
काठमाण्डौ
नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ। ललितपुरको एकान्तकुना स्थित रामबाग महलमा केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।
तीन दिनसम्म चल्ने बैठकको एजेन्डा तय हुन बाँकी छ। आईतवार एजेण्डा तयार गर्न बसेको बैठकमा अध्यक्ष केपी ओली र अन्य पदाधिकारी बिच कुरा नमिलेपछि केन्द्रिय कमिटी बैठकका एजेण्डा तयार गर्नका लागि अहिले बिहान ९ बजे केन्द्रीय सचिवालय बैठक बोलाइएको छ।
एमालेमा लामो समयदेखि उठिरहेको पार्टी पुनर्गठनको मुद्दा अहिले पेचिलो बनेको छ। निर्वाचन समीक्ष तथा पार्टी पुनर्गठन कार्यदलले तल्लो कमिटीबाट ल्याएको सुझावमा बहुसंख्यक नेता कार्यकर्ताले नेतृत्व परिवर्तनको मुद्दा उठाएका छन्।
सोही सुझावसहितको प्रतिवेदन आइतबारको केन्द्रीय सचिवालयमा छलफल हुँदा ओलीले प्रतिवेदनलाई ुचिर्कटोु भन्दै बुझ्न अस्वीकार गरिदिएका थिए।
बैठकमा उपमहासचिव योगेश भट्टराई र अध्यक्ष ओलीबीच चर्काचर्की नै परेको थियो। केन्द्रिय कमिटी बैठकका लागि देशभरबाट एमाले केन्द्रिय सदस्यहरु आईतवार नै काठमाण्डौ आईसकेका छन्।