राजनीति

नेपालले न्युयोर्कमा आयोजना गर्‍यो ‘सगरमाथादेखि समुद्रसम्म -जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ कार्यक्रम

नेपालले न्युयोर्कमा आयोजना गर्‍यो ‘सगरमाथादेखि समुद्रसम्म -जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ कार्यक्रम

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, माैसम, राजनीति, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँजलवायु संकटको प्रभाव हिमालदेखि समुद्रसम्म जोडिएकाले यसको सामना गर्न सामूहिक र समन्वित प्रयास आवश्यक रहेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालले आयोजना गरेको ‘सगरमाथादेखि समुद्रसम्म : जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ विषयक उच्चस्तरीय कार्यक्रममा उनले जलवायु प्रणालीले राजनीतिक सीमालाई नचिन्ने भएकाले साझा जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने बताए । भोटेकोसीमा आएको विनाशकारी बाढीपछि नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल, संयुक्त राष्ट्रसंघ तथा विभिन्न मुलुकका उच्चस्तरीय प्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा नेपालले भोटेकोसी बाढीसम्बन्धी छोटो भिडियोसमेत प्रस्तुत गरेको थियो । कार्यक्रमका सहआयोजकमा भुटान, माल्दिभ्स, न्युजिल्यान्ड, सामोआ र ताजिकिस्तान थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै खनालले हिमाल, नदी, समुद्...
निष्ठावान् नेता-कुशल संगठक ‘जीवराज आश्रित’

निष्ठावान् नेता-कुशल संगठक ‘जीवराज आश्रित’

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, लेख रचना, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवालीजीवराज आश्रित (वास्तविक नाम: जीवराज शर्मा) को जन्म वि.सं. २००१ साल साउन १८ गते गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका अन्तर्गत पर्ने हरेवा, रिठारुखमा भएको थियो। उहाँ निम्न मध्यम वर्गीय परिवारका पिता प्रेमराज शर्मा र माता चन्द्रकला शर्माको दोस्रो सन्तान तथा जेठो छोरा हुनुहुन्थ्यो।प्रारम्भिक रूपमा शिक्षण पेसामा आबद्ध रहँदै गर्दा उहाँमा समाज रूपान्तरण र राजनीतिक चेतनाको विकास भएको थियो। पछि साहित्य र राजनीतिमा लागेपछि उहाँले आफ्नो नामको पछाडि 'आश्रित' उपनाम जोड्नुभएको थियो। उहाँको प्रारम्भिक जीवन सरल, अध्ययनशील र जनपक्षीय चिन्तनले भरिएको थियो।जीवराज आश्रितले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठबाट पार्टीको सदस्यता लिएर औपचारिक रूपमा राजनीतिक यात्रा सुरुवात गर्नुभएको थियो। वि.सं. २०२६ सालतिर रूपन्देही र गुल्मीलाई कार्यक्षेत्र बनाएर सक्रिय रहनुभएका नेता देवेन्द्...
राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहको सम्बोधन, मुख्य ५ विषय

राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहको सम्बोधन, मुख्य ५ विषय

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँसंयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी–त्रिशूली विपत्तिलाई बदलिँदो हिमाली जलवायुको चेतावनीका रूपमा प्रस्तुत गरेका छन् । हिमनदी पग्लिने, पर्माफ्रस्ट अस्थिर हुने र हिमपहिरो, बाढी तथा पहिरोको जोखिम बढिरहेको भन्दै उनले जलवायु संकट सीमाविहीन भएकाले नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक रहेको बताए । उनले तीन देशको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र गठन गरी तथ्यांक र विशेषज्ञता आदानप्रदान, हिमतालको निगरानी, संयुक्त पूर्वसूचना प्रणाली र सीमापार विपद् सहयोग अघि बढाउन प्रस्ताव गरे । १. भोटेकोशी विपत्ति : जलवायु संकटको चेतावनीप्रधानमन्त्री शाहले सम्बोधनका क्रममा भोटेकोशी–त्रिशूली विपत्तिलाई नेपालमा मात्र सीमित त्रासदी नभई विश्वका लागि चेतावनी भएको बताए । जलवायु परिवर्तनले सीमा नचिन्ने भन्दै उनले हिमालय क्षेत्रमा सहकार्यको प्रस्ताव गरे । उनले...
एमालेले गर्‍यो केन्द्रीय सदस्य मनोनयन, विद्या भण्डारीलाई वरिष्ठ नेतामा प्रस्ताव

