाहक अध्यक्ष बसन्त रानाको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिँदै कर अधिकृत अर्जुन पन्थीले स्थायी लेखा नम्बर लिने प्रक्रिया , मूल्य अभिवृद्धि करका विषय , कम्प्युटर बिलिङ प्रक्रिया, कर छुट सुविधा लगायतका समसामयिक विषयहरूमा प्रशिक्षण दिएका थिए।

प्रशिक्षण दिँदै भविश्वर पोखरेलले व्यवसायीहरूले राखेका जिज्ञासाहरू सहजीकरण गरेका थिए।

कार्यक्रममा बोल्दै बुटवल नगर समितिका सचिव राहुल कशाेधन तथा व्यवसायी अशोक कुमार सिंहले कर तथा लेखासम्बन्धी धेरै जानकारी हासिल गरेको धारणा राखेका थिए ।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...