कांग्रेसमा अरूको ध्यान अधिवेशनतिर, पूर्णबहादुरको अदालततिर



काठमाडौं
कांग्रेसको ठूलो पंक्ति पन्ध्रौं महाधिवेशनतर्फ लक्षित हुँदैगर्दा यसका एक वरिष्ठ नेता पूर्णबहादुर खड्का करिब निष्क्रिय देखिन्छन् । सभापति गगन थापालाई खुलेर साथ दिन नसकेका उनी उसो त पूर्वसभापति शेरबहादुर देउवा समूहले तयारी गरिरहेको अधिवेशनका पक्षमा पनि कतै खुलेका छैनन् ।

देशभरिका कांग्रेस नेता–कार्यकर्ताहरूको नजर १५औं महाधिवेशनमा केन्द्रित भइरहेका बेला नेता खड्का भने सर्वोच्च अदालतको फैसला कुरिरहेका छन् । सर्वोच्चले पुनरावलोकनका क्रममा पनि पार्टीको आधिकारिकता विशेष महाधिवेशन पक्षधरलाई दिए सानेपा फर्किन तयार देखिन्छन् खड्का ।
यसअघिको कार्यसमितिमा उपसभापति रहिसकेका उनले विशेष महाधिवेशन प्रक्रिया विधिसम्मत नभएको भन्दै अदालत गए पनि पछिल्लो समय आफू उभिएको समूहको पक्षमा नजाने आफूनिकट नेताहरूलाई बताइसकेका छन् ।
खड्काले २९ भदौमा आफूनिकट नेताहरूलाई गोल्फुटारस्थित निवासमा छलफलका लागि बोलाएर रुख र चारतारे झण्डा छोडेर कतै नजाने सन्देश सुनाएका थिए । ‘म रुख र चारतारा जहाँ छ, त्यहीँ छु । फुटेको पार्टीमा जान्नँ । चुनदेवी मेरो अफिस होइन भन्नुभएको छ,’ उक्त छलफलमा सहभागी एक नेताले भने ।
त्यसअघि २६ भदौमा ३१ जना नेताहरूले संयुक्त विज्ञप्ति जारी गरी विशेष महाधिवेशनबाट चुनिएको नेतृत्व स्वीकार गरेर १५औं महाधिवेशनमा सहभागी हुने संकेत गरेका थिए ।
विज्ञप्ति जारी गर्ने प्राय: नेताहरू १४औं महाधिवेशनमा पूर्वसभापति देउवाको समूहबाट केन्द्रीय कार्यसमितिमा निर्वाचित पदाधिकारी र सदस्यहरू थिए । जसमध्ये अधिकांश नेताहरू पूर्वउपभापति खड्कानिकट मानिन्थे ।
विज्ञप्ति निकालेको दुई दिनपछि उनीहरू नेता खड्कासँग छलफल गर्न गल्फुटार पुगेका थिए । छलफलमा खड्काले नेताहरू सबैलाई ३ असोजबाट सुरु भएको वडा अधिवेशनमा सहभागी हुन भनेको थिए ।
‘पूर्ण दाइसँग छलफलका लागि निवास गएका हौं । असोज ३ बाट सुरु हुने अधिवेशनमा सहभागी हुनुस् भन्नुभएको छ,’ गल्फुटार छलफलपछि एक नेतृले भनेकी थिइन् ।
विशेष महाधिवेशनको विपक्षमा रहेर पछिल्लो समय केन्द्रीय सदस्य बनेका एक नेताले आफूहरू नेता खड्कासँगको सरसल्लाहमै मूल पार्टीमा फर्किएको प्रतिक्रिया दिए । ‘उहाँसँग सल्लाह भएरै हामी सानेपा गएका हौं,’ ती नेताले भने, ‘अस्ति हामी ५१–५२ जना आएका हौं । अधिकांश उहाँकै समूहमा छौं ।’

ती नेताले खड्कानिकट सबै नेताहरू मूल पार्टीमा फर्किएको दाबीसमेत गरे । ‘प्राविधिक रूपमा उहाँ मात्रै बाहिर हुनुहुन्छ । अरू सबै सानेपा फर्किसक्यौं,’ उनले भने, ‘उहाँ पनि सर्वोच्चबाट निर्णय भएपछि मूल पार्टीमै आउनुहुन्छ ।’
विशेष महाधिवेशन विधिसम्मत् नभएको दाबी गर्दै सर्वोच्चमा मुद्दा दायर गरेको र मुद्दा पुनरावलोकनका लागि विचाराधीन अवस्थामा रहेकाले पूर्वउपसभापति खड्का नैतिकताका आधारमा फर्किन नमिलेको ती नेताको भनाइ छ ।

छुटाउनुभयो कि ?

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...
चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौंत्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...