एमालेले गर्‍यो केन्द्रीय सदस्य मनोनयन, विद्या भण्डारीलाई वरिष्ठ नेतामा प्रस्ताव

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँनेकपा एमालेले अन्न पार्टीबाट आएका १३ जनासहित ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।विधानमा १० प्रतिशत मनोनीत गर्ने व्यवस्था अनुसार केन्द्रीय सदस्यहरु मनोनीत गरिएको हो।एमालेले स्थायी कमिटीमा पनि ७ सदस्य मनोनीत गरेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको वरिष्ठ नेता प्रस्ताव गरिएको छ ।मनोनीत केन्द्रीय सदस्यमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा र नरेन्द्र भट्टराई छन्।नाथुराम देवकोटा, धर्म गिरी,नारायण घर्ती,विद्यासुन्दर शाक्य,पाल्देन छोपाङ,शान्तिलाल महत,विनोद पाण्डे,प्रेम दङ्गाल,पुष्पराज श्रेष्ठ,विमला घिमिरे,श्रीमाया थकाली,जानुका सिंखडा,बिना बास्तोला,कौशिला खत्री र सुरेन्द्र उदास रहेका छन्। यसैगरी अन्य पार्टीबाट आएकाहरूमा मोहम्मद इस्तियाक राई,प्रदीप यादव,अब्दुल हुसेन,डिबी कार्की,भवानी खापुङ,दीपक खम्बु,जय गोदे,धर्मराज निरौला,ददी चाम्लिङ,विनो...
महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँसंयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय छलफलमा विश्व नेताहरूले मंगलबार विभिन्न अन्तर्राष्ट्रिय मुद्दा उठाएका छन् । मंगलबारदेखि सुरु भएको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको सम्भावना र युक्रेन–रुस युद्धबारे धारणा राख्दा दक्षिण कोरियाले उत्तर कोरियासँग संवाद अघि बढाउने प्रस्ताव गरेको छ । जापानले उत्तर कोरियाले अपहरण गरेका आफ्ना नागरिकको मुद्दा उठाएको छ भने बेलायतले कृत्रिम बौद्धिकता (एआई) का लागि विश्वव्यापी मापदण्ड निर्माणको नेतृत्व गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधन र त्यसपछिका गतिविधि महासभाको मुख्य चासो बनेका छन् । इरानले आणविक हतियार बनाउन नहुने आफ्नो अडान दोहोर्‍याउँदै ट्रम्पले वार्ताबाट समाधान खोज्ने सम्भावना रहेको बताएका छन् । त्यसैबीच अमेरिकी विशेष दूत स्टिभ विटकफले महासभाको साइडलाइनमा अमेरिकी र इरानी प्रतिनिध...
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गरेको सिफारिस अनुसार राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेको जनाइएको छ । प्रधानमन्त्री शाह आज साँझ ७ बजे न्यूयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । उनले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार
काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ त्यसतर्फ जान लागेका हुन् ।प्रधानमन्त्री शाहले महासभामा ८ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ ।उनले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरबारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउने छन् ।महासभामा भाग लिन यसअघि ४ असोजमा परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली न्युयोर्क प्रस्थान गरिसकेको छ । ...
कांग्रेसमा अरूको ध्यान अधिवेशनतिर, पूर्णबहादुरको अदालततिर

कांग्रेसमा अरूको ध्यान अधिवेशनतिर, पूर्णबहादुरको अदालततिर

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंकांग्रेसको ठूलो पंक्ति पन्ध्रौं महाधिवेशनतर्फ लक्षित हुँदैगर्दा यसका एक वरिष्ठ नेता पूर्णबहादुर खड्का करिब निष्क्रिय देखिन्छन् । सभापति गगन थापालाई खुलेर साथ दिन नसकेका उनी उसो त पूर्वसभापति शेरबहादुर देउवा समूहले तयारी गरिरहेको अधिवेशनका पक्षमा पनि कतै खुलेका छैनन् । देशभरिका कांग्रेस नेता–कार्यकर्ताहरूको नजर १५औं महाधिवेशनमा केन्द्रित भइरहेका बेला नेता खड्का भने सर्वोच्च अदालतको फैसला कुरिरहेका छन् । सर्वोच्चले पुनरावलोकनका क्रममा पनि पार्टीको आधिकारिकता विशेष महाधिवेशन पक्षधरलाई दिए सानेपा फर्किन तयार देखिन्छन् खड्का ।यसअघिको कार्यसमितिमा उपसभापति रहिसकेका उनले विशेष महाधिवेशन प्रक्रिया विधिसम्मत नभएको भन्दै अदालत गए पनि पछिल्लो समय आफू उभिएको समूहको पक्षमा नजाने आफूनिकट नेताहरूलाई बताइसकेका छन् ।खड्काले २९ भदौमा आफूनिकट नेताहरूलाई गोल्फुटारस्थित निवासमा छलफलका लागि बोला...
आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, एजेण्डा अझै अलमल

आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, एजेण्डा अझै अलमल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाण्डौनेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ। ललितपुरको एकान्तकुना स्थित रामबाग महलमा केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। तीन दिनसम्म चल्ने बैठकको एजेन्डा तय हुन बाँकी छ। आईतवार एजेण्डा तयार गर्न बसेको बैठकमा अध्यक्ष केपी ओली र अन्य पदाधिकारी बिच कुरा नमिलेपछि केन्द्रिय कमिटी बैठकका एजेण्डा तयार गर्नका लागि अहिले बिहान ९ बजे केन्द्रीय सचिवालय बैठक बोलाइएको छ। एमालेमा लामो समयदेखि उठिरहेको पार्टी पुनर्गठनको मुद्दा अहिले पेचिलो बनेको छ। निर्वाचन समीक्ष तथा पार्टी पुनर्गठन कार्यदलले तल्लो कमिटीबाट ल्याएको सुझावमा बहुसंख्यक नेता कार्यकर्ताले नेतृत्व परिवर्तनको मुद्दा उठाएका छन्। सोही सुझावसहितको प्रतिवेदन आइतबारको केन्द्रीय सचिवालयमा छलफल हुँदा ओलीले प्रतिवेदनलाई ुचिर्कटोु भन्दै बुझ्न अस्वीकार गरिदिएका थिए। बैठकमा उपमहासचिव योगेश भट्टराई र अध्यक्ष ओलीबीच चर्का...
एनपीएलको खेल तालिका सार्वजनिक

एनपीएलको खेल तालिका सार्वजनिक

Breaking news 2, खेलकुद, ताजा अपडेट, राजनीति, समाचार
काठमाण्डौ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । तालिकाअनुसार कातिक ९ गते सोमबारदेखि प्रतियोगिता शुरु हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । कातिक १० गते  मंगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजसँग खेल्दा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् ।  लिग चरणका प्रतिस्पर्धा कातिक २९ गतेसम्म जारी रहनेछन् । त्यसपछि प्लेअफका खेलहरू हुनेछन् । निर्धारित तालिकाअनुसार मंसिर १ गते पहिलो क्वालिफायर आयोजना हुनेछ भने त्यसको भोलिपल्ट अर्थात् मंसिर २ गते एलिमिनेटर खेलाइनेछ । मंसिर ३ गते दोस्रो क्वालिफायरपछि प्रतियोगिताको निर्णायक खेल मंसिर ५ गते फाइनल खेल हुनेछ ।  प्रतियोगितामा विराटनगर किंग्स, चितवन राइनोज, कर्णाली याक्स, ज...